खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकामा गठबन्धन र एमालेबिच प्रतिष्पर्धा हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा सोमबार अध्यक्षको पदमा २ र उपाध्यक्षमा २ को उम्मेद्वारी परेको छ ।
गठबन्धनकार्फबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका उदिमबहादुर राई र उपाध्यक्षमा कांग्रेसका रुपेश राईको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत गेहेन्द्रराज रेग्मीले बताए । एमालेकातर्फबाट अध्यक्षमा कविता राई र उपाध्यक्षमा राजन बञ्जराको उम्मेद्वारी परेको छ ।

एमालेका गाउँपालिका अध्यक्षका उम्मेद्वार राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा निर्वाचित कविता अध्यक्षको उम्मेद्वार बनाइदा एमालेबाटै अध्यक्षमा निर्वाचित प्रदीप राई बाहिरिएका छन् । File photo










