Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सरावलमा बिशाल जनसागरको समर्थन सहित सुभान अलि अन्सारीद्वारा माओबादी केन्द्रबाट पालिका प्रमुखमा उम्मेदवारी दर्ता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 26, 2022
96 shares

 

परासी । लगातार दुईचोति गाविसको अध्यक्षमा निर्वाचित, नेपाल मदरसा बोर्डको पुर्व केन्द्रिय अध्यक्ष र राष्ट्रिय सुकुम्बासी आयोगका पुर्व केन्द्रिय सदस्य जस्तो महत्वपूर्ण पदमा जिम्मेवारी सम्हाल्नु भएका सुभान अलि अन्सारी नवलपरासीको राजनीतिमा एउटा चर्चित र ठुलो नाम हो।

आउदो स्थानीय तह निर्वाचनमा अन्सारीले सरावल गाउँपालिकाबाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । अन्सारीको उम्मेदवारी दर्ता गर्ने क्रममा स्थानीय बासीहरुको ठुलो र उत्साहित भीड देखिएको छ। हजारौंको संख्यामा उहाँको समर्थकहरु नारा लगाउदै र बाजा बजाउदै निर्वाचन अधिकृतको कार्यालय तर्फ गएको देखियो।

सरावलमा अन्सारीले जित्ने डरले केहि दिन अघि अन्सारी बिरुद्ध केहि राजीनितिक दलहरुले षड्यन्त्र रचेको कुरा पनि मिडियामा आएको थियो । अन्सारीले आफु जनताहरुकै अनुरोधमा उम्मेदवारी दिएकोले आपार जनसमर्थन पाई रहेको र पालिकाका जनताले आफुलाई जिताउन लागि परेको बताउनु भयो। अन्सारीले सरावलमा माओबादी केन्द्रको लहर देखेर बिपक्षीहरु आत्तिएको बताउनु भयो।

अन्सारीले वर्तमान राजनीतिको निराशा र अस्थिरतालाई चिर्न, खहरे बिकास नभई दीर्घकालीन बिकासका योजना अघि सार्न, जनतामुखी बिकास र कार्यक्रमको जग बसाउन सरावल गाउँपालिकाको अध्यक्ष पदको उमेदवार बन्ने निर्णय गरेको कुरा बताउनु भयो। अन्सारीले कांग्रेस र एमाले जस्ता राजनीतिक दलहरुले मधेसी, दलित, थारु र मुस्लिमहरुलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरेको, पालिकामा व्यापक भ्रस्टाचार भएको र पालिकाको जमिनी समस्याहरुलाई नजरअन्दाज गरेको आरोप लगाउनु भयो।

अन्सारीले आफ्नो पार्टी जितेको खण्डमा आफुले बाढी नियन्त्रण गर्ने, कृषिमा आधुनिकीकरण गर्ने, बृद्ध भत्ता घर घरमा पुर्याउने, गाऊँ – गाऊँमा मुफ्त वाई फाईको सुबिधा दिने, १० कक्षा पास गर्ने बिधार्थीहरुलाई साइकिल दिने, उच्च शिक्षाका बिद्यार्थी हरुलाई ल्यापटप दिने, गरिब परिवारका जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृति दिने, नयाँ अस्पतालहरु बनाउने, निशुल्क एम्बुलेन्स उपलब्ध गराउने, रोजगारीका अवसरहर सिर्जना गर्ने, नयाँ कृषि सडक निर्माण गर्ने र खेलकुदमा युवाहरुलाई प्रोत्साहन गर्ने जस्ता योजनाहरु ल्याउने बताउनु भयो।

सरावलमा अहिले स्थानीय चुनावको प्रचार – प्रसार तिब्र गतिले चलि रहेको छ। कंग्रेस र एमाले दुबैबाट बागी उम्मेदवारहरुले उम्मेदवारी दिएको कारण पनि यसपालिको चुनावमा अन्सारीको जित पक्का भएको स्थानीय बासीहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पशुबलि विरोधको नाममा धार्मिक असहिष्णुता र सामाजिक विभाजन नगरौँ

  • September 20, 2026

उदयपुरमा धारिलो हतियार प्रहारबाट श्रीमतीको मृत्यु

  • September 20, 2026
AI Photo

स्थानीय सरकारमा महिला नेतृत्वको २५ उदाहरण : अवसर पाए महिलाले प...

  • September 20, 2026

चुलोदेखि जिल्लाको प्रशासनिक नेतृत्वसम्म : १२ महिला सीडीओले देख...

  • September 20, 2026

कांग्रेसको १५औँ महाधिवेशन : आज ३१ जिल्लामा वडा अधिवेशन हुँदै

  • September 20, 2026

‘खुस्बु ओली जी तपाईँलाई जनताले सांसद बनाएका हुन् कि धर्म मन्त्...

  • September 20, 2026

रास्वपा भोजपुर–काठमाडौं सम्पर्क मञ्चद्वारा डा. भक्त राईसँग भेट...

  • September 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved