खोटाङ। खाेटाङकाे हलेसी तुवाचुङ नगरपालिकाको नगर प्रमुख र उप–प्रमुखमा नेपाली कांग्रेसले उम्मेद्वारी टुंगो लगाएको छ । नगर प्रमुखमा विमला राई र उप–प्रमुखमा रमेश राउतले टिकट पाएको कांगेसले जनाएको छ ।
बिमला राई यस अघि साेहि नगरपालिकाको उप–प्रमुख थिइन भने राउत वडा नम्बर ६ मंगलटारको वडाध्यक्ष थिए । नेपाली कांग्रेसको प्रदेश नम्बर १ समितिले राई र राउतलाई उम्मेद्वारी बनाउने निर्णय गरेसँगै मनोनय नर्ता गरेका छन् । खाेटाङकाे १० स्थानिय निकाय मध्य केहिमा गठबन्धन गरिए पनि यस हलेसि तुवाचुङ नगरपालिकाका भने कांग्रेसले एक्लै लड्ने निर्णय गरेको छ । File photo











