खाेटाङ। नेपाली काँग्रेसकातर्फ बाट खाेटाङकाे दिक्तेल रुपाकाेट नगरपालिकाकाे मेयर कालागि मनाेनयन दर्तागर्न काठमाण्डौंबाट हेलिकोप्टरमा दिक्तेल पुगेका काँग्रेस नेता धर्मराज पोखरेल आफ्नै कार्यकर्ताबाट लखेटिएका छन् ।
दिक्तेल दिक्तेल स्थित नेपाली काँग्रेस पार्टि कार्यालय नजिककाे हेलिप्याडमा हेलिकोप्टर अवतरण गर्नासाथ कार्यकर्ताहरुले उनलाई लेखेटेका थिए।

वडा, नगर, जिल्ला समितिले प्रदेश समितिलाई सिफारिस गरेका पार्टी उपसभापति तीर्थराज भट्टराईलाई टिकट नदिएर उनले काठमाडौबाट नै मेयरको टिकट लिएर पुगेका थिए ।
पार्टी कार्यालयमा ताला लगाएर आन्दोलन थालेपछि पार्टी सभापति शेरबहादुर देउवाले धर्मराजको टिकट खोसेर फेरी तीर्थराज भट्टराईलाई टिकट दिए श्राेतले बताएकाे हाे ।
यता तीर्थराज भट्टराई पार्टी सभापतिले हस्ताक्षर गरेको टिकट प्रिन्ट गर्दै थिए ,पहिले नै धर्मराजले मनोनयन दर्ता गराउने अवस्था आएपछि कार्यकर्ता लगाएर उनलाई लखेट्ने प्रयास गरिएका थिए।
उक्त हेलिप्याडबाट सुरक्षाकर्मिहरुकाे साथमा रहेका पाेखरेलले अन्तत मनाेनयन दर्ता गराएका छन्। पाेखरेल सवार हेलिकेप्टर अबतरण पश्चात् कार्यकर्ताद्वारा निज पाेखरलले लिएर आएकाे टिकट र सभापनिले प्रदेशलाई गरेकाे रिफारिसकाे पत्र खाेसेका थिए तर पाेखरेलले चलाखिसाथ उक्त टिकट र सिफारिस पत्रकाे रंगिन प्रतिलिपि रहेकाे बताएका छन्। मनाेनयन दर्ताकाे लागि साँझ निर्वाचन कार्यालय पुगेका पाेखरेलले पत्रकारहरु सँग भने, कार्यकर्ताहरुले याे हर्कद गर्लान् भनेर सक्कल कपिहरु आफुले सुरक्षित राखेकाे र त्याे जफत गरियकाे रंगित कपि सहित सक्कल टिकट र सिफारिस पत्र अहिले पनि म सँग छ , भन्दै पत्रकारहरुलाई देखाए ।










