Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गठबन्धनमा चार पार्टि भन्दा काँग्रेस एकलै बढि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 21, 2022
0 shares

काठमाडौं । लामो समयको छलफलपछि सत्तारुढ पाँच दलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँट टुंगो लगाएको छ । तर, महानगर र उपमहानगर दुवैमा कांग्रेसले ५० प्रतिशतभन्दा धेरै भाग पाएको छ ।

सत्तारुढ गठबन्धनमा पाँच दल रहेतापनि अन्य चार दल एक ठाउँमा र कांग्रेसलाई अर्को ठाउँमा राख्दा भागबन्डाको आधारमा कांग्रेसकै पल्ला भारी भएको छ । देशभरका ६ महानगर मध्ये कांग्रेस एक्लैले ३ महानगरमा प्रमुख पाएको छ । कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका पाएको हो । प्रतिशतको आधारमा कांग्रेसको भागमा परेको महानगर सिधैं ५० प्रतिशत हुन्छ ।

महानगरको प्रमुखमा मात्र होइन, उपप्रमुखमा समेत कांग्रेस एक्लैको पल्ला भारी भएको छ । वीरगन्ज, भरतपुर र पोखरामा कांग्रेसले उपप्रमुख पाएको छ । यो संख्या पनि ५० प्रतिशत हो ।महानगरको प्रमुख र उपप्रमुखमा ५० प्रतिशत भाग पाएको कांग्रेसले उपमहानगरको प्रमुख अझै धेरै पाएको छ । जम्मा ११ उपमहानगर मध्ये कांग्रेसले ७ वटामा प्रमुख पाएको छ । यो कुल संख्याको ६४ प्रतिशत हुन्छ ।

कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगन्ज र धनगढी उपमहानगरमा प्रमुख पाएको छ । त्यसैगरी, जितपुर सिमरा, घोराही र हेटौडामा उपप्रमुख पाएको छ ।वर्तमान सत्तारुढ गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा मिलेर बनेको हो । तर, महानगरको सिट बाँडफाँटमा भने कांग्रेस एक्लै हावी भएको छ ।

गठबन्धनका अन्य चार दललाई एक ठाउँमा राखेर कांग्रेसलाई अर्को ठाउँमा राख्दा पनि महानगर र उपमहानगरमा कांग्रेसले ५० प्रतिशतभन्दा धेरै हिस्सा पाएको छ । तर पनि कांग्रेसका नेता कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । भरतपुर र पोखराका कांग्रेसले त गठबन्धनमा आवद्ध अन्य दलका उम्मेदवारलाई भोट नै नहाल्ने भनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पशुबलि विरोधको नाममा धार्मिक असहिष्णुता र सामाजिक विभाजन नगरौँ

  • September 20, 2026

उदयपुरमा धारिलो हतियार प्रहारबाट श्रीमतीको मृत्यु

  • September 20, 2026
AI Photo

स्थानीय सरकारमा महिला नेतृत्वको २५ उदाहरण : अवसर पाए महिलाले प...

  • September 20, 2026

चुलोदेखि जिल्लाको प्रशासनिक नेतृत्वसम्म : १२ महिला सीडीओले देख...

  • September 20, 2026

कांग्रेसको १५औँ महाधिवेशन : आज ३१ जिल्लामा वडा अधिवेशन हुँदै

  • September 20, 2026

‘खुस्बु ओली जी तपाईँलाई जनताले सांसद बनाएका हुन् कि धर्म मन्त्...

  • September 20, 2026

रास्वपा भोजपुर–काठमाडौं सम्पर्क मञ्चद्वारा डा. भक्त राईसँग भेट...

  • September 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved