Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काँग्रेसका त्यागी नेता खत्रीको नगर प्रमुखमा उमेदवारी दाबी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 19, 2022
6 shares

भक्तपुर । नेपाली कांग्रेसको राजनीति बृतमा चर्चित नाम हो जीवन खत्री । चाँगुनारायण नगरपालिका वडा नम्बर ७ बागीश्वरी निवासी खत्री चाँगुनारायण नगरपालिकाको प्रमुख (मेयर) पदका आकांक्षी पनि हुन् । लोकप्रिय युवा नेता खत्री चागुनारायणबासीले सार्वधिक रुचाएका व्यक्ति हुन ।

हुन त सानैदेखि एउटा न एउटा नयाँ केही गरेर देखाउने खत्री भक्तपुर क्याम्पसमा स्वबियू सदस्यबाट एकै पटक स्वबियू सभापति जितेका थिए । यस्तै बाह्रौ महाधिबेशनमा पार्टीको क्षेत्रीय सचिव जितेका खत्री तेह्रौमा क्षेत्रीय सभापति निर्वाचित भए । अघिल्लो स्थानीय तहमा दावी नगरेका खत्रीले एकै पटक प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यको उमेदवार बनेका थिए। उप–निर्बाचनमा उनले दाबी गरेनन । जस कारण पनि त्यागी नेताको रुपमा परिचित छन ।

कांग्रेस परिवारमा जन्मिएका खत्री नेपाल विद्यार्थी संघको राजनीतिबाट राजनीति शुरु गरेर स्वबियु सदस्य,स्वबियु सभापति, जिल्ला सभापति हुँदै केन्द्रीय सदस्य सम्मको जिम्मेवारी प्राप्त गरे ।

पार्टीको राजनीतिमा क्षेत्रीय सचिब हुँदै तेह्रौं महाधिबेशनमा भक्तपुर क्षेत्र नम्बर १ को सभापति र दोस्रो कार्यकाल चौधौं महाधिबेशनमा पनि भक्तपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति निर्वाचित बने ।

देश संघीयतामा गईसकेपछि भएको पहिलो निर्बाचनमा भक्तपुर क्षेत्र नम्बर १ क चाँगुनारायण क्षेत्रबाट प्रदेश सभा सदस्यमा उमेदबार बनेका थिए । नेकपाको गठबन्धनसँग थोरै मतले पराजय भोगेका खत्रीले जीवनमा लडेका चुनाबमा कहिल्यै हार खानु परेको थिएन ।
?
२०५२ सालबाट भक्तपुर क्याम्पसमा नेबिसंघको राजनीति सुरु गरेका खत्रीले २०५५ सालमा भएको स्ववियू सदस्य पदमा जितेका थिए। २०५७ सालमा सभापति जिते। यसरी खत्रीले भक्तपुर नेविसंघको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्म भए। संगठनमा पनि क्षेत्रीय सचिब र क्षेत्रीय सभापति जितेका खत्री प्रदेश सभा सदस्यमा भने पराजय भोगे। खत्री सधैं जीत मात्र लिएर हिँडेका एकाएकको पराजयले उनी हतोत्साहि भएनन्।

संगठन सुदृढीकरणमा लागिरहे। चुनाबमा कसैले घात गरेको भनेर कसैलाई पनि आरोप लगाएनन् । आफ्नै कमी कमजोरी र दौडधुप नपुगेको स्वीकार्दै अघि बढे। उनलाई हराउने उम्मेदवारको अकल्पनीय निधनले प्रदेश सभा सदस्यको पद खाली रह्यो। सरकारले उपचुनाब गरायो ।
?
अघिल्लो उमेदवार हारेकाको पालो आउने अधिकारै रहेपनि आफ्नो उमेदबारी दावी गरेनन् । आफ्नो पार्टीको उमेदबारलाई दिलो ज्यान दिएर चुनाब जिताएरै छाडे । आफ्नो काम तिर अत्याधिक लगाब राख्ने खत्री कुशल संगठन कर्ता मात्र नभई त्यागी नेता पनि भएको कार्यकर्ताहरू बताउँछन्।

यातायात संघको जिल्ला अध्यक्ष समेत भएका खत्री विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भएर पछिल्लो समयमा आफूलाई समाज सेवामा लगाई राखेका छन् ।
?
खत्री यस पटक भने आसन्न स्थानीय निर्बाचनमा चाँगुनारायण नगरपालिकाको आकांक्षी हुन् । उनीसँगै धेरैले मेयर पदमा दाबी गरेका छन्। अरु आकांक्षी भन्दा चर्चामा रहेका खत्री अप्रत्यासित रुपमा प्रदेश सभाको टिकट पाएको कारण प्रदेश सभामा आफ्नो हार भएको स्वीकार्दै यसपटक प्रदेश सभा अग्रजहरूलाई छोडेर स्थानीय चुनाबमा मेयर पद दाबी गरेको खत्री बताउछन् । आफूले चाँगुनारायण नगरपालिकालाई बिश्वसमु चिनाउन एउटा खाका तयार गरिसकेको बताउँछन् ।

चागुनारायण नगरलाई पर्यटकीय गन्तव्य बनाउने, शिक्षा, स्वास्थ्य र रोजगारीको ब्यबस्था उनको योजना छ । कृषिलाई परम्परागत भन्दा नि आधुनिक कृषि प्रणालीको बिकास गरी नगदेबाली लगाउन प्रेरित गर्ने, खानेपानी ,सडक र खानीलाई ब्यबस्थित बनाउने लागि पर्ने उनी बताउँछन्। बढ्दो सहरिकरणलाई रोकेर ब्यबस्थित सहर निर्माणमा जोड दिने उनले बताए ।
जनतालाई सुशासनको प्रत्याभुति दिलाउन कुनै पनि पार्टीको कार्यकर्ता भएको आधारले भेदभाब नगर्ने खत्रीले बताए । स्थानीय निर्बाचनमा मनोनयन गर्ने दिन नजिकिँदै गर्दा सबै टिकटको दौडधुपमा ब्यस्त हुँदा खत्री भने स्थानीयको समस्या बुझ्न तिर लागेका छन्। क्षेत्रीय सभापति समेत रहेका खत्री भन्छन् ,“ टिकटको लागि पार्टी कार्यालय हैन स्थानीय जनताका घर दैलोमा जानुस्। जनताले बिस्वास गरेकैलाई पार्टी बिश्वास गरेर टिकट दिने हो। म पनि घर दैलोमै पुगिरहेको छु। मैले पहिले पनि त्यागेकै हुँ । यसपाला पनि त्याग गर्न तयार छु। तै पनि जनताले रुचाएका छन्। जनताको काम गर्नाका लागि पनि मैले जनप्रतिनीधि हुनै पर्छ। त्यसैले मेयर पदमा उमेदबारी दाबी गरेको हुँ। संकल्पखबर बाट साभार
(कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पशुबलि विरोधको नाममा धार्मिक असहिष्णुता र सामाजिक विभाजन नगरौँ

  • September 20, 2026

उदयपुरमा धारिलो हतियार प्रहारबाट श्रीमतीको मृत्यु

  • September 20, 2026
AI Photo

स्थानीय सरकारमा महिला नेतृत्वको २५ उदाहरण : अवसर पाए महिलाले प...

  • September 20, 2026

चुलोदेखि जिल्लाको प्रशासनिक नेतृत्वसम्म : १२ महिला सीडीओले देख...

  • September 20, 2026

कांग्रेसको १५औँ महाधिवेशन : आज ३१ जिल्लामा वडा अधिवेशन हुँदै

  • September 20, 2026

‘खुस्बु ओली जी तपाईँलाई जनताले सांसद बनाएका हुन् कि धर्म मन्त्...

  • September 20, 2026

रास्वपा भोजपुर–काठमाडौं सम्पर्क मञ्चद्वारा डा. भक्त राईसँग भेट...

  • September 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved