रसुवा । देसकाे राजनितिमा युवाहरुकाे उपस्थितिलाई स्थान दिने नेपाली काँग्रेसकाे नयाँ नितिलाई अवलम्बन गर्दै नाैकुण्डा गाउँ पालिका वडा नम्मर ३ रुसुवाकाे वडा अध्यक्षमा २९ बर्षिय दावा गलानले दावी गरेका छन्।
विभिन्न कारणबाट अप्ठेराेमा परेका मानिसहरुलाई विभिन्न तवरबाट सेवारत समाजसेवि समेत रहेका दावाले आफुले वडा अध्यक्षमा जिते भने शिक्षा, स्वास्थ्य, खाने पानी तथा कृषिमा विशेष सहायता गर्दै कृषिमार्फत नै वडाबासिहरुकाे गरिविकाे स्तर उकास्ने बताएका छन्।

” पार्टिबाट सँधै घाेषणा पत्रमा मात्र समाधानकाे पक्ष समिटिने तर चुनाव जिते सँगै ती सबै बिर्सिने गरेकाे हुँदा पार्टिकाे नीति पनि राजनितिमा युवाहरुकाे उपस्थितिलाई अग्रतामा राख्ने भएकाे र बुढा नेताहरुलाई मात्र अब जनताले बिस्वास पनि गर्न छाडेकाे हुनाले मैले नाैकुण्डा गाउँपालिकाकाे ३ नम्मर वडाअध्यक्षमा दाबिगरेकाे हुँ ” अध्यक्षका प्रत्यसि दावा भन्छन्।










