खोटाङ। नेपाली कांग्रेस खोटाङले पार्टी कार्यालयमा विश्वेश्वर प्रसाद कोइरालाको शालिक निर्माण गरेको छ। नेपालको लागि प्रथम जननिर्वाचित प्रधानमन्त्री, जननायक तथा कांग्रेस संस्थापक नेता बि पि कोइरालाको अर्धकदको शालिक निर्माण गरेको हो।
कांग्रेसका विभिन्न नेता, कार्यकर्ता र भातृ संस्थाहरुको आर्थिक सहयोगबाट निर्माण गरिएको उक्त शालिककाे आजै कांग्रेसको स्थापना दिवसका अवसर पारेर कांग्रेसका केन्द्रीय सदस्य तथा ‘घर–घर जाउँ कांग्रेस जिताउँ’ अभियानका जिल्ला प्रतिनिधि कल्पना चौधरीले अनावरण गरेकी हुन्।

साे शालिक निर्माणका लागि २ लाख ८० हजार १११ रुपैयाँ संकलन भएको र शालिक निर्माण, ढुवानी र पार्टी कार्यालयमा राख्दा ३ लाख ४३० रुपैयाँ खर्च भएको आर्थिक संयोजक एवंम् महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलले बताए। अपुग रकम २० हजार ३१९ रुपैयाँ संयाृजक पोखरेलनै लगाएका हुन्।
कांग्रेस पार्टी सभापति विष्णुकुमार राईको अध्यक्षतामा भएको शालिक अनावरण तथा स्थापना दिवस कार्यक्रममा जिल्लाकै पहिलाे काँग्रेस केन्द्रीय सदस्य सरस्वती वजिमय, प्रदेश नम्मर १ का महामन्त्री भुपेन्द्र राई, प्रदेश सदस्य लोकेन्द्र राई, हलेसि तुवाचुङ नगरपालिकाकि उप प्बिरमुख समेत रहेकि मला राई, पूर्व पार्टी सभापति नरेश श्रेष्ठ, पूर्व पार्टी सभापति तथा पूर्वराज्यमन्त्री समेत रहेका सर्वधन राई लगायत महाधिवेशन प्रतिनिधि, नगरपालिका तथा गाउँपलिका सभापति, विभिन्न भातृ तथा शुभेच्छुक संस्थाहरुको प्रमुख साथै प्रतिनिधिहरु र जिल्लामा कृयाशिल काँग्रेसका कार्यकर्ताहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे।










