Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आगामि स्थानिय निर्वाचनमा भक्तपुरमा कुन दल कस्ताे रहला ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 23, 2022
315 shares

भक्तपुर । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि अन्य जिल्लामा जस्तै भक्तपुरमा पनि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् । भक्तपुरमा नेकपा एमाले, नेपाली काँग्रेस, नेमकिपा, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, राप्रपा नेपाललगायतका दल निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामअनुसार भक्तपुरमा एमाले पहिलो, काँग्रेस दोस्रो र नेमकिपा तेस्रो शक्तिका रुपमा देखिन्छन् । त्यसैले आसन्न निर्वाचनमा एमालेलाई आफ्नो वर्चश्व जोगाउनुपर्ने चुनौती छ भने काँग्रेस लगायतका दलहरु एमालेको वर्चश्व तोडेर आफू स्थापित हुने दाउमा देखिन्छन् ।
चाँगुनारायण नगरपालिका :-
२०७४ मा सम्पन्न निर्वाचनमा चाँगुनारायण नगरपालिकाको ९ वडामध्ये एमाले र काँग्रेस ४/४ वडामा विजयी भएका थिए भने एउटा वडामा नेमकिपाका उम्मेदवारले जितेका थिए । मेयर पदमा भने एमालेले बाजी मारेको थियो । खसेकाे कुल मत मध्य ३२८४१  बाट मेयरमा एमालेका उम्मेदवार सोमप्रसाद मिश्र ८ हजार ५ सय १२ मतका साथ विजयी हुँदा काँग्रेसका राजाराम खड्काले ६ हजार ८ सय ६९ मत हासिल गरे भने राप्रपाका रविन्द्र प्रताप शाहले ५ हजार १ सय ९८, नेमकिपाका न्हुछेभक्त फोजुले ४ हजार ४ सय ४२ र एकीकृत नेकपा माओवादीका शिवप्रसाद अधिकारीले ७ सय ६ मत ल्याएका थिए ।
भक्तपुर नगरपालिका :-
यो नगरपालिकामा नेमकिपा बलियो मानिन्छ । यसै नगरको मतको कारण नेमकिपाले प्रतिनिधिसभा र प्रदेशसभामा एक/एक सिट हासिल गरेको छ । अघिल्लो निर्वाचनमा भक्तपुर नगरपालिकाको १० वटै वडामा नेमकिपाका उम्मेदवार बिजयी भएका थिए । खसेकाे कुल मत मध्य ३८८२१ बाट नगरप्रमुखमा नेमकिपामा सुनिल प्रजापतिले २५ हजार ७ सय ३० ल्याएर विजयी हुँदा काँग्रेसका रामप्रसाद कासुलाले ६ हजार ५ सय ६०, एमालेका विष्णुप्रसाद सुवाले ४ हजार २ सय १८ मत ल्याएका थिए । यहाँ नेकपा माओवादी केन्द्रका सत्यलाल मुलले २ हजार ३ सय १३ मत ल्याएका थिए ।
सूर्यविनायक नगरपालिका :-
२०७४ सालको निर्वाचनमा सूर्यविनायक नगरपालिकामा १० वडामध्ये ७ वडामा एमालेका उम्मेवादरले जित हासिल गरेका थिए भने ३ वडामा काँग्रेसले जितेको थियो ।  खसेकाे कुल मत मध्य २८१३३ बाट नगरप्रमुखमा एमालेका उम्मेदवार बासुदेव थापाले १२ हजार १ सय ३५ मत ल्याएर जित हासिल गर्दा काँग्रेसका विष्णुराज कार्कीले १० हजार १ सय ६५ मत ल्याएका थिए ।

नेमकिपाकी उम्मेदवार मनशोभा सुवालले २ हजार २ सय ८०, राप्रपाका प्रविण शर्मा ढुंगेलले २ हजार १ सय ६९ र नेकपा माओवादीका जीवन तलले १ हजार ३ सय ८४ मत ल्याएका थिए ।

मध्यपुरथिमी नगरपालिका :-

२०७४ सालको निर्वाचनमा ९ वटा वडा रहेको यस नगरपालिकामा ६ वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । स्वतन्त्र, एमाले र नेमकिपाले १/१ वडा जितेका थिए । खसेकाे कुल मत मध्य २६०७८ बाट नगरप्रमुखमा एमालेका मदन सुन्दर (जुगुलु) श्रेष्ठले १४ हजार मत ल्याएर विजयी हुँदा काँग्रेसका अष्टकुमार कवेले १० हजार ८ सय ४६ मत हासिल गरेका थिए । यस्तै, नेकपा माओवादी केन्द्रकी प्रतिमा श्रेष्ठले १ हजार २ सय ३२ मत ल्याएकी थिइन् । यो नगरमा एमाले र नेमकिपाबीच तालमेल भएको थियो ।काँग्रेसका उम्मेदवारले भने पार्टीको अन्तरघातको कारण आफू पराजय हुनु परेको बताएका थिए । नगरउपप्रमुखमा भने काँग्रेसकी अन्जनादेवी मधीकर्मीले जित हासिल गरेकी थिइन् ।

 एमालेलाई  पनि सहज छैन :-

अघिल्लो निर्वाचनमा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा बहुमत सहित जितेको एमालेलाई आउँदो निर्वाचन त्यति सहज देखिएको छैन । पार्टी विभाजन व्यहोरेको एमालेलाई आगामी स्थानीय तहको निर्वाचनमा त्यसको असर कति पर्ने हो भन्ने प्रस्ट छैन ।एमाले विभाजन भएर बनेको दल नेकपा एकीकृत समाजवादीले सबै तहमा कमिटी बनाएर चुनावी तयारी थालेको छ । नेकपा एकीकृत समाजवादीमा एमालेकै पूर्व कार्यकर्ता रहेका कारण पनि सो पार्टीले एमालेकै मत खोस्ने निश्चित छ । यो अवस्थामा एमालेका लागि जित त्यति सहज नहुने आँकलन गरिएको छ ।

काँग्रेसलाई  एमसीसीको डर :

संसदबाट एमसीसी पास गर्न भूमिका खेलेको भन्दै काँग्रेसका कतिपय समर्थक रुष्ट देखिन्छन् । पार्टीको निर्णयविरुद्ध उनीहरु खुलेर बोल्न नसके पनि चुनावमा त्यसको असर देखिने धेरैको आँकलन छ ।काँग्रेसमा अन्तरघात पनि पुरानै रोगका रुपमा देखिन्छ । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत वडा तथा नगर समितिका अधिवेशनको हिसाबकिताब बाँकी रहेको भन्दै केहीले नेताले स्थानीय तहको निर्वाचनलाई बदला लिने अवसरका रुपमा प्रयोग गर्न चाहेका छन् ।

३६४ दिन काँग्रेस बन्ने तर, मतदानको दिन अर्को पार्टीलाई सघाउने प्रवृत्ति कायम रहेमा पार्टीका उम्मेदवार जिताउन सकस हुने कतिपय काँग्रेस नेता बताउँछन् । राप्रपासँग मिलेर उपनिर्वाचन जितेकाले पनि चाँगुनारायण नगरमा राप्रपालाई मिलाउन काँग्रेसका लागि ठुलो चुनौती देखिन्छ ।

नेमकिपालाई भक्तपुर नगरमा  बर्षाैँ देखि ढुक्क :

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) भक्तपुर नगरमा जित्नेमा ढुक्क देखिन्छ । विगतका निर्वाचनमा भने भक्तपुर जिल्लामा राम्रै उपस्थिति जनाएको यो पार्टीले अघिल्लो निर्वाचनमा चाँगुनारायण र मध्यपुरमा १/१ वडामात्रै जितेको थियो । भक्तपुरमा १० वटै वडामा जितेको यो पार्टी अन्य नगरमा भने तेस्रो शक्तिको रुपमा देखिन्छ ।

माओवादी, राप्रपा, नेकपा एकीकृत समाजवादी जनमत जुटाउदै :

एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी जनताबीच परीक्षण हुने तयारीमा छ । पार्टी विभाजनका समयमा भक्तपुरका निर्वाचित जनप्रतिनिधिमध्ये एक जना प्रदेश सांसद र एक जना वडा सदस्यले मात्र एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोजेका थिए ।नेकपा माओवादी केन्द्र भक्तपुरमा विगतदेखि नै सक्रिय भए पनि निर्वाचनमा भने जित हासिल गर्न सकिरहेको छैन । यस पटक गठबन्धन गरेर भए पनि केही सिट जित्ने दाउमा माओवादी केन्द्रका नेताहरु लागिपरेका छन् ।

राप्रपाको बलियो आधार क्षेत्र नै चाँगुनारायण नगरपालिका हो । विगतका निर्वाचनमा पनि केही वडामा प्रतिस्पर्धामा देखिएकाले राप्रपा यो पटक इतिहास रच्ने दाउमा छ । तर, कमल थापा नेतृत्वमा पार्टी विभाजन भएका कारण राप्रपाले पनि कुनै चमत्कार गर्नेमा आशंका देखिन्छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पशुबलि विरोधको नाममा धार्मिक असहिष्णुता र सामाजिक विभाजन नगरौँ

  • September 20, 2026

उदयपुरमा धारिलो हतियार प्रहारबाट श्रीमतीको मृत्यु

  • September 20, 2026
AI Photo

स्थानीय सरकारमा महिला नेतृत्वको २५ उदाहरण : अवसर पाए महिलाले प...

  • September 20, 2026

चुलोदेखि जिल्लाको प्रशासनिक नेतृत्वसम्म : १२ महिला सीडीओले देख...

  • September 20, 2026

कांग्रेसको १५औँ महाधिवेशन : आज ३१ जिल्लामा वडा अधिवेशन हुँदै

  • September 20, 2026

‘खुस्बु ओली जी तपाईँलाई जनताले सांसद बनाएका हुन् कि धर्म मन्त्...

  • September 20, 2026

रास्वपा भोजपुर–काठमाडौं सम्पर्क मञ्चद्वारा डा. भक्त राईसँग भेट...

  • September 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved