Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भत्ता देखि ठेक्का समेत सेटिङमा?? अनाैठाे प्रशासन ऐंसेलुखर्क गाउँपालिकाको !

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 20, 2022
219 shares

खाेटाङ । खाेटाङको   ऐसेलुखर्क गाउँपालिकाको अस्पताल भवन निर्माण गर्न खाेलिएकाे ठेक्का सेटिङमा पारिएको भन्दै निर्माण व्यवसायीहरुले गुनासो गरेका छन्। उक्त पालिकामा १५ शैयाकाे अस्पताल भवन बनाउन खुलाइएको ठेक्कामा आर्थिक प्रलोभनमा सेटिङ गरेर श्याम सुन्दर तुवाचुङ जेभिलाई ठेक्का पारिएको भन्दै गुनासो गरेका हुन्।

उक्त भवन निर्माणका लागि करिब १९ करोड ५० लाख रुपैयाँ ठेक्का खुलाइएको थियो। ठेक्का सेटिङ गरेर पारेको ऐंसेलुखर्क गाउँपालिका-३  का निर्माण व्यावसायी लाेकेन्द्र राजभण्डारीले बताए । सार्वजानिक खरिद नियमावली विपरित सेटिङ गरेर ठेक्का पारेको राजभण्डारीको भनाई छ।

Open photoसेटिङमा नीतिगत भ्रष्टाचार गरिएकोले सच्याउनका लागि फागुन २२ गत्ते ऐसेलुखर्क गाउँपालिका र सार्वजनिक खरिद नियमावली कार्यालय ताहाचलमा निवेदन दिएपनि नसच्याइएको निर्माण व्यावसायी भिषण राईले बताए। नीतिगत भ्रष्टाचार गरेर अनावश्यक आइटम राखेर सबै निर्माण ब्यबसायीहरुलाई प्रतिस्पर्धा गर्न बाट बञ्चित गराइएको राईको भनाई छ ।प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवले भने यो बिषयमा विस्तृत अध्ययन हुनेछ, धेरैले सेटिङ भनेकोले यसबारे अध्ययन हुन्छ , यदि त्यस्ताे ठहरियमा ठेक्का रद्द हुन्छ। ब्यबसायी राईलाई उदृतगर्दै संबद्ध श्राेतले बताएकाे छ।

निर्माण व्यावसायीहरुले सेटिङमा ठेक्का आह्वान गरेको भन्दै चैत ४ गते अख्तियारमा समेत उजुरी दिएका छन्। उक्त ठेक्काका लागि माघ २७ गते आह्वान गरिएको थियो । एक महिनाको अवधि राखेर खुलाइएको ठेक्का फागुन २७ गत्ते खोल्नुपर्ने भएपनि व्यावसायीहरुको को मागको आधारमा चैत ४ गतेका लागि सारिएको थियो । त्यसपछि फेरि होली पर्व परेकोले चैत्र ६ गते खाेलएको हो।

याे पालिकामा यहि मात्र एउटा उदाहरण मात्रकाे लफडा भने हैन। केही दिन अघिपनि प्राेत्साहन भत्ताकाे बिषयमा अनियमितताकाे समाचारहरु पनि आएका थिए भने साे काे बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयाेग टंगालमा उजुरिकाे लागि सप्रमाणहरु तयारिमा रहेकाे श्राेतले बताएकाे छ।

No description available.No description available.

साे भत्ता बितरणमा पालिकाका केही ब्यक्तिकाे संलग्नतामा २०७८ काे साउन ७ गत्तेनै एउटा निर्णय गरे जाे निर्णय अनुरुप सिमित ब्यक्तिलाई तलब सरह भत्ता भुक्तानि गर्याे र ७ महिना पछि गत फागुन १६मा गाउँसभा द्वारा उक्त निर्णय पास गरिएकाे थियाे। जब कार्य बिधिनै पारित हुन बाँकि थियाे भने भुक्तानि किन गरियाे भन्ने बिषय अहिले पनि चलिरहेकाे छ। आन्तरिक सेटिङकै कारण उक्त ऐंसेलुखर्क गाउँपालिकाकाे भवन निर्माण अलपत्रमात्र हैन ठेक्कानै रद्ध भएकाे थियाे।

No description available.No description available.

भने आर्थिक बर्ष ०७७/७८ काे पहिलाे र दाेश्राे किस्ता बापतकाे सामाजिक सुरक्षा भत्तामा पनि केही वडाहरुमा अनियमितता भएकाे पालिका संबद्ध एक कर्मचारीले बताए। उसले थपे, कार्यबिधि पास हुन अगावै भुक्तानि गरिएकाे प्राेत्साहन बापतकाे भत्ता फिर्ता गराएरै छाेड्ने अठाेटका साथ अख्तियार आएकाे हुँ।

उनी थप्छन्, “यी त ठुला कर्तुत भए तर सेटिङकै कारण जाबाे खाने पानीकाेलागि प्रयाेग गरिने पाईपमा समेत भ्रष्टाचार भएकाे छ, सप्लायर्सले कबुल गरेअनुरुपकाे पाईप अहिले पालिकामा न आएकाे र यसमापनि कर्मचारीकाे मिलेमताे रहेकाे हुन सक्छ”।

No description available.

प्रोत्साहन भत्ता वितरणमा किन विभेद ?

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved