Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अनेसास नेपाल च्याप्टरको सल्लाहकार समिति गठन, साहित्यकार शान्ति रिसाल महिला समिति संयोजकमा चयन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 30, 2026
2.9KShares

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा विश्वव्यापी प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले सल्लाहकार समिति गठन गरेको छ।

च्याप्टरले गठन गरेको सल्लाहकार समितिमा अनेसासका केन्द्रीय सदस्य तथा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष राजेन्द्र के.सी., साहित्यकार तथा समाजसेवी अस्मिता सुमार्गी, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, साहित्यकार एवं मधेशी आयोगकी माननीय सदस्य रेणुदेवी साह र नेपाल च्याप्टरकी पूर्व अध्यक्ष तथा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारकी सदस्य सन्ध्या पहारी रहेका छन्। त्यसैगरी च्याप्टरले कार्यसमिति सदस्य शान्ति रिसाललाई नेपाल च्याप्टर महिला समितिको संयोजकमा चयन गरेको छ।

सल्लाहकार समितिमा चयन भएका व्यक्तित्वहरू नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा सामाजिक सेवाका विविध क्षेत्रमा आआफ्नो विशिष्ट पहिचान स्थापित गरेका स्रष्टा, साधक र समाजसेवी हुन्।

महासचिव रमेश दाहालका अनुसार सल्लाहकार राजेन्द्र के.सी. लामो समयदेखि नेपाली चलचित्र क्षेत्रका माध्यमबाट नेपाली भाषा, कला तथा संस्कृतिको प्रवर्द्धनमा समर्पित व्यक्तित्व हुन्। अनेसास नेपाल च्याप्टरको वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका के.सी.ले नेपाल चलचित्र विकास बोर्डको सदस्य तथा अनेसास केन्द्रीय संस्कृति समितिमा रहेरसमेत योगदान पुर्‍याइसकेका छन्। हाल उनी अनेसासका केन्द्रीय सदस्यका रूपमा क्रियाशील छन्। उनको ‘मौन आकाश’ कवितासङ्ग्रह प्रकाशित छ भने विभिन्न पत्रपत्रिका तथा साहित्यिक प्रकाशनमा उनका लेखरचनाहरू प्रकाशित छन्।

त्यसैगरी सल्लाहकार अस्मिता सुमार्गी सामाजिक सेवा, साहित्य र व्यवसायका क्षेत्रमा परिचित नाम हुन्। सफल व्यवसायीका रूपमा समेत स्थापित सुमार्गी लामो समयदेखि अनेसासको आजीवन सदस्य रहेर नेपाल च्याप्टरको संस्थागत विकासमा तन, मन र धनले सहयोग पुर्‍याउँदै आएकी छन्। साहित्यप्रतिको अनुराग र सामाजिक सेवाप्रतिको समर्पणलाई सँगसँगै अघि बढाइरहेकी उनका विभिन्न लेखरचना स्मारिका तथा पत्रपत्रिकामा प्रकाशित छन्।

नेपाली वाङ्मयमा महाकाव्यकारका रूपमा विशिष्ट परिचय बनाएका वरिष्ठ साहित्यकार खेमनाथ दाहाल नेपाली साहित्यका बहुविधाका सशक्त साधक हुन्। उनका दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन्। ‘श्वेतपत्र’ महाकाव्यबाट विशेष ख्याति कमाएका दाहालका ‘म त बन्दी भएको छु’, ‘हावर्डको चौतारी’ कवितासङ्ग्रह, ‘यात्राको सिकर्नी’ नियात्रासङ्ग्रहलगायत ‘अहोरात्र’ उपन्यास चर्चित कृतिहरू हुन्। उनका सिर्जनात्मक यात्राले कविता, महाकाव्य, आख्यान, नियात्रा तथा समालोचनासम्मको फराकिलो साहित्यिक आयाम समेटेको छ।

दुई दर्जनभन्दा बढी विविध विधाका साहित्यिक कृतिमा भूमिका तथा समालोचना लेखिसकेका दाहालको ‘सिर्जनामा दृष्टि’ भूमिका सङ्ग्रहसमेत प्रकाशित छ। सन् २००४ देखि अनेसासको आजीवन सदस्य रहँदै आएका उनी बोर्ड अफ ट्रस्टीमा समेत आबद्ध छन्। नेपाली साहित्यको सिर्जना, समीक्षा र संस्थागत अभियानमा लामो समयदेखि समर्पित दाहाललाई नेपाल च्याप्टरको सल्लाहकारका रूपमा पाउनु संस्थाका लागि गौरवको विषय भएको आजीवन सदस्यहरूको धारणा छ।

त्यस्तै सल्लाहकार रेणुदेवी साह साहित्यिक अभिरुचिका साथै महिला अधिकारका क्षेत्रमा सक्रिय व्यक्तित्व हुन्। हाल मधेशी आयोगकी माननीय सदस्य रहेकी साहले मधेश क्षेत्रमा नेपाली भाषा तथा साहित्यको प्रवर्द्धनका लागि उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकी छन्। नेपाली भाषा र साहित्यसम्बन्धी विविध सभा, गोष्ठी तथा साहित्यिक गतिविधिको आयोजना र सहभागितामार्फत उनले भाषिक तथा सांस्कृतिक चेतनाको विस्तारमा योगदान पुर्‍याएकी छन्। अनेसासको आजीवन सदस्यका रूपमा संस्थाको सङ्गठनात्मक विस्तारमा समेत सक्रिय रहेकी उनका लेखरचना विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्।

अनेसासको संस्थागत यात्रामा लामो समयदेखि समर्पित सन्ध्या पहारी नेपाल च्याप्टरकी पूर्व अध्यक्ष हुन्। हाल उनी अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारकी सदस्यका रूपमा आबद्ध छिन्। उच्च र स्पष्ट विचार, सशक्त वैचारिक दृष्टिकोण तथा साहित्यिक साधनाका लागि परिचित पहारीका विविध विधाका कृति प्रकाशित छन्। उनले नेपाल प्रज्ञा–प्रतिष्ठानमा लामो समयसम्म उच्च जिम्मेवारीमा रहेर नेपाली भाषा तथा साहित्यको संवर्द्धनमा योगदान पुर्‍याएकी थिइन्। अनेसासको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषा, साहित्य र सिर्जनाको पहिचान विस्तार गर्ने अभियानमा पनि उनी निरन्तर क्रियाशील रहँदै आएकी छन्।

यसैबीच, अनेसास नेपाल च्याप्टरले महिला समितिको संयोजकमा कार्यसमिति सदस्य शान्ति रिसाललाई चयन गरेको छ। नेपाली साहित्यमा महिलाको सिर्जनात्मक उपस्थिति, सहभागिता र नेतृत्वलाई अझ सशक्त बनाउने उद्देश्यसहित रिसालको संयोजकत्वमा महिला समिति गठन प्रक्रिया अघि बढाइएको हो। समितिले छिट्टै पूर्णता पाउने र महिला साहित्यकारहरूको प्रतिभा, सिर्जना तथा आवाजलाई संस्थागत मञ्च प्रदान गर्ने विश्वास लिइएको छ।

महासचिव दाहालका अनुसार अनेसास नेपाल च्याप्टरले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न विधागत समितिहरू क्रमशः गठन गर्दै लैजाने योजना बनाएको छ। यसबाट नेपाली सिर्जनालाई राष्ट्रिय सीमाभन्दा पर विश्वसामु पुर्‍याउने, प्रवास र मातृभूमिबीचको साहित्यिक सम्बन्धलाई थप प्रगाढ बनाउने तथा नयाँ पुस्तालाई नेपाली भाषा र साहित्यसँग जोड्ने अभियानले थप गति लिने अपेक्षा गरिएको छ।

स्रष्टाको सिर्जना, साधकको समर्पण र संस्थागत सहकार्यको सङ्गमबाट नेपाली वाङ्मयको उज्यालो क्षितिज अझ फराकिलो बनाउने अपेक्षासहित गठन गरिएको यस सल्लाहकार समितिले अनेसास नेपाल च्याप्टरको आगामी यात्रालाई वैचारिक मार्गदर्शन, अनुभव र रचनात्मक ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नगरेपछि तीन स्थानीय...

  • October 30, 2026

पत्रकार बिश्वमणी सुवेदी पक्राउ

  • October 30, 2026

एन–प्याब्सन नेपाललाई गृह मन्त्रालयद्वारा निलम्बन, अर्को निर्णय...

  • October 30, 2026

रावल आयोगको प्रतिवेदन कार्यान्वयनको क्रममा : काठमाडौंको ३०२ रो...

  • October 30, 2026

स्थानीय सरकारको अनुमति र केन्द्रको हस्तक्षेप बीचको द्वन्द्व, स...

  • October 29, 2026

मेची करिडोरको ठेक्का रद्द, पप्पु कन्स्ट्रक्सनलाई २ अर्ब जरिवान...

  • October 29, 2026

हुम्लाका विद्यार्थीका लागि फलामे पुल बनाउने हर्क साम्पाङको प्र...

  • October 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved