काठमाडौ । नेकपा एमाले अध्यक्ष के पि शर्मा ओलि यहि आउँदाे १९ गत्ते खाेटाङ जिल्लाकाे सदरमुकाम दिक्तेल जाने भएका छन् ।
सरकारले स्थानिय निर्वाचनकाे मिति घाेषणा गरेसँगै नेकपा एमाले विभिन्न कार्यक्रममार्फत चुनावी प्रचार प्रसारलाई तिब्रता दिन सुरु गरेकाे छ । यस्तै नेकपा एमाले खाेटाङले पनि भब्य एक कार्यक्रम गर्दैछ ।

उक्त कार्यक्रमलाई संबाेधन गर्न पार्टि अध्यक्ष चैत १९ गत्ते दिनकाे १ बजे जिल्ला सदरमुकाम दिक्तेल आउने र साेहि दिनकाे कार्यक्रम लाई संबाेधन पछि साँझ ५ बजे फर्किन जिल्ला अध्यक्ष राम दंगालले बताएका छन् ।

उता नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका सांसद विशाल भट्टराई एमाले जिल्ला कमिटि खाेटाङकाे बैठकका लागी जिल्लामै रहेका छन् । सांसद भट्टराईले पनि आगामि १९ मा हुने जिल्लाकाे विशाल भेलालाई संबाेधनका लागी पार्टि अध्यक्ष ओलि सदरमुकाम दिक्तेल पुग्ने सामाजिक संजाल फेसबुक मार्फत जानकारि दिएका छन् । https://m.facebook.com/story.php?story_fbid=7132707436802328&id=100001894271375
File photo










