Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भारतले महाकालीमा निर्माण गरिरहेको कार्यलाई तत्काल रोक : नेकपा एस

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 11, 2022
9 shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेकोे राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।

यही फागुन २५ र २६ गते काठमाडौँमा बसेको बैठकमा सहभागी सदस्यले प्रतिवेदनमाथि छलफल गरी दिएको सुझावका आधारमा उक्त प्रतिवेदन परिमार्जन गरेको हो । बैठकले अमेरिकी सहयोग परियोजना (एमसिसी) को व्याख्यात्मक घोषणालाई सम्झौताको अर्को पक्ष एमसिसी समक्ष कूटनीतिक प्रक्रियाअनुरुप दस्तावेज पठाई सहमति प्राप्त गर्न माग गरेको छ ।

त्यसैगरी महाकाली नदीको प्राकृतिक बहावलाई परिवर्तन गरी दार्चुलाको सदरमुकामसमेतलाई क्षति पुग्नेगरी भारतीय पक्षले गरिरहेको निर्माण कार्यलाई तत्काल रोक्न माग गर्दै बैठकल यस सन्दर्भमा प्रभावकारी कदम चाल्न सरकारसमक्ष अनुरोध गरेको छ ।

विभिन्न पार्टी परित्याग गरी उक्त पार्टीमा समाहित भएका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई बैठकले स्वागत एवं बधाई ज्ञापन गर्दै सही राजनीतिक कार्यदिशा अङ्गालेका सम्पूर्ण कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सिद्धान्तनिष्ठ एकीकृत कम्युनिष्ट आन्दोलनको विकास गर्नका लागि एकताबद्ध हुन बैठकले आग्रह गरेको छ । सरकार सञ्चालनको सम्बन्धमा गठबन्धनको तर्फबाट तयार गरिएको न्यूनतम साझा कार्यक्रमलाई सरकारले पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

उक्त बैठकले सङ्खुवासभाबाट धरानतर्फ गइरहेको गाडी आज मादी नगरपालिकामा दुर्घटनाग्रस्त भई १५ जना यात्रुको दुखःद निधन भएका सम्पूर्ण यात्रुप्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् ।

बैठकले रुस र युक्रेनका साथै अन्तर्राष्ट्रिय तहमा भइरहेको युद्धले विश्वलाई अशान्त, अमानवीय र युद्धग्रस्त बनाउने दुष्कार्यप्रति खेद व्यक्त गर्दै आक्रमणमा परेकाहरुप्रति सहानुभूति प्रकट गरेको छ ।

पटकपटकको पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिले यातायातलगायतका दैनिक उपभोग्य वस्तुका मूल्य आकाशिएकाले सर्वसाधारण जनताको दैनिक जीवन कष्टकर बनिरहेको अवस्थामा बैठकले सरकारसँग दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिलार्ई नियन्त्रण गर्न आग्रह गरेको छ ।

राज्यका सबै अङ्गमा भ्रष्टाचार कमिसनतन्त्र र विचौलियाको दबदबा मौलाएको अवस्थामा सरकारद्वारा भ्रष्टाचार र कमिसनखोरका विरुद्धमा गरिएको केही कारबाहीको सराहना गर्दै बैठकले जनचाहनाअनुरुरू राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचारको छानबिन गर्न र भ्रस्टाचारीहरुमाथि कारबाही गर्नका लागि एउटा शक्तिशाली छानबिन कमिटी गठन गर्न सरकारलाई सुझाएको छ ।

स्थानीय तहको नजिकिँदै गएको निर्वाचनले लोकतन्त्र र संविधानको प्रवद्र्धन गर्नका साथै स्थानीय तहमा जनताको माग र आकाङ्क्षालाई पनि सम्बोधन गर्दै सम्पूर्ण शक्ति एकताबद्ध रूपमा परिचालित गर्ने निर्णय बैठकले गरेको छ । यस सन्दर्भमा आगामी स्थानीय निर्वाचनमा आफ्नो शक्तिलाई सङ्गठित र मजबुत बनाउँदै गठबन्धनमा रहेका सम्पूर्ण दलहरुसँग सहकार्य गरी लोकतन्त्र र संविधानको रक्षा गर्दै स्थानीय निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरुलाई अत्यधिक स्थानमा निर्वाचित गराउन र स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त र जनमुखी ढङ्गले परिचालन गर्न बैठकले प्रतिबद्धता जाहेर गरेको छ ।

बैठकले मलको अभाव हुन नदिन समयमै सुलभ उपलब्धता र आपूर्तिको व्यवस्था मिलाउन बैठकले सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदै मलखाद् कारखाना स्थापनाका लागि पहल गर्न यो बैठक माग गरेको छ । राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्वको बारेमा उल्लेख गरिएको बैठकले समसामयिक, अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र र उन्नतशील बनाउँदै राष्ट्रिय अर्थतन्त्रलाई समाजवादोन्मुख बनाउने उद्देश्य राखिएको छ ।

वास्तविक नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने, सङ्घीयतालाई प्रशासनिकरूपमा व्यवस्थापन गर्ने, निजामती सेवालाई व्यवस्थित गर्ने तथा तीन वटै तहको सरकारबीचको काम र भूमिकालाई व्यवस्थित गर्ने ऐन कानूनहरु यथाशीघ्र निर्माण गर्न यो बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पशुबलि विरोधको नाममा धार्मिक असहिष्णुता र सामाजिक विभाजन नगरौँ

  • September 20, 2026

उदयपुरमा धारिलो हतियार प्रहारबाट श्रीमतीको मृत्यु

  • September 20, 2026
AI Photo

स्थानीय सरकारमा महिला नेतृत्वको २५ उदाहरण : अवसर पाए महिलाले प...

  • September 20, 2026

चुलोदेखि जिल्लाको प्रशासनिक नेतृत्वसम्म : १२ महिला सीडीओले देख...

  • September 20, 2026

कांग्रेसको १५औँ महाधिवेशन : आज ३१ जिल्लामा वडा अधिवेशन हुँदै

  • September 20, 2026

‘खुस्बु ओली जी तपाईँलाई जनताले सांसद बनाएका हुन् कि धर्म मन्त्...

  • September 20, 2026

रास्वपा भोजपुर–काठमाडौं सम्पर्क मञ्चद्वारा डा. भक्त राईसँग भेट...

  • September 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved