खोटाङ । नेकपा (एकीकृत समाजवादी) खोटाङले १० पालिका मध्ये नौ पालिकामा पालिका स्तरिय कमिटि गठन गरेको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, बराहपोखरी गाउँपालिका र साकेला गाउँपालिका पालिका स्तरिय कमिटि गठन गरिएको हो ।


मंगलबार खोटेहाङ गाउँपालिकामा तिर्थ प्रधानको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी)को ३५ सदस्यीय पालिका अधिबेसन आयोजक कमिटि गठन गरिएको छ । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बबी चाम्लिङको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष जलसेर राईको विशेष आतिथ्यतामा पालिका अधिबेसन आयोजक कमिटि गठन गरिएको हो ।
पालिका अधिबेसन आयोजक कमिटि गठनका क्रममा नेकपा (एकीकृत समाजवादी)का प्रदेश कमिटि सदस्य तारानाथ दाहाल, श्यामराज राई, मिलन श्रेष्ठ, जिल्ला उपाध्यक्ष नरेशकुमार राई लगायतको उपस्थिति रहेको थियो । नेकपा (एकीकृत समाजवादी)का अनुसार अव रावाबेँसी गाउँपालिकामा मात्र पालिका कमिटि बिस्तार गर्न बाँकी छ ।










