ओलीलाई उनकै कार्यकक्षमा पुगेर देउवाले भेटवार्ता गरेका हुन् । भेटमा काँग्रेसबाट महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङ पनि सहभागी छन् ।

सभामुख अग्निप्रसाद सापकोटालाई संसद बैठक स्थगित गर्न आग्रह गरेर देउवाले एमसीसीबारे निर्णय लिन नेताहरुसँग कुराकानी बढाएका हुन् । उनले ओलीसँग राजनीतिक लेनदेन गरेर भएपनि सहमति निकाल्ने प्रयास गर्दै आएका छन् । यसअघि दुईपटक बालकोट र दुईपटक बालुवाटार डाकेर देउवाले ओलीसँग छलफल गरिसकेका छन् । तर, अझै सहमति बन्न सकेको छैन ।










