Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रेस चौतारी ९औं महाधिवेशनको लोगो सार्वजनिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 20, 2022
3 shares

पोखरा। प्रेस चौतारी नेपालको आसन्न ९औं महाधिवेशनको लोगो सार्वजनिक गरिएको छ । यही फागुन २७ र २८ गते पोखरामा आयोजना हुने महाधिवेशनका लागि आधिकारिक लोगो सार्वजनिक गरिएको हो । नेकपा एमालेका उपमहासचिव, प्रचार विभाग प्रमुख तथा प्रेस चौतारी नेपालका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले महाधिवेशन मूल व्यवस्थापन समिति बैठकमा लोगो सार्वजनिक गरे ।

लोगो सार्वजनिक पछि बैठकमा बोल्दै इन्चार्ज गुरुङले प्रेस चौतारी एमालेको २२ वटा जनसंगठनमध्येमा सबैभन्दा व्यवस्थित र गतिशिल जनसंगठन हुने विश्वास आफूले लिएको बताए । ‘व्यवस्थितको नमूना सबैभन्दा पहिले भव्यतवरबाट महाधिवेशन सम्पन्न गरेर पेस गर्नु पनि हो,’ उनले भने, ‘स्वाभिमानको कुरा छ ।

गण्डकी प्रदेशको राजधानीमा महाधिवेशन आयोजना हुँदै छ यसअघि मोफसलमा आयोजना भएका भन्दा राम्रो गर्नुपर्छ ।’ पोखरामै महाधिवेशन गर्नुको कारण यहाँको पर्यटन अर्थतन्त्रलाई उकास्न मद्दत पुग्ने अपेक्षा सहित आयोजना तय गरिएको सुनाए । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष एवं महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले महाधिवेशनलाई सबै पक्षबाट उदाहरणीय बनाउन योजनाका साथ अघि बढेको बताए ।

समितिमार्फत गठित विभिन्न उपसमितिले महाधिवेशन तयारी कार्य थालिसकेको संयोजक पाण्डेले जानकारी दिए । मूल व्यवस्थापन समितिले महाधिवेशन तयारीका लागि गण्डकी प्रदेशका ११ वटै जिल्ला अध्यक्षसहितको बैठक आइतबार सम्पन्न गरेको छ । बैठकले ११ वटै जिल्लाका अध्यक्ष र कमिटीलाई समेत महाधिवेशनसम्बन्धी दायित्व बाँडफाँड गरेको छ । महाधिवेशनका निमित्त गठित उपसमिति, सचिवालय र जिम्मेवारीमा रहेका सबै सदस्यहरुलाई संयोजक पाण्डेले नतिजा देखिने गरी काम गर्न बैठकमा आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पशुबलि विरोधको नाममा धार्मिक असहिष्णुता र सामाजिक विभाजन नगरौँ

  • September 20, 2026

उदयपुरमा धारिलो हतियार प्रहारबाट श्रीमतीको मृत्यु

  • September 20, 2026
AI Photo

स्थानीय सरकारमा महिला नेतृत्वको २५ उदाहरण : अवसर पाए महिलाले प...

  • September 20, 2026

चुलोदेखि जिल्लाको प्रशासनिक नेतृत्वसम्म : १२ महिला सीडीओले देख...

  • September 20, 2026

कांग्रेसको १५औँ महाधिवेशन : आज ३१ जिल्लामा वडा अधिवेशन हुँदै

  • September 20, 2026

‘खुस्बु ओली जी तपाईँलाई जनताले सांसद बनाएका हुन् कि धर्म मन्त्...

  • September 20, 2026

रास्वपा भोजपुर–काठमाडौं सम्पर्क मञ्चद्वारा डा. भक्त राईसँग भेट...

  • September 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved