काठमाडौं । तत्कालिन बिद्राेहि माओवादि द्वन्दबाट द्वन्दपिडि लक्ष्मण कँडेल आज कमल थापाले नेतृत्व गरेकाे राप्रपा नेपाल प्रवेश गरेका छन्। सुकेधारा स्थितनवदुर्गा पार्टिप्यालेसमा आयाेजित पार्टि प्रवेश कार्यक्रममा पार्टि अध्यक्ष कमल थापा लगायत पार्टिका केन्द्रीय सदस्यहरुकाे उपस्थितिमा कँडेलले पार्टि प्रवेश गरेका हुन्।
बाग्लुङ स्थाई घरभएका कँडेल द्वन्दकालमा तत्कालिन बिद्राेहि माओवादीबाट पिडित हुन्। द्वन्दकाल देखिनै नेपाली सेनाका सुरक्षामा रहँदै आएका कँडेलले बिगददेखिनै माओवादी पार्टिकाे बिराेध गर्दै राष्ट्र र राष्ट्रियताकाे लागि आवाज उठाउँदै आएका थिए। राष्ट्रिय स्वाधिनताकाे रक्षा, नेपाली जनताकाे जिवनस्तर परिवर्तन र आफू जस्ता कयाैँ द्वन्दपिडित साथै बैदेशिक राेजगार पिडित अनेकाै कारणबस पिडामा रहेका नेपाली नागरिकहरुकाे सेवामा कार्यरत कँडेल समाजसेवि भनेर पनि आफनाे अलग परिचयले परिचित युवा हुन्।

inter सम्मकाे अध्ययन गरेका कँडेलका परिवार अहिले पनि आफना श्रीसम्पतिबाट अलग रहन बाध्य छन् । तत्कालिन माओवादीले जग्गाजमिन कब्जा गरिएकाे हालसम्म पनि फिर्ता नभएकाे गुनासाे कँडेलकाे छ। उनलाई बिगददेखिनै राप्रपाले पार्टिमा आउन आह्वान गरिएपनि आफू पार्टिबाहिर रहेरै अभियानमार्फत नागिककाे सेवा गर्ने साेँचमा थिए। हरेक परिवर्तनका लागि राजनितिनै अपरिहार्य रहेकाे बुझेर पनि पार्टिमा नहाेमिएका कँडेल आज भने पार्टि प्रवेश गरेका छन्।
पार्टिभित्र लक्ष्मणलाई कुन जिम्मेवारी दिईएला त राप्रपाले ! त्याे भने हेर्न बाँकि रहेकाे अवस्थामा कँडेल भन्छन् ” म पार्टि वा बाहिर जहाँ रहेपनि राष्ट्र , राष्ट्रियता र नेपाली नागरिकहरुकाे सेवा गर्न चाहन्छु, पद, पावर,कुर्सी र के जिम्मेवारी पाउँला भन्ने आशाले म पार्टि प्रवेश गरेकाे हैन। मेराे र पार्टिकाे बिचार सिदान्त मिल्याे तसर्थ पार्टि प्रवेश गरेकाे हुँ।”
हिजाेका दिनहरुमा कमल थापाले नेतृत्वगरेकाे पार्टिमा नरहेर हाल भर्खरमात्र थापाले अध्यक्षता गरेकाे पार्टिमै किन त राजेन्द्र लिङ्देनले नेतृत्व गरेकाे पार्टि पनि त थियाे नि भन्ने प्रस्नमा कँडेल भन्छन् ” लिडर र उसले लिडगर्ने शैली मात्र हैन, पार्टिकाे एजेण्डा र भावि रणनितिलाई हेर्दा त्याे पार्टि भन्दा याे पार्टिमा राष्ट्र र राष्ट्रियताकाे पक्षमा केही भावियाेजना देखियाे तसर्थ यसमा लागियाे,, लिङ्देनले नेतृत्व गरेकाे पार्टिलाई पनि नराम्राे भन्दिँन तर उहाँहरुकाे पार्टिकाे भिजन र दर्शनभन्दा राप्रपा नेपालकाे राष्ट्रहितमा भएकाेले यहि पार्टि मेराे राेजाईमा परेकाे हाे ।”
पार्टी प्रबेश गराउन केहि समय देखि निकै छलफल रहेको र उहालाई राप्रपा पुर्ब केन्द्रिय सदस्य सुनिता कुरुम्बाङ, राप्रपा नेपाल का युवक संगठन प्रमुख कैलास कटवाल को ठूलो हात रहेको थियो ।










