Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

देउवा सरकार दाहाल-नेपालको हातमा,चुनावको मितितोके गठबन्धन तोड्ने चेतावनी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 26, 2022
33 shares

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । खासगरी स्थानीय तहको निर्वाचनलाई लिएर गठबन्धनमा मत विभाजित छ । कांग्रेसभित्रबाट स्थानीय तहको निर्वाचन बैशाखमै गर्नुपर्ने आवाज उठेको छ। सभापतिमा पराजित डा. शेखर कोइराला समूहले त बैशाखमै निर्वाचन गर्नुपर्ने र प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको ट्रयापमा पर्न नहुने आवाज उठाईसकेको छ ।

कांग्रेस महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि स्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा मान्य नहुने चेतावनी दिएका छन् । तर, गठबन्धनमा आवद्ध दलहरु नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले भने बैशाखमा स्थानीय तहको निर्वाचन गर्न नहुने अडान लिएका छन् ।

खासगरी प्रचण्डले तीनै तहको निर्वाचन आगामी मंसिरमा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । दाहालको प्रस्तावमा प्रधानमन्त्री देउवा पनि सकारात्मक बनेको चर्चा छ । उता, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पनि स्थानीय तहको निर्वाचनभन्दा अघि प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने पक्षमा खुल्न थालेको कुरा बाहिर आएका छन् । प्रधानमन्त्री देउवाले यो बीचमा कानूनविद्हरुसँग पनि परामर्श गरिसकेका छन् । उता, निर्वाचन आयोगले भने तत्काल निर्वाचनको मिति घोषणा गर्न दबाब दिएको छ । प्रधानमन्त्री देउवा पनि स्थानीय तहको निर्वाचनको मिति तोक्नेगरि अघि बढेका छन् ।

तर, गठबन्धनमा आवद्ध दलका नेताहरु प्रचण्ड र माधव नेपालले भने स्थानीय तहको निर्वाचनको मिति तोकिए आफुहरुलाई मान्य नहुने चेतावनी दिएका छन् । उनीहरुले सरकार ढालिदिने पनि चेतावनी दिएको स्रोतको दाबी छ । सर्वोच्च अदालतको परमादेशपछि गठन भएको यो सरकार संसद्को पूरा कार्यकाल चल्नुपर्ने आवाज पनि उठेको छ । प्रधानमन्त्री देउवा भने पार्टी र गठबन्धनका नेताहरुको छुट्टाछुट्टै दबाबमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पशुबलि विरोधको नाममा धार्मिक असहिष्णुता र सामाजिक विभाजन नगरौँ

  • September 20, 2026

उदयपुरमा धारिलो हतियार प्रहारबाट श्रीमतीको मृत्यु

  • September 20, 2026
AI Photo

स्थानीय सरकारमा महिला नेतृत्वको २५ उदाहरण : अवसर पाए महिलाले प...

  • September 20, 2026

चुलोदेखि जिल्लाको प्रशासनिक नेतृत्वसम्म : १२ महिला सीडीओले देख...

  • September 20, 2026

कांग्रेसको १५औँ महाधिवेशन : आज ३१ जिल्लामा वडा अधिवेशन हुँदै

  • September 20, 2026

‘खुस्बु ओली जी तपाईँलाई जनताले सांसद बनाएका हुन् कि धर्म मन्त्...

  • September 20, 2026

रास्वपा भोजपुर–काठमाडौं सम्पर्क मञ्चद्वारा डा. भक्त राईसँग भेट...

  • September 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved