Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बिपक्षेको योजनालाई उडाउन सफल ओली फेरी नेपालको प्रधानमन्त्रिको शपथलिदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 14, 2021
159 shares

बैशाख ३१, काठमाडौं । विपक्षी दलहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन असफल भएको छन् । प्रधानमन्त्री ओलीद्वारा पुस ५ मा विघटित प्रतिनिधिसभा ११ फागुनमा पुनस्थापित भएदेखी वैकल्पिक सरकार निर्माणकोहर प्रयास भएपनि अन्ततः असफल भएको छ ।

आफैले संसदको विषेश अधिवेशन बोलाए २७गत्ते सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदा ओली विफल भएपनि नेपाली काँग्रेस–माओवादी केन्द्र गठबन्धन विकल्प दिन असफल भएको छ । ओलीले विश्वासको मत गुमाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दललाई बहुमतको सरकार बनाउन आज राति ९ बजेसम्म समय दिएकी थिइन् ।
बहुमतको सरकार गठनका लागि काँग्रेस–माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षबीच भएको हर प्रयास असफल साबित भयो ।

ओलीको विकल्प दिने निर्विकल्प एजेण्डा बनाएका नेताहरुको अलमल र अन्योलताले विपक्षी रणनीति असफल भएको देखिन्छ । त्यसमा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले मात्र काम गरेको छैन । सरकारको नेतृत्व लिन तम्सिएको काँग्रेसमै पनि केही समस्या देखिन्छ ।

पछिल्ला दिनमा देउवा आफैले राजनीतिक भेटघाटमा तीव्रता दिएका थिए । साथै आफुनजिकका महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, केन्द्रीय सदस्य रमेश लेखकलाई छलफलका लागि खटाएका थिए ।

यो बीचमा देउवाले प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवसँग निरन्तर संवाद गरेका थिए । एमाले नेता भीम रावल, माओवादी नेता वर्षमान पुनसँग उनीहरुले निरन्तर छलफल गरिरहेका थिए । जसपाको उपेन्द्र र महन्थ पक्षसँगको छलफललाई काँग्रेस नेताहरुले जोड दिएका थिए । तर वैकल्पिक सरकार गठनका लागि मैदानमा उत्रिएका नेताहरुको राष्ट्रिय तथा अन्तरराष्ट्रिय नेक्सस थिएन ।

देउवाले पार्टीको विपक्षी नेताहरुलाई साथमा लिएको पनि देखिएन । देउवाले छलफलका लागि खटाएका सबै नेता उनी निकट नै थिए । त्यसमा पनि काँग्रेसभित्र सत्ता राजनीतिका अब्बल खेलाडी मानिने उपसभापति विमलेन्द्र निधि मौन जस्तै देखिए ।

७३सालमा तत्कालीन एमाले–माओवादी गठबन्धन तोडेर ओलीलाई प्रधानमन्त्रीबाट बहिर्गमन गराउने सन्दर्भमा निधि गेम चेञ्जरकै रुपमा देखिएका थिए ।

तत्कालीन एमाले–माओवादी गठबन्धन तोडेर माओवादी–काँग्रेस सहकार्यको सम्भव तुल्याएका थिए । उनी आफू पनि उपप्रधान तथा गृहमन्त्री समेत भनेका थिए । यो पटक उनी त्यो ढंगले सक्रिय रहेको पाइएन ।

देउवाले उपसभापति निधि, नेता कृष्ण सिटौला, शेखर कोइराला, मिनेन्द्र रिजाल लगायतलाई अगाडि नसारेर कमजोरी गरेको काँग्रेस नेताहरुको भनाइ छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय पक्ष राम्रोसँग बुझेका र विश्वास गरेका नेताहरुको टोली बनाउन देउवा चुक्दा यस्तो अवस्था आएको एक नेता बताउछन ।

विहीबार मध्यान्हसम्म बहुमतको सरकारका लागि दाबी पेस गर्ने काँग्रेसको तयारी थियो । ओलीलाई विश्वासको मत नदिने निर्णयका साथ सोमबार प्रतिनिधिसभामा उपस्थित नभएको एमालेको खनाल– नेपाल पक्षले बहुमत जुटाउन सहजता प्रदान गरिदिने देउवाको विश्वास थियो । यही विश्वास माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा पनि थियो ।

तर आफू पक्षीय नेताहरुको दबाबका कारण सोमबार सांसद पदबाट राजीनामा दिने निर्णयबाट पछि हटेका खनाल–नेपाल पक्षमाथि देउवा र प्रचण्डले बढी विश्वास गरेका थिए । नेपालले दिएको आश्वासनबाट उनीहरुमा बढेको विश्वासमा प्रधानमन्त्री ओलीले पार्टीको स्थायी समिति बैठक बोलाएर सबलाई ब्रेन्वास गरे ।

बैठकबाट ६ महिनाका लागि पार्टी सदस्यसमेत नरहने गरी कारबाहीमा परेका माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको कारबाही फुकुवाको भयो । त्यसपछि राजीनामा दिन अल्टिमेटम दिएका नेपालसँग ओलीले साँझ सम्म छलफल गरी दिए । पार्टीभित्रको विवाद समाधानका लागि दुई नेता सहमत पनि भए । अनि नेपालको भरमा प्रधानमन्त्री बन्ने देउवाको सपना तत्काललाई सकियो । देउवा र प्रचण्डले नेपाल पक्षको (ओली र आफूहरु) दोहोर संवादलाई गम्भीर रुपमा लिएको देखिएन । ओलीले स्टेप डाउन गर्ने वित्तिकै नेपाल पक्षसँगको सहकार्य सम्भव छैन भन्ने ख्याल गरेको पाइएन ।

किनभने काँग्रेस र माओवादीले बागमती प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेपाल निकट खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाइएको छ । काँग्रेस र माओवादीले उम्मेदवारी समेत दिएका छैन ।माओवादी केन्द्रका राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले प्रधानमन्त्रीमा नेपाल पक्षले देउवालाई सहयोग गर्ने सर्तमा देवकोटालाई अगाडि सारिएको बताएका थिए ।

प्रधानमन्त्री ओली विरुद्ध गत फागुन ११ गते यता अविश्वासको प्रस्ताव ल्याउन विपक्षी दलबीच विमर्श भयो । देउवाले सुरुमा तत्कालीन नेकपाको आधिकारिकता खोजे । फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युत्याइदिएपछि मात्र बल्ल देउवा सरकार बनाउने सरकारमा लागेका थिए । तर सरकार बनाउन देउवालाई माओवादी केन्द्र र जसपाको साथ अनिवार्य थियो । माओवादी केन्द्र देउवा नेतृत्वमा सरकार बनाउन तयार भए पनि जसपाको ठाकुर र महतो पक्षले ओलीसँग निकटता बढायो । उपेन्द्र र बाबुराम पक्ष वैकल्पिक सरकारको पक्षमा देखिए पनि ठाकुर र महतोले ओलीको निरन्तरताप्रति रुची देखाए ।

काँग्रेसका सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले ठाकुरसँग छलफल गरेपनि उनको ओली मोह भंग गराउन सकेनन् । लामो समय काँग्रेसमा राजनीति गरेका ठाकुरले अन्तिम अवस्थामा काँग्रेस नेतृत्वको सरकार बनाउन साथ दिने काँग्रेस नेताहरुको बुझाइ थियो ।

काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि बुझाइ संचारकर्मीसँगको अनौपचारिक कुराकानीका क्रममा राखेका थिए । ठाकुरसँग काँग्रेस नेताहरुले गम्भीर वार्ताको आवश्यकता पनि ठानेको देखिएको थिएन ।

त्यसका पछाडि एमालेको नेपाल पक्षलाई साथमा लिँदा ठाकुरको उपादेयता छैन भन्ने सोच देउवा र प्रचण्डमा थियो । त्यही अनुसार उपेन्द्र यादवसँग उनीहरुले वार्ता अगाडि बढाएका थिए । सोमबार बहुमतको सरकार गठनका लागि राष्ट्रपतिलाई आह्वान गर्न आग्रह गर्दा पनि यादवलाई मात्र साथमा लगियो । देउवा र प्रचण्डले जसपामा महन्थ र राजेन्द्र केही होइनन् भन्ने सोचमा साथ संयुक्त विज्ञप्ति जारी गरिएको राजेन्द्र महतोले गुनासो थियो ।

सरकारको दाबी पेस गर्ने नजिकिएसँगै ठाकुर र महतोले आफू निकट सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेर उपेन्द्र यादवलाई बहुमतको निर्णय लिन चुनौती दिए । माधव नेपाल पक्षको राजीनामा नआएपछि परिस्थिति उपेन्द्रको बसभन्दा बाहिर पुग्यो ।

अनि देउवा र प्रचण्ड औचित्यहीन दाबी पेस नगर्ने निष्कर्षमा पुगे ।तसर्थ फेरि ओली नै संसदको सबैभन्दा ठूलो दलको हैसियतले प्रधानमन्त्रीमा नियुक्त हुँदै राष्ट्रपती बाट अज शपथलिदै छन् ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

काठमाडौंकाे प्रशासनिक नेतृत्व समालिरहेका पाैडेलकाे २२ बर्षे प्...

  • September 25, 2026

जलवायु संकटका कारण नेपालले असमान रूपमा ठूलो क्षति व्यहोर्दैछ :...

  • September 25, 2026

इन्द्रजात्राले राष्ट्रिय एकता, सद्भाव र सांस्कृतिक पहिचान अझ स...

  • September 25, 2026

बाढीपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग गर्न प्रधानमन्त...

  • September 25, 2026

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved