Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नयाँ सरकार बन्नेचान्स छैन,सरकारमा सहभागीभए उपेन्द्रजीलाई कारबाही हुन्छ :राजेन्द्र महतो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 11, 2021
rajendra 2
492 shares

बैशाख२७, काठमाडौं । नेपाली काँग्रेस र माओवादी केन्द्र सम्मिलित गठबन्धन सरकारका लागि जनता समाजवादी पार्टी (जसपा)मा देखिएको मत विभाजन बाधक बनेको छ । जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोले सत्ता गठबन्धनको नयाँ प्रयासमाथि आपत्ति जनाएका छन् ।जसपा अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष दुई भागमा विभाजन हुँदा नयाँ सरकार निर्माणका लागि फेरी उल्झन खडा भएको छ ।

अब नयाँ सरकार गठनका लागि काँग्रेस र माओवादीलाई सिंगो जसपाको साथ आवश्यक छ । तर, जसपाको ठाकुर पक्षले नयाँ सरकार निर्माणको पक्षमा नरहेको जनाएको छ । अध्यक्ष ठाकुरले वक्तव्य नै निकालेर नयाँ सरकार गठन प्रक्रियामा सहभागी नहुने बताएका छन् । भने एमाले बाट असन्तुस्ट साम्सद हरु जोडेपनी सरकारनिर्माण मा सख्या पुग्दैन ।

‘राष्ट्रपतिजीले दुई वा दुई भन्दा बढी दल बहुमत प्राप्त सदस्यले सरकार बनाउन सक्ने भनेको छ,’ जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले भने, ‘त्यसमा जसपा पार्टी सरकारमा जाने छैन । जसपा सरकारमा जाँदैन भने कुनै व्यक्ति सरकारमा जान्छु भनेर जान पाउँदैन । यहाँ राष्ट्रपतिजीले पार्टी पो बोलाउनुभएको छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले विश्वासको मत लिन नसकेको जानकारी संसद् सचिवालयले गराएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार तीन दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छन् ।

संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

कानुनविद्हरुका अनुसार संविधानको धारा ७६ को २ ले दुई वा दुई भन्दा बढी दलको बहुमत खोजेकाले सांसद थपथाप गरेर बहुमत पुर्याउने कुराको अर्थ छैन । त्यसैले नयाँ सरकार निर्माणका लागि जसपाको औपचारिक विभाजन र एमालेका झलनाथ खनाल–माधव नेपाल पक्षको सांसदको राजीनामा अनिवार्य बनेको छ ।तीन दिनभित्र जसपाको औपचारिक विभाजन सम्भव नभएको जसपा वरिष्ठ नेता राजेन्द्र महतोले बाताए ।

उपेन्द्र यादवको मात्र हस्ताक्षर गरेर गठबन्धन सरकार निर्माण नहुने महतोको जिकिर छ । ‘जसपा एउटा पार्टी हो । कुनै व्यक्ति सरकारमा जान्छु भनेर विज्ञप्ति निकाल्दैमा कसरी सरकार बन्छ ? उपेन्द्र यादव भनेको दल होइन । जसपाको प्रत्येक अध्यक्ष दल हो, म यो गर्छु भन्न पाउँदैन । त्यस्तो हो भने जो प्रथम अध्यक्षले लिने निर्णय नै पार्टीको आधिकारिक लाइन हुन्छ,’ उनले भने ।

वैकल्पिक शक्ति निर्माणमा जुटेका जसपामा हजारौं कार्यकर्ता उपेन्द्र यादवलाई कुर्सी दिलाउन पार्टी विभाजन गर्ने पक्षमा नरहेको महतोको भनाइ छ ।

‘हामी कुनै व्यक्तिलाई कुर्सी दिलाउन एकता भएका होइनौं । कुनै पनि नेता कार्यकर्ता पार्टी विभाजन गराएर सत्तारोहण गराइदिन जन्मेको होइन । पार्टी पनि जन्मेको होइन,’ उनी भन्छन्, ‘यो फोरम होइन । एक्लै उपेन्द्र यादव दौडेर सरकारमा गएर जनतालाई धोका दिने काम गर्न सक्नुहुन्न । जसपामा कसैको त्यस्तो चल्दैन । कसैले सपना नदेखे हुन्छ ।’

काँग्रेस सभापति शेरबहादुर देउवाले सरकार बनाउन नसक्ने पनि महतोले दाबी गरे । ‘देउवाजी सरकार बनाउन सक्नुहुन्न । राष्ट्रपतिलाई पार्टी चाहिएको हो । म फेरि पनि भन्छु जसपा सरकारमा जाँदैन जाँदैन…,’ उनले भने ।

उपेन्द्र यादवको सत्तालिप्सा पूरा नहुने पनि महतोले जिकिर गरे । ‘पार्टी फुटाएर अर्को दल बनाएर नयाँ सरकार बनाउन ​सकिएला । तर, त्यसका लागि कार्यकर्ता तयार छैन । पार्टी फुटाउन फेरि लामो प्रक्रिया छ । तीन दिनमा सम्भव नै छैन । तीन महिना लाग्छ । कसरी उपेन्द्र यादवको सत्तालिप्सा पूरा हुन्छ,’ उनी थप्छन ।

महतोका अनुसार एमालेको खनाल नेपाल पक्षका सांसदको साथ सहयोगबाट पनि नयाँ सरकार बन्न सक्ने सम्भावना छैन ।उनले भने, ‘अब कुनै माधव नेपालले पनि गठबन्धनको सरकार बनाउन सक्दैन । माधव नेपालको पनि पार्टी चाहियो नि ! माधव नेपालको पार्टी खोइ ? काँग्रेस र माओवादी पार्टीको बहुमत पुग्दैन । जसपा जाँदैन ।’

काँग्रेस सभापति देउवालाई सरकार बन्न सक्दैन भनेर भेटेरै सूचना दिएको महतोले बताए । उनले भने, ‘जसपा सरकारका लागि तयार छैन । चुनावी सरकारमा जाँदा त्यतिबेला सोचौँला । किर्ते गतिविधिमा नफस्नुस्, धोका हुन्छ तपाईंलाई भनेर देउवाजीलाई हामीले प्रष्टरुपमा भनेको थियौं ।’

महतोका अनुसार जसपा सरकारमा नजाने र कुनै गठबन्धनमा सामेल नभएको कुरा प्रथम अध्यक्ष (महन्थ ठाकुर) ले राष्ट्रपतिलाई लेखेर दिनेछन् । त्यसपछि गठबन्धनको सरकार बनाउने खेल खत्तम हुने उनको दाबी छ । संवैधानिक प्रक्रियाअनुसार फेरि केपी ओली प्रधानमन्त्री हुने सम्भावना बढी देखिएको महतोको विश्लेषण छ ।

‘उपेन्द्र यादवमाथि कारवाही हुन्छ’

उपेन्द्र यादवको सत्तामोहका कारण पार्टी विभाजनको डिलमा पुगेका महतो भनाइ छ । तर, उनले आफ्नो ताकत रहेसम्म पार्टी विभाजन रोक्न लागिपर्ने उनले बताए ।

‘६ वटा दल मिलाएर राजपा बनाइएको थिएँ । त्यसमा समाजवादी पार्टी छुटेको थियो । वैकल्पिक सरकार निर्माणका लागि राजपा र समाजवादी पार्टीलाई रातारात एक गराएका थियौं,’ उनी भन्छन्, ‘कसैले पार्टी विभाजन गर्न खोज्छ भने मेरो ताकत रहेसम्म म त्यसको सपना पूरा हुन दिँदैन ।’

आफ्नै लचकताका कारण आजसम्म जसपालाई विभाजनबाट रोक्ने काम गरेको महतोले बताए । तर, अब उपेन्द्र यादवमाथि कारबाही हुने उनको भनाइ छ । ‘उपेन्द्र यादवले पार्टी फुटाउने अपराध गर्दै हुनुहुन्छ । उहाँलाई अब कारबाही हुन्छ । पार्टी उहाँलाई अनुशासनको कारबाही गर्छ । गठनबन्धको सरकार निर्माणमा लागि विज्ञप्तिमा हस्ताक्षर कि गर्नुभयो ? यो पार्टी निर्णय विपरीत छ । पार्टीको कुनै आधिकारिक निर्णय भएको छैन,’ उनले भने ।

उपेन्द्र यादवलाई पार्टीबाट निस्काशनसमेत हुने महतो बताए । उनले भने ‘पार्टी फोडुवालाई हामी पार्टीभित्र राख्दैनौं । यसका लागि हामीले पार्टी एकता थोडै गरेको हो ?,’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

श्रीमानकाे काजक्रिया गरेको ३९ दिनपछि फर्किए वीरबहादुर, अनि आफ्...

  • September 25, 2026

खरिदारदेखि रुकुम पूर्वको सीडीओसम्म : कोपिला राईको प्रशासनिक या...

  • September 25, 2026

काठमाडौंकाे प्रशासनिक नेतृत्व समालिरहेका पाैडेलकाे २२ बर्षे प्...

  • September 25, 2026

जलवायु संकटका कारण नेपालले असमान रूपमा ठूलो क्षति व्यहोर्दैछ :...

  • September 25, 2026

इन्द्रजात्राले राष्ट्रिय एकता, सद्भाव र सांस्कृतिक पहिचान अझ स...

  • September 25, 2026

बाढीपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग गर्न प्रधानमन्त...

  • September 25, 2026

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

  • September 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved