Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जसरी पनिओली सरकार अपदस्तहुने : संसदीय दलमा देउवा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 8, 2021
3 shares

२५ वैशाख, काठमाडौं । नयाँ सरकार गठनका लागि अग्रसरता नदिएको आरोप पार्टीभित्र र बाहिरबाट खेप्दै आएका नेपाली काग्रेस सभापति शेरबहादुर देउवा शनिबार संसदीय दलको बैठकमा निकै प्रष्ट देखिएको संसदहरुले बताए ।उनीहरुका अनुसार देउवाले प्रष्ट भनेका छन्, ‘जसरी पनि यो सरकारलाई विस्थापित गर्नेपर्छ ।’

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको संसदको विशेष अधिवेशन शुरु हुनु दुई दिनअघि शनिबार पदाधिकारी बैठक बसेको थियो भने शनिबार नै दिउँसो संसदीय दलको बैठक । दुवै बैठकमा सभापति देउवा यसअघिभन्दा प्रष्टताका साथ प्रस्तुत भएको कांग्रेस नेताहरुले बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा बसेको संसदीय दलको बैठकको शुरुमा बोलेका देउवाले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा उभिन सबै लाई निर्देशन दिए ।

लगत्तै दिलेन्द्रप्रसाद बडू, गगनकुमार थापा लगायतका सांसदहरुले आफ्नो धारणा राखे । उनीहरुले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने मत राखेका थिए । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकार परिवर्तन गर्नुपर्ने मतमा आफू सहमत भएपनि अविश्वासको प्रस्ताव राखेर काम नहुने धारणा राखेका थिए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन आएपछि अहिले दर्ता गरेको अविश्वास प्रस्ताव के हुन्छ भन्ने बिषयमा केहीबेर बहस भयो । सांसद मिनेन्द्र रिजालले यसबारे बोलेपछि सभापति देउवा फेरि भने। उनले अविश्वासको प्रस्ताव दर्ता गर्ने नगर्ने ? यसको संवैधानिक जटिलताबारे छलफल गर्न नेताहरुलाई आग्रह गरे ।

तर यो सरकारलाई विस्थापित गर्ने र नयाँ सरकार बनाउनुपर्छ भन्ने प्रष्ट मत राखेको सांसदहरुले बताएका छन् । सांसद प्रकाश रसाइली स्नेही भन्छन्, ‘सभापतिले विश्वासको मत नदिने मात्र होइन, यो सरकारलाई जसरी पनि विस्थापित गर्नुपर्छ । त्यसका लागि सबै दलसँग छलफल भइरहेको छ।’

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए अल्पमतको सरकार बनाएर संसद भंग गर्नसक्ने विश्लेषण सुनाएका देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि समेत आशंका व्यक्तगर्न भ्याए । राष्ट्रपतिले दल फुटाउने जुटाउने भूमिका खेल्नु उपयुक्त नहुने धारणा सभापति राखेको सांसद बहादुरसिंह लामाले बताए ।

बैठकले प्रधानमन्त्री ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गर्दै बैठकले विश्वासको मत नदिन अरु दललाई पनि आग्रह गरेको छ ।

बैठक मा शाहभागी एक नेताका अनुसार बैठकको निर्णयमा अविश्वासको प्रस्ताव दर्ताबारे लेख्ने कि नखेल्ने भनेर छलफल भएको थियो । सभापति देउवाले ‘यो निर्णय लेख्ने भन्दा पनि गर्ने हो, त्यसका लागि दलहरुसँग छलफल भइरहेको छ’ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिमसेनस्थान–मरुटोलमा कपडा कारोबारमाथि गम्भीर प्रश्न : दर्ता, क...

  • August 10, 2026

पेन्सन रोक्ने व्यवस्था सामाजिक न्यायविपरीत : डा. गंगा लक्ष्मी ...

  • August 10, 2026

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

  • August 10, 2026

प्रतिनिधि सभा बैठक बस्दै, चार विधेयक प्रस्तुत हुने

  • August 10, 2026

कोशी साहित्य-कला परिषद् नेपालको साधरण सभाले केशु विरहीलाई चुन्...

  • August 10, 2026

प्रमाणपत्रसँगै समस्या समाधान गर्ने सीप बोकेर व्यावसायिक यात्रा...

  • August 9, 2026

सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएकी गायिका सत्यकलाकाे राजन...

  • August 9, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved