Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एकल यात्रामा ,प्रधानम्नत्री केपी शर्मा ओली

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 8, 2021
24 shares

काठमाडौं । नयाँ वर्षको आगमनसँगै फैलिएको दोस्रो लहरको कोरोना महामारीबाट संक्रमित हुने संख्या र मृत्युदरको ग्राफ उकालो चढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको २७ चैतमा १४ जिल्ला अतिप्रभावित भएको प्रतिवेदन सार्वजनिक गरेकोमा एक महिना नबित्दै ५२ जिल्ला महामारीबाट आक्रान्त बनिसकेका छन् ।

देशव्यापी लकडाउन नगरिए पनि स्थानीय प्रशासनले निषेधाज्ञा थप कडा बनाउँदै लगेकाले रोग र भोकसँग एकैपटक लड्नुपर्ने संकट आम मानिसका सामुन्ने खडा भएको छ ।

अझ, पशुपति आर्यघाटस्थित विद्युतीय यन्त्रको क्षमताले नभ्याएपछि वागमती किनारमा जलिरहेका शवको दृश्यले जो–कोहीलाई स्तब्ध बनाउँछ । वैशाख पहिलो सातातिर अस्पताल बाहिर शय्याकाे पालो कुरिरहेका संक्रमितहरुको चीत्कार जति कारूणिक र हृदयविदारक थियो, वागमती किनारमा चिताको पर्खाइमा रहेका शवहरुको दृश्यले सम्हालिन मुश्किल बनाउँछ ।

‘अझ ती शव कुन उमेर समूहका हुन् भन्नेले थप स्तब्ध बनाउँछ । हामी चानचुने संकटसँग जुधिरहेका छैनौंं’, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे भन्छन् । किशोरकिशोरी र युवाको मृत्युले परिवार र समाजलाई बढी स्तब्ध बनाउने मात्रै नभएर मुलुकले पनि ठूलो क्षति व्यहोरिरहेको उनी बताउँछन् ।

‘पहिले वृद्धवृद्धा जोखिममा थिए । यसपटक युवा वर्ग जोखिममा देखिनु मुलुकको भविष्यका निम्ति पनि चिन्ताको कुरा हो’, ।

पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी पनि कोरोना महामारीले डढेलोकै रूप लिइसकेको बताउँछन् । महामारीले डढेलोको रूप लिनुमा लापरबाहीलाई प्रमुख कारण मान्ने उनी प्रधानमन्त्री केपी शर्मा ओलीको भने बचाउ गर्छन् ।

‘प्रधानमन्त्री सूक्ष्म रुपमा काम गरिरहनुभएको छ । रातको १२ बजेसम्म निदाउनु हुन्न । यसरी सबैले ध्यान दिएका थियौं भने अहिलेको अवस्था नआउन सक्थ्यो’, प्रधानमन्त्री निकट रहेका अधिकारी भन्छन् ।

नेकपा माओवादी केन्द्र स्थायी कमिटी सदस्य हरिबोल गजुरेल भने अधिकारीको दावीसँग सहमत छैनन् । महामारीले भयावह रूप लिनुमा वर्तमान सरकारको अक्षमतालाई प्रमुख कारण मान्छन् । ‘महामारी विरुद्ध लड्न सबैको विश्वास जितेर प्रधानमन्त्रीले नेतृत्वदायी भूमिका लिनुपर्ने हो । तर, उहाँ उल्टो बाटोमा हुनुहुन्छ’, गजुरेल भन्छन् ।

अर्थात् मुलुक महामारीको भयावह आँखै अगाडि देखिरहेका दलका नेताहरू संकट निरुपणबारे एकजुट छैनन् । ‘महामारी हिजोको आजै बढेको होइन । रोकथाम गर्नलाई समय पनि मिलेको हो । तर प्रधानमन्त्रीकै कारण त्यो अवसर सदुपयोग हुन सकेन’, नेपाली कांग्रेसका केन्द्रीय सदस्य भन्छन् ।

राजनीतिक घटनाक्रम र गतिविधिले पनि मुलुकको नेतृत्वदायी भूमिकामा रहेका दलहरूको प्राथमिकता अहिले कोरोना विरुद्धको लडाइँ नभएर सत्ता केन्द्रित रहेको प्रमाणित हुन्छ ।

जस्तो कि २७ वैशाखमा प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाइएको छ । यो अधिवेशन कोरोना विरुद्ध दलहरूबीच राष्ट्रिय संकल्प जुटाउनका निम्ति होइन । बरू, यो सरकारलाई निरन्तरता दिने वा नयाँ सरकार निर्माणको ढोका खोल्ने भन्ने निर्क्याेल गर्नका लागि हो । जबकि, स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दै नागरिकलाई भने सामाजिक दूरी कायम गर्न आदेश जारी गरेको छ र पालना नगरे संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाहीको चेतावनी दिएको छ ।

skynepalnewes

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिमसेनस्थान–मरुटोलमा कपडा कारोबारमाथि गम्भीर प्रश्न : दर्ता, क...

  • August 10, 2026

पेन्सन रोक्ने व्यवस्था सामाजिक न्यायविपरीत : डा. गंगा लक्ष्मी ...

  • August 10, 2026

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

  • August 10, 2026

प्रतिनिधि सभा बैठक बस्दै, चार विधेयक प्रस्तुत हुने

  • August 10, 2026

कोशी साहित्य-कला परिषद् नेपालको साधरण सभाले केशु विरहीलाई चुन्...

  • August 10, 2026

प्रमाणपत्रसँगै समस्या समाधान गर्ने सीप बोकेर व्यावसायिक यात्रा...

  • August 9, 2026

सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएकी गायिका सत्यकलाकाे राजन...

  • August 9, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved