एन प्याब्सन झापाको सातौ जिल्ला अधिवेशन सम्पन्न : अध्यक्ष प्रेम लिम्बू चयन

डिकेन्द्र बस्नेत, झापा / राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएन नेपाल (एन प्याब्सन) झापाको सातौ जिल्ला अधिवेशनले प्रेम लिम्वूलाई अध्यक्ष चयन गरेको छ । विर्तामोडमा शनिबार सम्पन्न जिल्ला अधिवेशनले नामविन अग्रेजी स्कूल शिवसताक्षी १ का लिम्वूलाई सर्वसहमतिले जिल्ला अध्यक्ष चयन गरेको हो । यसै गरी एन प्याब्सन जिल्ला कार्यसमितिको उपाध्यक्षद्धयमा ओम विक्रम नेम्वाङ्ग र मोहन […]

एसइई खारेजीले विश्वविद्यालय प्रवेश आधार कमजोर

काठमाडौं । हालको विद्यालय शिक्षा विधेयकमा गरिएको माध्यमिक शिक्षा परीक्षा एसइई खारेजीको व्यवस्थाले समग्र विद्यालय शिक्षालाई नै गुणस्तरहीन बनाई विश्वविद्यालयको प्रवेश आधार कमजोर बनाउने भएकाले विधेयक विवादित बनेको छ। एसइई खारेजीको सरकारी विद्यालयका शिक्षकले नै विरोध जनाएका छन्। सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न र विद्यार्थीको सिकाइ स्तर वृद्धि गर्न एसइई परीक्षा प्रदेशस्तरमा अनिवार्य सञ्चालन […]

राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले आन्दोलन जारी राख्ने

काठमाडौँ । राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले आन्दोलन जारी राख्ने निर्णय गरेका छन् । शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति  र पेन्सन बन्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन् । विज्ञप्तिमा आइतबारदेखि आन्दोलनलाई थप सशक्त बनाउने निर्णय भएको जनाइएको छ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले जारी […]

आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता हुने

काठमाडौँ । आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता हुने भएको छ ।  बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएपछि आज पुनः वार्ता हुन लागेको हो । वार्ता बिहान ९ बजे सुरु हुने बताइएको छ ।  हिजोको वार्तामा दुई पक्षबीच  बुँदागत रूपमा छलफल भएको र वार्ता सकारात्मक भएकोले आज सहमति […]

आज पनि शिक्षकहरुले आन्दाेलन जारी राख्ने, देशभरकाे स्कुलहरु बन्द रहँदा पठनपाठन ठप्प

काठमाडौँ  । सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएपछि जारी आन्दोलनले आज पनि निरन्तरता पाउने भएको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएको थियो । दुई पक्षबीचको वार्तामा बुँदागत रूपमा छलफल भएको भन्दै कानुनमन्त्री धनराज गुरुङले सकारात्मक  छलफल भएको दाबी गरे । उनले शिक्षकहरूका मागको बारेमा आज फेरि […]

सर्भेक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नम्वर १४८५६–१४८५७/०७८–७९ (खुला/समावेशी) इन्जिनियरिङ, सेवा, सर्भे समूह, सर्भेक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । ठुली भेरी नगरपालिकाको कार्यालय, डोल्पाछार्का ताङसोङ गाउँपालिका, डोल्पाआन्तरिक राजस्व नेपालगंज बाँके लोक सेवा आयोग, केन्द्रीय कार्यालयले आज सूचना जारी गरी नतिजा प्रकाशन गरिएको जानकारी दिएको हो । आयोगले जारी गरेको सूचनामा […]

शिक्षक आन्दाेलनले आजबाट देशभरकाे स्कुलहरु बन्द

काठमाडौँ । शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ।  विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो। नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन्। हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो। आजदेखि […]

स्कुल ताला लगाएर शिक्षक आन्दाेलनमा

काठमाडौँ । संसदमा पेस भएको शिक्षा विधेयक हुबहु पारित नगर्न माग गर्दै नेपाल शिक्षक महासंघले बुधबार गरेको र्‍यालीमा हजारौँ शिक्षक सहभागी बनेका छन्। महासंघले बुधबार माइतीघर मण्डलादेखि सुरु गरेको  र्‍यालीले माइतीघरदेखि  बानेश्वरसम्म यातायात ठप्प भएका थिए। र्‍यालीमा मुलुकभरका शिक्षक सहभागी बनेका छन्। विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का प्रावधानको विरोध […]

विद्यालय शिक्षासम्बन्धी विधेयकमा बोर्डको असन्तुष्टि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी सङ्घ–सङ्गठनले संसद्मा पुगेको विद्यालय शिक्षासम्बन्धी विधेयकले बोर्डको स्वायत्तता र कार्यरत कर्मचारीको हक हितमा असर पार्ने भन्दै असन्तुष्टि जनाएका छन् । नेपाल सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ गत भदौ २७ गते सङ्घीय संसदमा दर्ता गरेको थियो । उक्त विधेयकमा राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धमा विद्यमान […]

अरुणोदय मा.वि. ले सांगीतिक कार्यक्रमहरुका साथ मनायो बालदिवश

हिमांशु राय ,मोरङ- बेलबारी । आज भदौ २९ अर्थात ५९ बालदिवस को अवसर पारेर पथरीशनिश्चरे वडा नं १० मा रहेको अरुणोदय मा वि ले विभित्र सांगीतिक कार्यक्रमहरु गरेर मनाएको छ । कार्यक्रममा गायन तर्फ कक्षा ६ की इसा लिम्बु प्रथम, कक्षा ४ को रुङनीमा राई दोस्रो र कक्षा ६ कै सिसम राई तेस्रो भएका हुन्। […]