Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूलाई १५ कराेडकाे छात्रवृत्ति दिँदै नेक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 16, 2024
6 shares

काठमाडाैं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि १५ कराेड बढीकाे छात्रवृत्ति छुट्याएकाे बताइएकाे छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कलेजले हरेक वर्ष स्नातक तथा स्नातकाेत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई १५ कराेड बढीकाे छात्रवृत्ति प्रदान गरिएकाे जानकारी दिइयाे ।

चाँगुनारायण नगरपालिकाका मेयर समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित नेपाल इन्जिनियरिङ कलेज सञ्चालन समितिका अध्यक्ष जीवन खत्रीले इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीलाई १५ देखि १८ करोड रुपैयाँसम्म छात्रवृत्ति दिने गरेको जानकारी दिनुभयाे । ‘पैसा नभएपनि इन्जिनियरिङ पढ्न भनेर नेपाल इन्जिनियरिङ कलेजमा आएका जेहेन्दार विद्यार्थीले पढ्न पाउँछन् ।’ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि विभिन्न छात्रवृत्तिहरू प्रदान गर्दै आएकाे बताउँदै अध्यक्ष खत्रीले भन्नुभयाे ।

साथै, उहाँले याेग्य विद्यार्थीहरू पैसाका अभावका कारणले नेपाल इन्जिनियरिङ कलेजमा पढ्न पाउँदैन भने त्याे विद्यार्थीलाई चाँगुनारायण नगरपालिकाले पढाउन जिम्मा लिने बताउँदै विद्यार्थीहरूबाट उठेकाे शुल्क कलेज र विद्यार्थीकै वृत्ति विकासमा खर्च गर्ने भएकाले अन्य कलेजहरूकाे तुलनामा कम रहेकाे बताउनु भयाे । ‘याे कतै भागवण्डा हुँदैन, कसैलाई जाँदैन, याे राज्यकाे सम्पत्ति हाे । तपाई हाम्राे सम्पत्ति हाे ।’ अध्यक्ष खत्रीले स्वदेशमै गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्था हुँदाहुँदै लाखाैं खर्च गरेर सानै उमेरका विदेशिनु गलत रहेकाे जिकीर गर्दै भन्नुभयाे,‘प्लस टु पास हुने वित्तिकै विदेश जानु भन्दा पनि दक्ष भएर सीप सिकेर विश्वकाे जुनसुकै बजारमा प्रतिष्पर्धा गर्न सक्ने गरि जानुपर्छ ।’  कलेजले उत्पादन गरेका जनशक्ति विश्वमै प्रतिष्पर्धा गर्न सक्ने दावी गर्नुभयाे ।

पाेखरा विश्वविद्यालयले प्रदान गर्ने १० प्रतिशत छात्रवृत्तिसँगै कलेजले स्थानीय तह (वडा, नगरपालिका) छात्रवृत्ति, प्रादेशिक छात्रवृत्ति, कलेज टपर छात्रवृत्ति, सेमेस्टर टपर छात्रवृत्तिसमेत दिने अध्यक्ष खत्रीले जानकारी दिनुभयाे । कलेजमा विद्यार्थी पढाउन चाँगुनारायण नगरपालिकाले समेत बजेट व्यवस्थापन गर्ने गरेको उहाँकाे भनाइ छ । उहाँले कलेजबाट अध्ययन गरेका विद्यार्थीहरू विश्वका धेरै ठूल्ठूला कम्पनी र कार्यालयहरूमा कार्यरत रहेकाे समेत दावी गर्नुभयाे । नेपाल इन्जिनियरिङ कलेज स्थापनाकाल देखि नै सामुदायिक कलेजका रूपमा सञ्चालनमा रहेकाे पनि जनाउनु भयाे ।

कलेजका प्राचार्य सह प्राध्यापक दुर्गाप्रसाद भण्डारीले तत्कालिन चाँगुनारायण गा.वि.स.ले कलेज सञ्चालनका लागि १७६ राेपनी जग्गा भाेगचलनका लागि उपलब्ध गराएकाेले कलेज चलाउन भाडा तिर्नुपर्ने अवस्था नरहेकाे र कलेज गैरनाफामुलक भएकाेले पनि विद्यार्थीहरूलाई बढी छात्रवृत्ति दिइएकाे, शुल्क कम गरिएकाे बताउनु भयाे ।

पुल्चाेक भन्दा प्राइम कलेज भएकाे भन्दै उहाँले कम शुल्क लिएर पनि कलेजले क्वालिटी एजुकेशन दिइरहेकाे दावी गर्नुभयाे । ‘विद्यार्थीलाई चाहिने वातावरण, पूर्वाधार, ल्याब, अत्याधुनिक पुस्तकालय, पाठ्यक्रम र पाठ्यक्रममा नभएका सीप सिक्ने विषयहरू पनि हामीले दिएका छाैं । पुल्चाेक कलेजकाे विकल्पकाे रूपमा कलेज स्थापना भएकाे हाे ।’  प्राचार्य भण्डारीले बताउनु भयाे ।

विश्वब्यापी रूपमा दक्ष जनशक्ति उत्पादन गर्न साेही अनुसार कलेजमा पाठ्यक्रमहरू रहेकाे, १२३ जना फुल टाइम फ्याकल्टी व्यवस्थापन गरिएकाे, अधिकतम प्रयाेगात्मक शिक्षण विधि अपनाइने गरिएकाे प्राचार्य भण्डारीकाे जिकीर छ ।

साे क्रममा १२ पास गरेलगत्तै विद्यार्थीहरू विदेशिनु चिन्ताको विषय भएको भन्दै  नेपालमै प्राविधिक शिक्षा अन्तर्राष्ट्रियस्तरको भइरहेका बेला पनि विद्यार्थीहरू उच्च शिक्षाका नाममा विदेशिनु सुखद नभएको उहाँकाे भनाइ छ । ‘विदेश पढ्न जानु गलत होइन । तर, अभिभावकको रेखदेख र संरक्षणमा हुर्किएको, हातमा कुनै सीप नभएको र आफ्नो भविष्यबारे ठीक ढंगले सोच्न सक्ने क्षमताको विकास भइसकेको हुँदैन,’ उनले भने, ‘त्यसमाथि नेपालीको आर्थिक अवस्थाका कारण सबै विदेश जाने विद्यार्थीहरू अभिभावककै खर्चमा पढ्न सक्दैनन् ।’

कलेजका सहायक प्राध्यापक यमकृष्ण पौडेलले पोखरा विश्वविद्यालयले केही समय अगाडि मात्रै पाठ्यक्रमहरू समय सापेक्ष संशोधन गरिसकेको बताउँदै कलेजले क्वालिटी एजुकेशनमा कुनै सम्झाैता नगरेकाे बताउनु भयाे । ‘इन्जिनियरिङ विधाका सबै पाठ्यक्रमहरू विश्वव्यापी एकरुपता हुन्छ,’ उनले भने, ‘नेपालमै इन्जिनियरिङ गरेका विद्यार्थीहरू विश्वका धेरै देशहरूमा प्रतिष्ठित कम्पनी र क्षेत्रमा सफलतापूर्वक अगाडि बढिरहेको प्रशस्त उदाहरण छन् ।’ उनका अनुसार इन्जिनियरिङ विधाका विभिन्न विषयमा दशाैं हजार दक्ष जनशक्ति उत्पादन गरिसकेको छ ।

चाँगुनारायण नगरपालिका, भक्तपुरमा रहेको उक्त इन्जिनियरिङ कलेजमा हाल स्नातक तथा स्नातकोत्तर तहका विषयहरूमा अध्ययन/अध्यापन हुँदै आएको छ ।

कलेजले स्नातक तहतर्फ छ वटा विषय र स्नातकोत्तर तहतर्फ चारवटा विषय अध्ययन अध्यापन गराउँदै आएको छ । स्नातक तहमा सिभिल इन्जिनियरिङ (१४४ सिट),  सिभिल एण्ड रुलर इन्जिनियरिङ (४८ सिट),  कम्प्युटर इन्जिनियरिङ (९६ सिट), इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ (४८सिट), इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा (४८ सिट),  सिभिल फर डिप्लोमा होल्डर्स (४८ सिट) कलेजसँग छ । भने, बी. आर्किटेक्टमा ४८ सिट रहेकाे छ ।

स्नातकोत्तर तहतर्फ भने कन्स्ट्रक्सन म्यानेजमेन्ट, इन्टरडिसिप्लिनरी वाटर रिसोर्स म्यानेजमेन्ट,  नेचुरल रिसोर्स म्यानेजमेन्ट र ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टसम्बन्धी अध्यापन हुँदै आएको छ । कलेजमा हरेक वर्ष स्नातक तहमा ४८० जना विद्यार्थी र  स्नातकोत्तर तहमा १५० विद्यार्थीहरू भर्ना हुने गर्छन् । मुनाफारहित सामाजिक शैक्षिक संस्थासमेत रहेको उक्त कलेजसँग करिब २०० रोपनी जग्गामा पूर्वाधार छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved