Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

शिक्षामन्त्रीको स्थानीय तहहरुसँग छलफल: विद्यालय शिक्षा सुधार्न सहकार्य गर्न अपिल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 14, 2024
3 shares

 काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा सुधार गर्न र नयाँ शैक्षिक सत्रमा भर्ना कार्यक्रम प्रभावकारी बनाउन स्थानीय सरकारसँग छलफल थाल्नुभएको छ। पहिलो चरणमा आज दिउँसो ११ बजे ६ वटै महानगरका प्रमुख, उप-प्रमुखहरूसँग छलफल गर्नु भएको हो ।

छलफल कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, विराटनगरपालिकाका मेयर नागेश कोइराला, वीरगन्ज महानगरका मेयर राजेशमान सिंह, काठमाडौँ महानगरकी उप-प्रमुख सुनिता डङ्गोल, भरतपुर महानगरपालिकाका उप-प्रमुख चित्रसेन अधिकारी र पोखरा महानगरकी उप-प्रमुख मञ्जुदेवी गुरुङ सहभागी हुनुहुन्थ्यो । उहाँहरुले आ-आफ्नो महानगरका शिक्षा सम्बन्धी कार्यक्रमहरूको प्रस्तुति राख्नुभएको थियो भने शिक्षामन्त्रीलाई सुझाव पनि दिनुभएको थियो।

भौतिक र अनलाइन दुवै माध्यमबाट भएको छलफलमा महानगरका प्रमुख, उप-प्रमुखहरूले विद्यालयमा पठनपाठनलाई प्रभावकारी बनाउन, निजी विद्यालयको शुल्क अनुगमन गर्न, सामुदायिक विद्यालयहरूको अनुगमन र निरीक्षण र समग्र रूपमा विद्यालय शिक्षा सुधारका समसामयिक विषयमा छलफल भएको थियो।

मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई नयाँ भर्ना, शिक्षक तथा स्रोत व्यवस्थापनका लागि शिक्षा मन्त्रालयबाट हुनुपर्ने सहयोगबारे चासो राख्नुभएको थियो। ‘म तपाईँहरुसँग सिक्न चाहन्छु र सहकार्य गर्न चाहन्छु। शिक्षा सुधारमा सफलता हासिल गर्न तिनै तहका सरकारको सहकार्य अति आवश्यक छ। हामी कसरी एकअर्काबाट सिक्न सक्छौं र अन्य पालिकाहरुमा पनि उत्कृष्ट अभ्यासहरू विस्तार गर्न सक्छौं भनेर अझ छलफल गर्नुपर्छ।’- मन्त्री श्रेष्ठले भन्नुभयो। चरणबद्ध रूपमा तीनै तहका सरकारबीच सहकार्य बैठक गर्ने र अर्को चरणमा प्रदेश सरकारहरू र अन्य पालिकाहरूसँग बैठक गर्ने उहाँले बताउनुभयो।

बैठकमा ललितपुरका मेयर चिरीबाबु महर्जनले पूर्वमन्त्रीहरुका असल कामहरूलाई निरन्तरता दिन शिक्षामन्त्रीलाई सुझाव दिनुभएको थियो। सहभागीहरूले मुख्यतः सामुदायिक विद्यालयहरूमा शिक्षकको दरबन्दी व्यवस्थापन, विद्यार्थीहरूको खाजाको गुणस्तर र छात्रवृत्ति, विद्यालयको संरचनात्मक सुधार, शिक्षकहरूको गुणस्तर र मनोबल वृद्धि, विद्यालयमा हुने दलीय राजनीतिको अन्त्यका लागि सहकार्य लगायतका विषयमा आफ्नो धारणा राखेका थिए।

वीरगन्जका महानगरप्रमुख राजेशमान सिंहले शिक्षक दरबन्दी बढाउनुपर्ने बताउनुभयो भने विराटनगरका महानगरप्रमुख नागेश कोइरालाले अभिभावक शिक्षामा जोड दिनुपर्ने र शिक्षकहरुले राजनीति दलमा संलग्न हुन नहुने बताउनुभयो। यस्तै काठमाडौँ महानगरकी उप-प्रमुख सुनिता डङ्गोलले सबै पालिकाहरूले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो भने भरतपुर महानगरका उप-प्रमुख चित्रसेन अधिकारीले संस्थागत विद्यालयहरूमा १० प्रतिशत छात्रवृत्तिको प्रावधान कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो। पोखरा महानगरकी उप-प्रमुख मञ्जुदेवी गुरुङले छात्रवृत्ति र शुल्क अनुगमनकोलागि संघीय शिक्षा मन्त्रालयले पहल लिनुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved