Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 23, 2026
4.3KShares

मकवानपुर । बागमती प्रदेश सरकारले गत आर्थिक वर्षमा ४४ वटा सडक पुल निर्माण सम्पन्न गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार सो अवधिमा मन्त्रालयअन्तर्गत विनियोजित कुल बजेटको ६३.४० प्रतिशत खर्च भएको छ। मन्त्रालयका प्रवक्ता मदनकुमार आले मगरले पूर्वाधार विकासका विभिन्न आयोजनामा उल्लेखनीय प्रगति हासिल भएको जानकारी दिए।

मन्त्रालयका अनुसार आर्थिक वर्षभर १३६.६६ किलोमिटर ग्राभेल सडक स्तरोन्नति, २३१.३१ किलोमिटर कालोपत्रे तथा ढलान सडक निर्माण, छ वटा झोलुङ्गे (पैदलयात्री) पुल, १७ सरकारी भवन, १०२ सामुदायिक भवन तथा १७ उद्यान निर्माण सम्पन्न गरिएको छ। साथै विभिन्न ९४० कार्यक्रममार्फत आवास निर्माणसम्बन्धी कार्यसमेत सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

यस्तै, मन्त्रालयअन्तर्गत रहेका ४१ वटा रुग्ण आयोजनामध्ये सात वटा आयोजना सम्पन्न भइसकेका छन्। थप २३ वटा आयोजनाको निर्माण कार्य पुनः सुचारु गरी कार्यसम्पादनलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ।

बाँकी ११ वटा आयोजनाको निर्माण कार्य अघि बढाउन आवश्यक समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। निर्माणमा ढिलाइ गर्ने चार वटा आयोजनामा भने हर्जाना लगाई कारबाही प्रक्रिया अघि बढाइएको मन्त्रालयको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved