Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सिभिल सहकारी पीडितको चेतावनी: सर्वोच्चको अन्तरिम आदेशले हजारौँ बचतकर्ताको सम्पत्ति डुब्ने जोखिम, सरकार र न्यायालयको तत्काल हस्तक्षेपको माग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 25, 2026
3.4K shares

काठमाडौं। सिभिल सहकारीका पीडित बचतकर्ताहरूले सर्वोच्च अदालतको अन्तरिम आदेश र सरकारी निकायको निष्क्रियताका कारण आफूहरूको बचत रकम फिर्ता हुने अन्तिम आधारसमेत गुम्ने खतरा उत्पन्न भएको भन्दै सरकार, न्यायपालिका र सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन्। पत्रकार सम्मेलनमार्फत जारी प्रेस वक्तव्यमा उनीहरूले सर्वोच्च अदालतको आदेश र त्यसपछिको न्यायिक प्रक्रियाप्रति गम्भीर असन्तुष्टि जनाउँदै यसले हजारौँ बचतकर्तामाथि थप अन्याय भएको दाबी गरेका छन्।

पीडितहरूका अनुसार सिभिल सहकारीको ५१ प्रतिशत लगानीमा स्थापना भएको सुन्धारास्थित सिभिल बिजिनेस कम्प्लेक्स (सिभिल मल) सहकारीको प्रमुख सम्पत्ति भए पनि त्यसबाट उठ्ने मासिक भाडा तथा अन्य आम्दानी वर्षौंदेखि सहकारीले प्राप्त गर्न सकेको छैन। लालकाजी गुरुङ, मिना गुरुङ र इच्छाराज तामाङलगायतले योजनाबद्ध रूपमा उक्त सम्पत्तिको आम्दानी कब्जामा राख्दा सहकारी आर्थिक रूपमा टाट पल्टिएको र बचतकर्तालाई रकम फिर्ता गर्न नसकेको आरोप उनीहरूको छ।

प्रेस वक्तव्यअनुसार २०६६/६७ सालदेखि बचत रकम फिर्ता नपाएका पीडितको संख्या २ हजारभन्दा बढी पुगेको छ। तीमध्ये १,६८२ जनाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा जाहेरी दिएका छन्, जसको दाबी गरिएको बिगो रकम १ अर्ब ९२ करोड रुपैयाँभन्दा बढी रहेको उल्लेख छ। पीडितहरूले अधिकांश बचतकर्ता ज्येष्ठ नागरिक रहेको, उपचार खर्चसमेत जुटाउन नसक्दा मानसिक तनाव, डिप्रेसन, क्यान्सर, मिर्गौला रोग, स्ट्रोकलगायतका समस्याबाट ग्रस्त भएको र २०७५ सालयता २० जनाभन्दा बढी बचतकर्ताको मृत्यु भइसकेको दाबी गरेका छन्।

पीडितहरूले २०८३ वैशाख ४ गते मिना गुरुङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि तीन दिनपछि न्यायाधीश सारंगा सुवेदीको एकल इजलासबाट जारी अन्तरिम आदेशका कारण सिभिल मलमा रहेको सहकारीको ५० प्रतिशत हिस्सा तथा त्यसबाट प्राप्त हुने आम्दानी रोकिएको आरोप लगाएका छन्। उक्त आदेशपछि आफूहरूले प्रधानन्यायाधीश, सम्बन्धित न्यायिक अधिकारी तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ हुन नसकेको, मुद्दा पटक–पटक ‘हेर्न नमिल्ने’ वा ‘हेर्न नभ्याइने’ इजलासमा परेर अनावश्यक रूपमा लम्ब्याइएको उनीहरूको गुनासो छ।

पीडितहरूले काठमाडौं जिल्ला अदालतमा विचाराधीन सिभिल सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाको आगामी साउन १८ गते तोकिएको पेशीलाई समेत निर्णायक रूपमा हेरेका छन्। सर्वोच्च अदालतको अन्तरिम आदेश कायम रहेमा सहकारीको सबैभन्दा मूल्यवान् सम्पत्ति बचतकर्ताको पहुँचबाट बाहिर जाने र अन्य सम्पत्ति बैंक तथा वित्तीय संस्थाको धितोमा रहेकाले लिलामी प्रक्रियामा जाने अवस्था सिर्जना हुने उनीहरूको भनाइ छ। यस्तो अवस्थामा वर्षौँदेखि न्यायको प्रतीक्षामा रहेका हजारौँ बचतकर्ता पूर्ण रूपमा पीडित बन्ने, सामाजिक असन्तोष बढ्ने र आत्महत्या, आत्मदाह तथा हिंसाजन्य घटना समेत हुन सक्ने चेतावनी दिँदै उनीहरूले सरकार, न्यायपालिका र सम्बन्धित निकायलाई बचतकर्ताको हित संरक्षण गर्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved