प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ५१ लाख सहयोग

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कम्पनीले उक्त रकम सहयोग गरेको हो। २०८३ साल भदौ १६ गते अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष संझना अर्याल, सञ्चालक […]

बाढीपिडिलाई राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल मकवानपुरले ३ लाख सहयाेग गर्ने

हेटाैंडा।  राजनीतिक, सामाजिक तथा प्राकृतिक विपद्को घडीमा मानवीय सहायता प्रदान गर्ने उद्देश्यले राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, मकवानपुर शाखाले रसुवाका बाढीपीडितका लागि आर्थिक सहयोगको घोषणा गरेको छ। हेटौंडामा आयोजित कार्यक्रममार्फत महासंघले प्रभावित परिवारको राहत तथा उद्धारका लागि रु. ३ लाख सहयोग गर्ने निर्णय सार्वजनिक गरेको हो। महासंघका मकवानपुर शाखा अध्यक्ष नवराज घलानले विपद्को यस कठिन समयमा […]

भोटेकोशी बाढीको पीडामा राजनीति : सरकारलाई प्रश्न गर्ने नेताहरू आफैं कति मैदानमा उत्रिए? तिनका याेगदान के??

दिपेश श्रेष्ठ, काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीले देशलाई शोकमा डुबाएका बेला सुरक्षा निकायका हजारौँ जनशक्ति, स्वास्थ्यकर्मी, स्थानीय स्वयंसेवक र उद्धारकर्मीहरू जोखिम मोलेर प्रभावित क्षेत्रमा खटिए। बाढी आएको केही घण्टाभित्रै सरकारले सुरक्षा निकाय परिचालन, हेलिकोप्टरमार्फत उद्धार, घाइतेको निःशुल्क उपचार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न निर्णय गरेको सार्वजनिक विवरण छ। निजी क्षेत्रका २९ र नेपाली सेनाका […]

बाढीपीडितको उद्धारमा राष्ट्रिय एकताको आह्वान, मलंगवाबाट रसुवातर्फ राहत सामग्री प्रस्थान

सर्लाही । देशका विभिन्न क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि पीडितको राहत तथा उद्धारका लागि देशभर सहयोग अभियान तीव्र बनेको छ। यसैक्रममा मुस्लिम शान्ति समाज, सर्लाहीको पहलमा मलंगवा लगायतका स्थानबाट संकलित राहत सामग्री रसुवाका बाढीपीडितका लागि पठाइएको छ। राहत सामग्री बोकेको गाडी रसुवातर्फ पठाउने क्रममा आयोजित बिदाइ कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष […]

भोटेकोशी बाढीपीडितका लागि नवलपरासी ख्रीष्टियन समाजको उदाहरणीय सहयोग

परासी । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नवलपरासी ख्रीष्टियन समाजले ४ लाख ६८ हजार ९२० रुपैयाँ सहयोग गरेको छ। भदौ १० गते रसुवा, नुवाकोट, त्रिशूली, धादिङलगायत क्षेत्रमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि पीडित परिवारको राहत तथा पुनःस्थापनाका लागि समाजले आर्थिक सहयोग संकलन गरेको हो। […]

राहत कोषमा ५ अर्ब भन्दा बढी रकम जम्मा भएको छ

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५ अर्ब भन्दा बढी रकम जम्मा भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार सार्वजनिक गरेको विवरण अनुसार कोषमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३ सय ६९ रुपैयाँ जिम्मा भएको हो । सरकारले सहयोगको पारदर्शी उपयोग र सही व्यवस्थापनका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मात्रै रकम […]

नदीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ

काठमाडौँ । धादिङमा नदीले बगाएर ल्याएको सेफ (तिजोरी) फोडेर रकम निकाल्ने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ। बाढी तथा विपद्को मौका छोपेर सेफ फुटाई नगद रकम निकालिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नियन्त्रणमा परेकाहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद भएको छ। […]

बाढी प्रभावित बेत्रावती र स्याफ्रुबेँसीमा सुन्दरढोका साथी सेवाको राहत टोली, खाद्यान्न र सरसफाइ सामग्री वितरण

रसुवा । बाढीबाट प्रभावित रसुवाको बेत्रावती र स्याफ्रुबेँसी क्षेत्रमा सुन्दरढोका साथी सेवाको राहत टोली पुगेको छ। टोलीले विपद्बाट प्रभावित तथा तत्काल सहयोग आवश्यक भएका परिवारलाई खाद्यान्नलगायत अत्यावश्यक सामग्री र सरसफाइका किट वितरण गरेको जनाएको छ। संस्थाका अनुसार प्रभावित क्षेत्रको अवस्था अझै अत्यन्तै गम्भीर रहेको छ। राहत टोलीले प्रभावित समुदायमा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाए […]

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगी मुद्दामा दोषी ठहर

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सहकारी ठगीको आरोपमा मुद्दा खेपिरहेका एमालेका पूर्वसांसद इच्छाराज तामाङसहित १७ जनालाई ठगी कसुरमा दोषी ठहर गरेको छ। न्यायाधीश कृतबहादुर बोहराको इजलासले तामाङसहित दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन, हरिहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर (कंसाकार), नगेन्द्र विमली, रामराज मास्के, हरिप्रसाद रिसाल, सिर्जना […]

रसुवा बाढीपीडितका लागि चाँगुनारायण नगरपालिकाको ५० लाख ३५ हजार सहयोग

भक्तपुर । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि चाँगुनारायण नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख ३५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाले विपद्को यस कठिन घडीमा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै उक्त सहयोग रकम प्रदान गर्ने निर्णय गरेको हो। नगरपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट १० […]