Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नबिल बैंकको १५.८० प्रतिशत लाभांश पारित, बोनस सेयरपछि चुक्ता पुँजी ३३ अर्ब ४० करोड नाघ्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 9, 2026
3.7KShares

काठमाडौँ । नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले सेयरधनीलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट पाँच प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।

साधारणसभाले अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीका लागि आठ प्रतिशत लाभांश दिने प्रस्तावसमेत पारित गरेको छ। सञ्चालक समितिको सिफारिस तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट साधारण सेयरधनीलाई उक्त लाभांश वितरण गरिने बैंकले जनाएको छ।

बैंकका अनुसार प्रस्तावित बोनस सेयर वितरणपछि नबिल बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुग्नेछ। बैंकले आर्थिक वर्ष २०८२/८३ मा सात अर्ब ९१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ। स्थापनाकालको तुलनामा बैंकको चुक्ता पुँजी ९६० गुणाले वृद्धि भएको पनि बैंकले उल्लेख गरेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप परिचालन र कर्जा प्रवाहमा समेत वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप दायित्व ६९ अर्ब ६७ करोड रुपैयाँ अर्थात् १३.०६ प्रतिशतले बढेर छ खर्ब दुई अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा तथा सापटी ५१ अर्ब ६८ करोड रुपैयाँ अर्थात् १२.१५ प्रतिशतले वृद्धि भई चार खर्ब ७६ अर्ब ८७ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।

यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा बैंकको वासलातको आकार १५.३८ प्रतिशतले वृद्धि भई सात खर्ब ३४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। बैंकले वित्तीय कारोबार विस्तारसँगै संस्थागत सुशासन, ग्राहक सन्तुष्टि र आधुनिक बैंकिङ सेवालाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले बैंकले देश, समाज, सेयरधनी, ग्राहक, नियमनकारी निकाय, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालाको अधिकार र चासोलाई सम्मान गर्दै सन्तुलित ढङ्गले काम गरिरहेको बताए। उनले बैंकिङ सेवालाई आधुनिकीकरण तथा विस्तार गर्नुका साथै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि बैंक सक्रिय रहेको उल्लेख गरे।

सभाको उद्घाटन कार्यक्रममा पहिलोपटक मौलिक संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यसहित सांस्कृतिक प्रस्तुति पनि समावेश गरिएको थियो। साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई निर्विरोध निर्वाचित गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

ढुङ्गे–त्रिशूली झोलुङ्गे पुल र सडक सम्पर्क टुट्दा बिरामीले भोग...

  • October 25, 2026

बालेन शाह नेपालकै पाँच ‘सुपर भाग्यमानी’ प्रधानमन्त्रीमध्ये एक ...

  • October 25, 2026

‘६० जनाबाट सुरु भएको जनयुद्धले देशलाई गणतन्त्रमा पुर्‍यायो’ : ...

  • October 25, 2026

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न, भाषा र संस...

  • October 25, 2026

माैसम : देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

  • October 25, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved