Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

देउवा पक्षमा ठूलो पहिरो, ३१ नेता गगन थापा नेतृत्वको कार्यसमितिमा समाहित हुँदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 17, 2026
3K shares

काठमाडौं । नेपाली कांग्रेसभित्रको आधिकारिकता विवाद र आन्तरिक शक्ति संघर्ष नयाँ चरणमा प्रवेश गरेको छ। पार्टीको १५औँ महाधिवेशनलाई लिएर सभापति गगन थापा नेतृत्वको संस्थापन पक्ष र पूर्वसभापति शेरबहादुर देउवा पक्षले फरक–फरक कार्यतालिकासहित अघि बढेपछि विवाद थप पेचिलो बनेको हो।

संस्थापन पक्षले असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ। कांग्रेसको आधिकारिक निर्वाचन कार्यतालिकाअनुसार पनि १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने तय भएको छ।

उता पूर्वसभापति देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेर मंसिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेको छ। देउवा पक्षले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेता–कार्यकर्तालाई आग्रह गरेको छ।

यहीबीच कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले देउवा नेतृत्वको अघिल्लो कार्यसमितिमा रहेका तर विशेष महाधिवेशनपछि नयाँ कार्यसमितिमा समेटिन नसकेका नेताहरूलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने निर्णय गरेको छ। यस निर्णयसँगै देउवा पक्षका ठूलो संख्यामा रहेका नेताहरू संस्थापन पक्षमा समाहित हुने बाटो खुलेको हो।

समायोजनको निर्णयपछि पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ सहित देउवा नेतृत्वको अघिल्लो कार्यसमितिमा रहेका करिब ३१ जना नेता गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिमा सहभागी हुने भएका छन्। उनीहरूले यसअघि दुवै पक्षलाई सहमतिमा ल्याउन महाधिवेशनको कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्न आग्रह गरेका थिए।

संस्थापन पक्षमा समाहित हुने नेताहरूमा महालक्ष्मी उपाध्याय ‘डिना’, सुरेन्द्रराज पाण्डे, इन्द्रबहादुर बानियाँ, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, श्याम घिमिरे, ईश्वरी न्यौपाने, सीता गुरुङलगायत छन्। उनीहरूसहित तत्कालीन कार्यसमितिका अन्य सदस्यसमेत समायोजन प्रक्रियामा सहभागी हुने बताइएको छ।

नेता श्याम घिमिरेका अनुसार विज्ञप्तिमा हस्ताक्षर गर्ने नेताहरू मात्रै नभई अन्य नेतासमेत सम्पर्कमा रहेकाले तत्कालीन कार्यसमितिका करिब ४० जना सदस्य संस्थापन पक्षको कार्यसमितिमा सहभागी हुन सक्ने अवस्था छ।

देउवा पक्षबाट नेताहरू बाहिरिन थालेपछि १४औँ महाधिवेशनको पुरानो समीकरणमा समेत ठूलो परिवर्तन आएको देखिन्छ। १४औँ महाधिवेशनमा देउवा समूहबाट उपसभापति पूर्णबहादुर खड्कासहित आठ जना पदाधिकारी निर्वाचित भएका थिए। तर पछिल्लो समय तीमध्ये अधिकांश नेताहरू फरक धारमा पुगेका छन्।

कांग्रेसभित्रको पछिल्लो समीकरणमा पूर्वसहमहामन्त्री डिना, सुरेन्द्रराज पाण्डे, इन्द्रबहादुर बानियाँलगायतका नेताहरू संस्थापन पक्षमा समाहित हुने निर्णयले देउवा पक्षको सांगठनिक आधारमा असर परेको देखिएको छ। यसअघि नै केही नेताहरू संस्थापन पक्षमा गइसकेका थिए।

यसैबीच पूर्वसभापति देउवाले मंगलबार सातबुँदे अपिल जारी गर्दै असोज ३ गतेदेखि सुरु हुने महाधिवेशन प्रक्रियामा सहभागी नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको अन्तिम निरूपणअघि महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि, विधान र कानुनी सिद्धान्तविपरीत हुने उनको जिकिर छ।

देउवाले आफू १४औँ महाधिवेशनबाट निर्वाचित सभापति भएकाले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने वैधानिक, राजनीतिक तथा नैतिक दायित्व आफूमा रहेको दाबी गर्दै सहमति र सहकार्यबाट महाधिवेशन सम्पन्न गर्न आग्रह गरेका छन्।

यता संस्थापन पक्षले भने महाधिवेशनको तयारी रोक्ने अवस्था नरहेको जनाएको छ। वडा तहको अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको प्रक्रिया अघि बढिरहेको छ। बिहीबार समायोजित नेताहरूसहित बस्ने केन्द्रीय कार्यसमिति बैठकले आगामी महाधिवेशन, सांगठनिक संरचना तथा विवाद समाधानका विषयमा थप निर्णय गर्ने अपेक्षा गरिएको छ।

यसरी कांग्रेसभित्र एकातिर समानान्तर महाधिवेशनको तयारी र अर्कोतिर पुरानो कार्यसमितिका नेताहरूको समायोजनले पार्टीको आन्तरिक शक्ति समीकरणलाई तीव्र रूपमा परिवर्तन गरिरहेको छ। आगामी केन्द्रीय कार्यसमिति बैठक र त्यसपछि अघि बढ्ने महाधिवेशन प्रक्रियाले कांग्रेसभित्रको वैधानिकता तथा नेतृत्वसम्बन्धी विवाद कुन दिशामा जाने भन्ने स्पष्ट पार्नेछ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

व्यवसायीलाई आयकर तथा भ्याटको ई–फाइलिङसम्बन्धी तालिम

  • September 17, 2026

सुनको मूल्य बढ्यो, तोलामा ८ सयले वृद्धि

  • September 17, 2026

दुई महिनामै सरकारको राजस्व संकलन १ खर्ब ८३ अर्ब रुपैयाँ

  • September 17, 2026

राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको कार्यकाल तीन वर्षमा सी...

  • September 17, 2026

सभामुख अर्यालले आज नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रद...

  • September 17, 2026

कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ऊर्जा सचिव दवाडीको सरुवा

  • September 17, 2026

‘मुक्तिनाथ म्युचुअल फण्ड २’ को इकाई बिक्री आजदेखि

  • September 17, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved