गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिए । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए […]
विवादास्पद अभिव्यक्ति फिर्ता लिन वैद्यलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई बागमती प्रदेशसभामा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिई आत्मालोचना गर्न निर्देशन दिएको छ । सांसद वैद्यले प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर आपत्तिजनक अभिव्यक्ति दिएका थिए । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए अनुसार सदनमा संयमता गुमाउन नहुने भन्दै अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न वैद्यलाई निर्देशन दिइएको हो। […]
‘राजनेता केपी ओलीको रक्षार्थ लाखौँ युवा समाप्त हुन तयार छौँ’: रमेश पौडेल

काठमाडौँ । नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्याको धम्की दिने नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यलाई कारबाही किन नगर्ने भन्दै प्रश्न गर्नुभएको छ । उहाँले राजनेता केपी ओलीको रक्षार्थ लाखौँ युवा समाप्त हुन तयार रहेको बताउनुभएको छ । ‘नेपाली काग्रेसका बागमती प्रदेश सभाका सदस्य नरोतम् बैध होसमै थिए भने यस्तो भन्ने […]
वैद्यको अभिव्यक्तिमा अपराधिक मनसाय छ: ज्ञवाली

काठमाडौं । नेपाली कांग्रेसबाट बाग्मती प्रदेश सभाका सदस्य नरोत्तम बैद्यले प्रधानमन्त्री के.पी.शर्मा ओलीलाई हत्या गर्न आँफु नाथुराम गोट्से बन्ने अभिब्यक्ती दिएकोमा अपराधिक मनसाय रहेको नेकपा एमालेको ठहर रहेको छ । शनिबार नेकपा एमालेका पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने बारे दिएको अभिव्यत्तिले अत्यन्त गम्भीर रुपमा लिएको जनाउनु भएको […]
केपी ओलीको रक्षाको लागि जे पनि गर्न तयार छौं : नेता बस्नेत

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र बनाएको हो भनि गंभिर प्रश्न गरेका छन् । शुक्रवार कांग्रेस वाग्मती प्रदेशका सांसद नरोत्तम बैद्यले प्रदेशसभामा बोल्दै आफु प्रधानमन्त्री ओलीलाई मार्न तयार रहेको खुल्ला चुनौति दिए । सांसद वैद्यले माहात्मा गान्धीलाई हत्या गरी मार्ने नाथुराम गोड्सेले […]
नवनियुक्त मन्त्री थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । सरकारले प्रायः सञ्चार मन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ । थापा बिहीवार नै सञ्चार मन्त्रीमा नियुक्त हुनुभएको हो । […]
आफु छनौटमा नपरेपनी नेता महेश बस्नेतले दिए नवनियुक्त मन्त्रिहरुलाई शुभकामना

काठमाडौ । नेकपा एमालेका नेता महेश बस्नेतले आफू मन्त्री पदमा नियुक्ति नभएपछि सामाजिक संजालमा एउटा लामो स्टाटस लेख्दै भनेका छन् । मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठुलो बिषय कहिले बनेन् । पार्टी नीति, नेतृत्व र निर्देशन सदैव पालना गरेर अगाडि बढेको छु। परिभाषित काममा सदैव आफ्नो दक्षता देखाएको छु। पार्टी भित्र मात्र होइन बाहिरका मान्छेलाई […]
काठमाडौंमा कुर्सिको भाकल,प्रदेशमा सांसदको बलि ,मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले काठमाडौंमा गरिने भाकलका आधारमा प्रदेशहरूमा सांसदको बलि चढाउने गरिएको बताएका छन् । प्रदेशसभामा विश्वासको प्रस्तावमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री गुरुङले कुन प्रदेशमा कसको बलि चढाउने भनेर काठमाडौंमा भाकल हुने र प्रदेशमा सोही अनुसारको बलि चढाउने गरिएको बताए । उनले गण्डकी प्रदेशमा त्यस प्रकारको नियति […]
माधव नेपाल पक्षका प्रदेश १७ सदस्यलाई २४ घण्टे वारनीङ

जेष्ठ – सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै केपी ओली पक्षीय नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले झलनाथ खनाल – माधव नेपाल समूहका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएको भन्दै एमाले प्रदेश कमिटीले १७ जनालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको प्रदेश कमिटी अध्यक्ष कर्ण […]
केपि ओलीकाे लागि धरहराबाट हामफाल्न समेत पछिपर्दिन भन्ने बस्नेतले पाएनन् गृहमन्त्री- भए रुष्ट अब गुठपरिवर्तन गर्न सक्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनका विश्वासपात्र भनिएका महेश बस्नेत रुष्ट भएका छन् । गृहमन्त्रीको दौडमा रहेका बस्नेतलाई रोकेपछि रुष्ट भएका हुन् । बस्नेतले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीका केही सल्लाहकारका कारण रोकेको भन्दै गुट परिवर्तनसम्मको चेतावनी दिएका छन् । उनले विष्णु रिमाल र राजन भट्टराईलाई उचित समयमा देखाइदिने चेतावनी समेत दिएको बुझिएको छ […]
