काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सरकारले प्रायः सञ्चार मन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ । थापा बिहीवार नै सञ्चार मन्त्रीमा नियुक्त हुनुभएको हो । प्रधानमन्त्री ओलीले बिहीवार सात मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।










