भट्टराईले पत्नी हिसिला यामीलाई मन्त्री बनाउन खोज्दा पार्टीमा भाडभैलो

काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पक्षका नेतालाई समेत मन्त्री बनाउने तयारीमा छन्। भट्टराईले केहि मन्त्रालय आफ्नो भागमा मागेका छन्। जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भट्टराईले केहि मन्त्रालय मागेको स्रोतले स्रोतका अनुसार भट्टराईले २ मन्त्रालय मागेका छन्। विशेष स्रोतका अनुसार भट्टराईको भागमा मन्त्रालय परे पत्नी हिसिला यामी मन्त्री बन्ने पक्का […]
एमालेमा नेपालको स्थान रावलले लिने रणनीति

काठमाडौं । नेकपा एमालेभित्रको शक्ति संघर्षमा उपाध्यक्ष भीम रावल निर्णायक शक्ति बनेका छन् । उनले अन्तिम समयमा वरिष्ठ नेता माधवकुमार नेपालको साथ छाडेर पार्टी एकताको पक्षमा भन्दै तेस्रो धार विकास गरेका छन् । ओली र नेपालबीचको शक्ति संघर्षका बीच रावल तेस्रो शक्ति निर्माणमा विस्तारै लागेको खुलेको छ । एमाले एकता पक्षधर भन्दै रावल रणनीतिक ढंगले […]
काँग्रेस सभापतिमा देउवालाई जिताउन प्रचण्ड, नेपाल र यादवको साथ

देउवा प्रधानमन्त्री रहेकाले प्रभावशाली नेताहरु र उनीहरुले चाहेका सांसदलाई मन्त्री बनाएर पक्षमा पार्ने रणनीति समेत देखिएको छ । उनले महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह जस्ता नेताहरुलाई सरकारमा ल्याएर पक्षमा पार्न खोजेको बुझिएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट मन्त्री बनाएर पनि पल्लाभारी बनाउन खोजेका छन् । देउवाले आन्तरिक तयारी गरिरहेपनि उनलाई गठबन्धनभित्रका दलबाट […]
जसपा आधिकारिकताको विवाद आज टुंगो लाग्ने

जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूह छुट्टाछुट्टै बैठक बस्दै अगामी रणनीति तय गर्नमा जुटेका छन् । यादव पक्षले आफूनिकट कार्यकारिणी समितिका सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर आइतबार प्रशिक्षण दिएको छ । संघीय परिषद्का […]
सत्तारुढ गठबन्धनभित्र विवाद सुरु,मन्त्री नियुक्तिबारे कार्यदललाई पत्तो भएन : महामन्त्री पूर्णबहादुर खड्का

सत्तारुढ पाँच दलीय गठबन्धनले सरकार सञ्चालनमा सहजीकरणका लागि भन्दै सात सदस्यीय कार्यदल गठन गरेको थियो । तर, त्यही कार्यदलसँग सामान्य छलफल नै नगरी प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री नियुक्त गरेपछि कार्यदलमा असन्तुष्टि बढेको छ । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित सात सदस्यीय कार्यदललाई थाहै नदिई आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई […]
कुनै हालतमा पनि महाधिवेशन प्रभावित हुँदैन् : प्रवक्ता विश्वप्रकाश शर्मा

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तोकिएको समयमै पार्टीको १४औं महाधिवेशन सम्पन्न हुने विश्वास दिलाएका छन् । अहिले देखिएका विवादहरु पनि शीर्ष तहमा छलफल तथा सहमतिको माध्यमबाट हल गरिने उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानीमा उनले यस्तो बताएका हुन् । प्रस्तुत […]
उमेश श्रेष्ठ बने देउवा सरकारको स्वास्थ्य राज्यमन्त्री

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा […]
गुमेको भुमी फिर्ता गराउनो खोज्नो के पि ओलीको गल्ती थियो? – निरु पाल

नेकपा एमालेकी सांसद निरु पालले आफ्नै सरकार ढाल्ने कम्युनिष्ट आन्दोलका गद्दारहरूलाई बिर्सन नहुने बताएकि छन । हिजो काठमाडौंमा आयोजित युथफोर्स भ्याली कमाण्डर घोषण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आफ्नै सरकार ढाल्ने कम्युनिष्ट आन्दोलका गद्दारहरूबारे इतिहासले समीक्षा गर्ने बताएकि हो । केपी शर्मा ओली नेतृत्वको सरकार ढलाउने हिम्मत कसैको नभएका बेला पार्टीभित्रका गद्दारहरूले धोका दिएका उनको […]
ब्युँझाइयो नेपाल सद्भावना पार्टी

एकताक चर्चामा आएको नेपाल सद्भावना पार्टी ब्युँझाइएको छ। रामकुमार महतो, सिताराम रौनियार, भरत साह, रवीन्द्र चौधरी (राजेश), सत्यनारायण साह, पवन साहलगायतका केही व्यक्तिहरूले निर्वाचन आयोगमा नेपाल सद्भावना पार्टी नाम गरेको दल दर्ता गरेका छन्। आयोगमा उक्त पार्टी १ सय ५५ औ नम्बरमा दर्ता भएको छ। साथै आयोगले उक्त पार्टीलाई पञ्जाछाप चुनाव चिन्ह प्रदान गरेको छ। […]
मन्त्री आवश्यकता २० तर १५६ मन्त्रीको दौडमा ,को कस्ले पड्काउला मन्त्रीपद ?
कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानाथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि उनी गत २९ असारमा पाँचौंपटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका थिए । नियुक्त भएकै दिन देउवाले आफ्नै दलका दुई जना र गठबन्धनमध्येको एक माओवादी केन्द्रका […]
