खोटाङ।खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको कांग्रेस नगर सभापतिमा रमेश कुमार राउतले उम्मेद्वारी घोषणा गरेका छन्। नेपाली कांग्रेस खोटाङको दोश्रो नगर अधिबेशन अन्तर्गत असाेज ९ मा हुने कांग्रेसको नगर अधिबेशनका लागि रमेशले उम्मेद्वारी दिने घोषणा गरेका हुन्।
पेशाले अधिबक्ता रहेका राउत अहिले मंगलटारका निर्वाचित वडाध्यक्ष राउत क्षेत्र नं. १ का क्षेत्रीय सदस्य हुन्। २०६२/०६३ को जनआन्दोलनमा सहभागी भई पाटन संयुक्त क्याम्पसबाट औपचारिक रुपमा राजीनीतिक यात्रा सुरु गरेका राउतले नेविसंघ इकाई सदस्य, सह–सचिव र सचिवसम्मको पद सम्हालेका थिए।

शनिबार सभापतिका उम्मेद्वारी घोषणा गरेका राउतले आफ्नो टिम पनि घोषणा गरेका छन्। उप-सभापतिमा नेविसंघ दिक्तेल क्याम्पस हुंदै स्ववियु सदस्यका उम्मेद्वार, तत्कालिन डिकुवा गाबिसको १५ वर्षे लामो सहायक सचिवको अनुभव बटुलेका तथा नेपाली कांग्रेसमा लामो समययता क्रियाशिल भई राजनीति गरिरहेका दिनेश राई र कांग्रेसका क्रियाशिल नेता तथा समाजसेवी राजापानीका धन बहादुर खड्का रहेको उनले जानकारी दिए।
सचिवमा शिक्षण पेशामा एक दशक बढी जीवन बिताएर कांग्रेसमा क्रियाशिल भई निरन्तर राजनीति गरिरहेका अर्खौलेका केशव श्रेष्ठ र लामो समयदेखी कांग्रेसमा क्रियाशिल नेता तथा यातायात व्यवसायी संघ खोटाङका बरिष्ठ उपाध्यक्ष दुर्छिमका फडिन्द्र राई छन्।
राउतको टिमको सह–सचिवमा नेपाल तरुण दल हलेसी नगर समिती उपाध्यक्ष धितुङका लम्बर राई र दुई पटक क्षेत्रिय प्रतिनिधि भएका तथा तत्कालिन सल्ले गाबिसमा लामो समय सामाजिक परिचालिकाको भूमिका निर्वाह गरेकी जुना राई छन्।यसअघि, २४ भदौमा कांग्रेस नेता चक्र कुमार राईले कांग्रेसको हलेसी नगर सभापतिको उम्मेद्वारी घोषणा गरिसके।










