काठमाडौं । आज दिउसो १ बजे बस्ने गरी बोलाइएको प्रतिनिधि सभाको बैठक पनि सहजै संचालन हुने संभावना देखिदैन ।
आजको संसद बैठक पनि अवरोध गर्ने तयारीमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले छ । एमालेको विरोधका कारण बुधबार तीनपटक सम्म संचालन हुन नसकेर सभामुखले बैठक आजका लागि बोलाएका छन् ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदका हिजो उठाएको विषय निरन्तर जारी राख्ने बताए । ‘सभामुखले जे गरेपनि हुन्छ भन्ने सोचेका छन्, हामी त्यसको निरन्तर प्रतिवाद गर्छौँ,’ भट्टराईले भने । उनले आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आजै शीर्ष नेताहरूसँग बसेर छलफल गरिने बताए ।










