हाम्रो नेपाली हामी नेपालीका संयोजक तथा सामाजिक अभियानता ज्ञानेन्द्र शाहीले स्वागत नेपाल सहित पक्राउ परेका अभियानतालाई तत्काल रिहाइको माग गरेका छन् ।
एमसीसीकाविरुद्ध आन्दोलन गर्दा विमानस्थलबाट पक्राउ परेका स्वागत नेपालसहितका अभियानतालाई तत्काल रिहाइ गर्न उनले माग गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुसमार्फत फातेमा जे सुमारलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जाने समयमा कालो झण्डा देखाउने जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘एमसीसीविरुद्ध विमास्थलबाट स्वागत नेपालसहित पक्राउ परेका अभियानतालाई तत्काल रिहाइ गर ।
अब साथीहरले फातेमा जे सुमारलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ज्यूलाई भेट्न जाने समयमा कालो झण्डा देखाउने छन् र विरोध जनाउने छन् । हामीलाई कहिलेसम्म बन्दी बनाउ छौँ ।’










