नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा शुक्रबार अपरान्ह ४ बजे स्थायी कमिटी बैठक बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

विधान महाधिवेशनलगायत विषयमा छलफल गर्न एमालेले बैठक बोलाएको हो। विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्तावेज तथा व्यवस्थापनको तयारीमा एमाले जुटेको छ।
साथै संसदमा पार्टीका भूमिकाबारे पनि आजको बैठकमा छलफल हुनेछ। एमालेले असोज ४ देखि ६ गतेसम्म विधान महाधिवेशन गर्ने तयारी गरेको छ। विधान महाधिवेशन काठमाडौंमा हुनेछ।










