सकृय राजनितीमा हाेमिएकि पूर्वराष्ट्रपति भण्डारी सार्वजनिक कार्यक्रममा ब्यस्त

काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः प्रवेश गरेकी छन्। पछिल्लो समय उनी निरन्तर सार्वजनिक कार्यक्रमहरूमा देखिन थालेकी छन् भने विभिन्न राजनीतिक भेटघाटहरूलाई पनि तीव्र पारेकी छन्। यही क्रममा भण्डारीले मंगलवार बूढानीलकण्ठ नगरपालिकाको वार्षिक नगर विकास योजना, आर्थिक सर्वेक्षण तथा आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागिता जनाइन्। […]

एकता अभियानसँग हाम्रो कुनै सम्बन्ध छैनः पहिचानवादी मोर्चा

काठमाडौं । ब्रमिम शेर्मा संयोजक रहेको ‘पहिचानवादी एकता अभियान’ले कोशी प्रदेश नाम खारेज गरी किरात प्रदेश राख्नुपर्ने धारणा अघि सारेपछि डा. महेन्द्र लावती संयोजक रहेको ‘पहिचानवादी मोर्चा’ले पहिचानवादी एकता अभियानसँग आफूहरूको कुनै सम्बन्ध नरहेको प्रष्ट पारेको छ । मोर्चाका संघीय सदस्य तथा कार्यालय प्रमुख खगेन्द्र माखिमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पहिचानवादी एकता अभियानसँग […]

घुस्याहा मन्त्री गुप्ताकाे बर्खास्ति सँगै सामान्य प्रशासन मन्त्रीमा भगवतीकाे नियुक्ति

काठमाडौँ । कर्मचारी सरुवामा घुस लिएको आरोपमा चौतर्फी दबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बाध्य भएर सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई राजीनामा गराए। केही दिनदेखि ७८ लाख घुस मागेको र स्वीकार गरेका मन्त्री गुप्तालाई क्याबिनेटमा राखेर सोमबार बैठक चलाएका ओलीले मंगलबार बिहान राजीनामा दिन निर्देशन दिए। सामान्य प्रशासन मन्त्री खाली भएपछि प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति […]

जनगणतन्त्रका लागि सबै कम्युनिस्ट एक भएर संघर्षमा जाऔं : सिपी गजुरेल

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव सिपी गजुरेलले जनगणतन्त्रका लागि नेपालका सबै कम्युनिस्ट पार्टीहरु एकजुट हुन अह्वान गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पार्टीको काठमाडौं जिल्लाले आयोजना गरेको अन्तरक्रियमा गजुरेलले प्रचण्ड–बाबुरामले धोका दिएका कारण क्रान्ति सफल नभएको आरोपसमेत लगाए । काठमाडौं जिल्ला सेक्रेटरी केदार खतिवडाले प्रस्तुत गरेको ‘दलाल संसदीय व्यवस्थाको विकल्पमा संघीय […]

घुस्याहा मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

काठमाडौं । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । उक्त प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राख्दै राजीनामा गर्न निर्देशन दिएपछि अहिले मन्त्री राजीनामा बोकेर मन्त्री गुप्ता बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलीले यसबारेमा हिजो बालुवाटार बोलाएर यसमा संलग्न व्यक्तिहरूबारे पनि गुप्तालाई सोधपुछ गरेका थिए । […]

आज बस्ने संघीय संसद बैठककाे कार्य सूचि यस्ताे छ

काठमाडौं ।आज संघीय संसद् बैठक दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस् […]

प्रचण्डको प्रश्न – ३०० दिनमा कहाँ जोडियो फ्लडलाइट र काहाँ बन्यो र प्याराफिट ?

काठमाडौं। प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा सम्बोधन गर्दै सरकारमाथि तीव्र आलोचना गर्नुभएको छ। उहाँले विशेषगरी कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यप्रति सरकारको गम्भीर उदासीनता र असफलताप्रति प्रश्न उठाउनुभयो। उहाँले स्मरण गराउँदै भन्नुभयो, “मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो। तर, […]

एघार कराेड खर्चिन खाेजिएकाे उपकरण पाँच कराेडमा खरिद, राज्य सञ्चानमा कमजोरी रहेकाे प्रमाणित भयाे : मन्त्री भुपेन्द्र राई

विराटनगर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गत आपूर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्य उपकरण खरिदमा व्यापक अनियमितता गर्ने गरेको आशङ्कालाई बल पुग्ने गरी मन्त्रालयबाटै एक तथ्याङ्क सार्वजनिक भएको छ । कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले आइतबार पत्रकार सम्मेलन गर्दै चालु आर्थिक वर्षमा खरिद गरेको स्वास्थ्य उपकरणहरू विनियोजन गरिएको बजेटभन्दा आधामै खरिद गरेको जानकारी दिँदै विगतमा कमजोरी […]

जनताले नेपालमा महिला प्रधानमन्त्री काे भएकाे चाहन्छन्, बिद्या की रेणु !!

काठमाडौं । नेपालकाे पहिलाे महिला प्रधानमन्त्रीका लागि प्रस्तावित  एकलकाे रुपमा परिचित रेणु दाहाल नामलाई अहिले धुलमुल्याएकाे देखिन्छ। दुई कार्यकाल देशमा महामहिम राष्ट्रपति बनिसकेकि मदन पत्नी  बिद्यादेवी भण्डारी एमालेकाे सकृय राजनितीमा फर्किए सँगै महिला प्रधानमन्त्रीकाे आशा देखिएकि रेणुलाइ धुलमुल्याएकाे हाे। एमाले पार्टी भित्र र काँग्रेस पार्टीमा समेत बिद्या राजनितिमा फर्किएकाे बिषय अपच भईरहेकाे बखतमा  माओवादी लगाएतका […]

संयुक्त जनजागरण सभालाई भव्य बनाउन सर्वसाधारणलाई संघीय गणतान्त्रिक गठबन्धनकाे आह्वान

रौतहट । संघीय गणतान्त्रिक गठबन्धन अन्तर्गत पाँच दलहरूको जिल्ला स्तरीय महत्वपूर्ण बैठक रौतहट जिल्लाको गडुरा स्थित एक कार्यक्रममा सम्पन्न भएको छ। बैठक नेपाल जनजागृति पार्टीका केन्द्रीय अध्यक्ष धुपलाल निषादको प्रमुख आतिथ्यमा तथा नेपाल संघीय समाजवादी पार्टीका जिल्ला इन्चार्ज लक्ष्मी शाहको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकमा पाँचै दलका केन्द्रीय सदस्यहरू, जिल्ला पदाधिकारीहरू र स्थानीय नेता तथा […]