Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

घुस्याहा मन्त्री गुप्ताकाे बर्खास्ति सँगै सामान्य प्रशासन मन्त्रीमा भगवतीकाे नियुक्ति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 15, 2025
3 shares

काठमाडौँ । कर्मचारी सरुवामा घुस लिएको आरोपमा चौतर्फी दबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बाध्य भएर सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई राजीनामा गराए।

केही दिनदेखि ७८ लाख घुस मागेको र स्वीकार गरेका मन्त्री गुप्तालाई क्याबिनेटमा राखेर सोमबार बैठक चलाएका ओलीले मंगलबार बिहान राजीनामा दिन निर्देशन दिए।

सामान्य प्रशासन मन्त्री खाली भएपछि प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले एमालेकी राष्ट्रियसभा सदस्य भगवती न्यौपानलेलाई जिम्मेवारी दिएका छन्। ओली दाहिना हुँदा न्यौपानले तेस्रोपटक अप्रत्यासित रुपमा पद हात पारेकी छन्।

२०७४ सालको स्थानीय तहको चुनावमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी न्यौपानेलाई ओलीले दुई वर्षपछि आलोचना झेलेर गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्य बनाए। मेयरमा कांग्रेसका उदयराज गौलीले ९ हजार ५०५ मत ल्याउँदा न्यौपाने ८ हजार ९९९ मतमै सीमित हुँदा पराजित भएकी थिइन्।

२०७६ माघमा भएको राष्ट्रियसभा चुनावमा तत्कालीन नेकपाका तर्फबाट महिला सदस्यमा उम्मेदवारी दिएकी न्यौपानेले कांग्रेसकी विमला गौचनलाई १ हजार २० मतभारले पराजित गरेर राष्ट्रियसभामा प्रवेश गरेकी थिइन्। परिपक्कहरु आउने सभामा ओलीको भित्रिया भएकैले उनले अवसर पाएको भन्दै पार्टीभित्र र बाहिर आलोचना भएको थियो।

न्यौपानेले ३ हजार ३ सय ६६ र गौचनले २ हजार ३ सय ४० मतभार भएका थिए। स्थानीय तहको चुनाव हारेर बसेकी न्यौपानलेले अप्रत्यासित रुपमा ओलीले राष्ट्रियसभाको उम्मेदवार बनाउँदा उनी आफै आश्चर्यमा परेकी थिइन्।

एमालेले सांसदका लागि दुई पटक समानुपातिकको नाम राख्दासमेत निर्वाचित हुने अवसर गुमाएकी न्यौपानेलाई ओलीले नगर प्रमुख बनाउन चाहेका थिए। तर, त्यहाँ जनताबाट अनुमोदित हुन नसकेपछि स्थानीय तह र प्रदेशसभामा निर्वाचित नेता कार्यकर्ताको मतबाट उनी राष्ट्रियसभाको सदस्यमा निर्वाचित भएकी थिइन्।

प्रतिनिधि सभामा चुनाव हारेका नारायणकाजी श्रेष्ठ न्यौपानेसँगै राष्ट्रियसभामा चुनिँदा चर्को आलोचना भएको थियो।

देवेन्द्र दाहाल भौतिक पूर्वाधारमन्त्री भएपछि एमालेको राष्ट्रियसभा सदस्यको प्रमुख सचेतकको भूमिकामा रहेकी न्यौपानेले गुप्ताको आकस्कि तीतो बहिर्गमनबाट अवसर प्राप्त गरेकी हुन्।

राष्ट्रियसभा सदस्यका रुपमा ६ वर्षमध्ये सात महिना मात्रै कार्यकाल बाँकी रहँदा उनले सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी पाएकी छन्। आउँदो माघसम्म मात्रै कार्यकाल रहेकी न्यौपानेले त्यसपछि अर्को ६ महिना गैरसांसद भए पनि मन्त्रीमा रहन पाउँछिन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved