Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सकृय राजनितीमा हाेमिएकि पूर्वराष्ट्रपति भण्डारी सार्वजनिक कार्यक्रममा ब्यस्त

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 16, 2025
0 shares

काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः प्रवेश गरेकी छन्। पछिल्लो समय उनी निरन्तर सार्वजनिक कार्यक्रमहरूमा देखिन थालेकी छन् भने विभिन्न राजनीतिक भेटघाटहरूलाई पनि तीव्र पारेकी छन्। यही क्रममा भण्डारीले मंगलवार बूढानीलकण्ठ नगरपालिकाको वार्षिक नगर विकास योजना, आर्थिक सर्वेक्षण तथा आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागिता जनाइन्।

उनी बूढानीलकण्ठकै स्थायी बासिन्दा हुन्। त्यस्तै, उनले २०५०, २०५१ र २०५६ सालमा यही क्षेत्रबाट सांसद जितेकी थिइन्। यद्यपि, २०६४ को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसकी सुप्रभा घिमिरेसँग पराजित भएपछि उनले प्रत्यक्ष चुनावमा उम्मेदवारी दिएकी छैनन्। तर हालको सक्रियता एमाले राजनीतिमा उनको पुनरागमनको संकेतका रूपमा हेरिएको छ।

कार्यक्रममा सहभागी हुनुभन्दा अघि उनले हालसालै विभिन्न राजनीतिक दलका नेतासँग लगातार भेटघाट गरिरहेकी छन्। मंगलबार मात्रै उनले पत्रकार सम्मेलन आयोजना गरी आफ्नो नयाँ अभियानबारे जानकारी दिएकी थिइन्।

साथै, भण्डारीले विद्या–मदन भण्डारी ७५ औं जयन्ती मूल व्यवस्थापन समिति गठन गरी देशव्यापी अभियानको थालनी गरेकी छन्। उक्त समितिको संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल रहेका छन्। समितिमा देशैभरबाट नेताकार्यकर्ता समावेश गरिएको छ। यो अभियान ‘मदन भण्डारी फाउण्डेशन’ मार्फत सञ्चालन गरिनेछ।

समितिका अधिकांश सदस्यहरूले विद्यादेवी भण्डारी नेकपा एमालेको नेतृत्वमा फर्कनुपर्ने धारणा राख्दै आएका छन्। यसले एमालेभित्रको भावी नेतृत्वमा समेत बहस सुरु गराएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीपछि नेतृत्वको खोजी भइरहेको एमालेमा भण्डारीको पुनः सक्रियता शक्तिशाली सन्देशका रूपमा हेरिएको छ।

भण्डारी नगरपालिकाकी स्थायी बासिन्दा भएकाले उनलाई कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको मेयर मिठाराम अधिकारीले रातो सूर्यलाई बताए । कार्यक्रममा उपमेयर अनिता लामाले भण्डारीको योगदानको प्रशंसा गरेका थिए।

यससँगै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत वेबसाइट समेत सार्वजनिक गरिएको छ जसमा उनको राजनीतिक यात्रा, राष्ट्रपतिका रूपमा योगदान र भावी योजनाहरू उल्लेख गरिएका छन्।

भण्डारीको यस्तो सक्रियता एमाले मात्रै नभई समग्र नेपाली राजनीतिमा नयाँ तरंग ल्याउने विश्लेषण गरिँदैछ। उनको राजनीतिमा पुनरागमनले नेकपा एमालेभित्र नेतृत्वको प्रतिस्पर्धा र सन्तुलनमा असर पार्ने निश्चित देखिन्छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved