Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जनताले नेपालमा महिला प्रधानमन्त्री काे भएकाे चाहन्छन्, बिद्या की रेणु !!

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 14, 2025

काठमाडौं । नेपालकाे पहिलाे महिला प्रधानमन्त्रीका लागि प्रस्तावित  एकलकाे रुपमा परिचित रेणु दाहाल नामलाई अहिले धुलमुल्याएकाे देखिन्छ।

दुई कार्यकाल देशमा महामहिम राष्ट्रपति बनिसकेकि मदन पत्नी  बिद्यादेवी भण्डारी एमालेकाे सकृय राजनितीमा फर्किए सँगै महिला प्रधानमन्त्रीकाे आशा देखिएकि रेणुलाइ धुलमुल्याएकाे हाे।

एमाले पार्टी भित्र र काँग्रेस पार्टीमा समेत बिद्या राजनितिमा फर्किएकाे बिषय अपच भईरहेकाे बखतमा  माओवादी लगाएतका दलहरु भने एमालेकाे नेतृत्व बिद्याले लिने हाे भने एमालेमाथिकाे जनताकाे बितृष्णा हट्ने र सर्वदलीय एकताकाे संभावना प्रवल छ भनिरहेका छन्।

सामाजिक सञ्जालकर्ता नागरिकहरुले भने एमाले पार्टी ओलिकाे नेतृत्व वा बिद्याकाे, यी दुबै चाहन्नन् किनभने,  दुई कार्यकाल राष्ट्रपति रहँदा समेत जननेता तथा आफ्नाे पति मदन भण्डारीकाे हत्याकाे बिषयमा नबाेल्नु नै जनताकाे नजरबाट बिद्या नादेख बन्नु थियाे।

यस्तै, सामाजिक सञ्जाल प्रयाेगकर्ता दुर्गा क्षेत्री आफ्नाे फेसबुक मार्फत महिला प्रधानमन्त्री बन्न सक्नेमा यिनै दुई महिलालाई यसरी प्रष्ट्याउँछन्,

 

नेपालको राजनीतिक वृत्तमा अहिले पहिलो महिला प्रधानमन्त्रीबारे बहस सुरु भएको छ। यो बहसको केन्द्रमा दुई पात्र छन्—पूर्वराष्ट्रपति विद्या भण्डारी र भरतपुरकी मेयर रेणु दाहाल। खासगरी पूर्वराष्ट्रपति भण्डारीको पुनः सक्रियता र राजनीतिमा संभावित भूमिकाले सन्जाल पिटेको छ।

यसअघि रेणु दाहाललाई पहिलो महिला प्रधानमन्त्रीको एकल सम्भावित उम्मेदवारको रूपमा हेरिँदै आएको थियो। तर अब भण्डारीको प्रवेशसँगै यो प्रतिस्पर्धा दुई ध्रुवीय बनेको छ। यी दुईमध्ये कसको नेतृत्वले मुलुकलाई दीर्घकालीन लाभ दिन सक्छ त?

विद्या भण्डारीलाई मदनको हत्यापछि उनको राजनीतिक ब्याज असुल्न खोज्ने तेस्रो पक्षको बुख्याँचाको रुपमा चित्रण गरिन्छ भने रेणु दाहाललाई सानै उमेर देखि लोकतन्त्र प्राप्ति आन्दोलनमा पेसेवर लडाकु नै भएर हिडेकि क्रान्तिकारी योद्धाको रुपमा चिनिन्छ।

✍️ Durga Kshetri

दुई पटक राष्ट्रपति बन्दा पनि आफ्ना पति मदन भण्डारीको हत्या बारे चासो नलिएकि उनीसँग केपि ओलीको एस म्यान बनेको अनुभव छ। उनले हजारौं सहिदको बलिदानबाट आएको लोकतान्त्रिक संविधानलाई, पुस ५ को आधा रातमा केपि ओलीको सन्काह प्रवृत्ति माथि ल्याप्चे ठोक्दै निर्ममतापुर्वक घाँटी निमोठ्न सहयोग गरेकि थिइन।

संविधानको रक्षा गर्न सडकमा उत्रिएको माओवादी र त्यसपछि हस्तक्षेप गरेर संविधान जोगाएको सर्वोच्च अदालत—यी दुवै घटनाले भण्डारीको ऐतिहासिक भूमिकामा सधैं प्रश्नचिन्ह खडा गर्दछ। उनले भोलि बिहान हुँदैन जसरी हतार हतार कसैसँग सल्लाह नगरि लगाएको लालमोहोरलाई अदालतले उल्टाईदिएपछि पनि उनिलाई नैतिकताको प्रश्न भने कसैले गरेन। न त उनी आफैले लजाइन।

राष्ट्रपतिको कुर्सीमा दुई कार्यकाल पुग्दा पनि आफ्नै पतिको हत्याबारे सत्यको खोजी गर्न कुनै पहल नदेखाइकि उनि, मदनको सपना पूरा गर्ने भन्दै देखिएको पछिल्लो सक्रियतालाई विरोधाभाषपुर्ण तरिकाले हेरिएको छ।

त्यसको ठीक विपरीत, रेणु दाहाल सानैदेखि लोकतान्त्रिक आन्दोलनको सक्रिय सिपाही रहिन्। उनले पेशेवर राजनीतिक कार्यकर्ताको रूपमा आफैलाई सिद्ध गरिसकेकी छन्। पहिलो स्थानीय निर्वाचनमा कांग्रेस–एमालेको दशकौं लामो किल्ला मानिएको भरतपुरमा राजनीतिक इतिहास रच्न सफल भइन। त्यसपछि भरतपुरमा उनले जुन गतिशीलता र योजनाबद्ध विकासको खाका प्रस्तुत गरिन्, त्यसले उनि माथि लाग्ने मतपत्र च्यात्ने आरोपलाई फिक्का बनाइदिएको छ।

त्यो कुनै साधारण मेयरले गर्न सक्ने काम थिएन। सडक, स्वास्थ्य, शिक्षा, शहरी पूर्वाधार—सबैतिर उनले प्रगतिशील चिनियाँ मोडलको झल्को दिने गरि व्यावहारिक र नेपाली समाजअनुकूल योजनामा आधारित काम देखाइन्। भरतपुरको लोभलाग्दो विकास देखेपछि अहिलेदेशभरका माओवादी समर्थक र तटस्थ मतदाताहरु समेत भरतपुरजस्तो विकास चाहिन्छ भन्दै रेणु दाहाललाई प्रधानमन्त्री बनाउने बहसमा जोडिन थालेका छन्।

सारमा भन्नुपर्दा, विद्या भण्डारी राजनीतिक नाटकमा अनिच्छुक पात्रझैं प्रस्तुत हुने पुरानो प्रवृत्तिको प्रतिनिधि हुन भने रेणु दाहाल सशक्त महिलाको प्रतीक बनिरहेकी छन्, जो मैदानमा उत्रेर सङ्घर्ष गर्छिन्, विकास देखाउँछिन् र जनतासँग प्रत्यक्ष संवाद गर्छिन्।

त्यसैले, यदि नेपालले पहिलो महिला प्रधानमन्त्रीको रूपमा साँच्चिकै जनउत्तरदायी, अनुभवी र अग्रगामी नेतृत्व खोजेको हो भने—त्यो विकल्प रेणु दाहाल नै हुन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गृहमन्त्री गुरुङले दिए पदबाट राजिनामा

  • April 22, 2026

दुर्गा प्रसाईं माथि फेरि उजुरी

  • April 22, 2026

अन्ततः सुदनले दिए राजिनामा

  • April 22, 2026

गृहमन्त्रीको राजनामा बिरुद्द जेन्जी २.० काे आपत्ति

  • April 22, 2026

विद्यार्थी संगठन—विद्यार्थीका लागि कि नेताका लागि?

  • April 22, 2026

हर्क साम्पाङकाे ३३ बुँदे सुझाव : श्रम, उत्पादन र आत्मनिर्भरतात...

  • April 21, 2026

आज बसेकाे मन्त्रिपरिषद् बैठककाे महत्वपूर्ण निर्णय: कानुन संशोध...

  • April 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved