पूर्वराष्ट्रपति भण्डारी सबैको नेता, पार्टी सदस्यता स्वत: निस्कृय

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय नभई सबैको नेता बन्न सुझाव दिएको छ । भण्डारीले नवीकरण गरेको पार्टी सदस्यता पनि स्वत: निस्कृय भएको एमालेको निष्कर्ष छ । पार्टी मुख्यालय च्यासलमा सोमबार र मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्दै एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सामाजिक कार्यमा सक्रिय रहन र सबैको नेता बन्न […]

आज दिउँसो एक बजे प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौ । प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले […]

बिद्याकाे एमाले फर्किने ढाेका ओलिले गरिदिए बन्द

काठमाडौं । सत्तासीन एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा नफर्कन आग्रह गर्ने निर्णय गरेको छ। केन्द्रीय कमिटीको मंगलबार अबेर राति सम्पन्न बैठकले पदीय गरिमा अनुरूप पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावक बनेर बस्न आग्रह गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका थिए […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) केन्द्रिय र्‍यापिड एक्सन टिम (Rat)द्वारा जनताको हस्ताक्षर मत केन्द्रीय कार्यालयमा बुझायो

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रिय Rat सदस्य सोम तामाङ द्वारा जनताको हस्ताक्षर मत केन्द्रिय कार्यालय वनस्थली चमतिमा बुझाएको हो । रवि लामिछाने माथि भएको राजनीतिक प्रतिशोध बिरुद्ध जनताको हस्ताक्षर अभियान जनताको मत केन्द्रीय RAT का उप सम्योजक (उपसभापति) प्रेम थापा लाई केन्द्रीयमा बुझाएका थिए । सोही हस्ताक्षर कार्यक्रम ५ दिन चन्द्रागिरि […]

“संघर्षमा जेल जीवन” र “शक्ति प्राप्तिको सीँढी” अब प्रधानमन्त्री बन्ने पालाे गगन थापाकाे

दिपेश श्रेष्ठ।  नेपालको राजनीतिक इतिहासमा धेरै नेताहरूले व्यवस्था परिवर्तनका संघर्षका क्रममा लामो समयसम्म जेल जीवन व्यतीत गरेका छन् । यिनीहरूमध्ये धेरैले पछि देशको नेतृत्व (प्रधानमन्त्री) समेत सम्हालेका छन् । हाे आजकाे याे भिडियाेमा २०१७ साल पछि नेपालमा प्रधानमन्त्री सम्हालेका त्यस्ता नेताहरुकाे बिषयमा चर्चा गर्ने छु। बिपी कोइराला : जसले नेपालमा राणा शासनकाे अन्त्यका लागि करिब ८ वर्ष […]

विद्या ओली ‘वान टु वान’ राजनीतिक संवाद

काठमाडौँ । पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक संवाद भएको बताएकी छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा उनीहरूबिच दुई घण्टा ‘वान टु वान’  भेटवार्ता भएको थियो । भेटवार्तापछि प्रतिक्रिया दिँदै भण्डारीले यस्तो बताएकी हुन् । उनले आफ्नो सदस्यता पहिल्यै नवीकरण गरिसकिएको उल्लेख गर्दै बाँकी काम आधिकारिक च्यानलबाट […]

उदयपुरकाे चाैदण्डिगढीमा रास्वपाकाे संगठन बिस्तार तिब्र

उदयपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चौदण्डीगढीमा आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ । रास्वपाप्रति जनलहर छाएको भन्दै उत्साहित हुँदै अहिले चौदण्डीगढीमा संगठन विस्तारलाई तीव्रता दिइएको हो । १ वर्षअघि चौदण्डीगढीको ६ नं. वडामाबाहेक अन्य वडाहरुमा संगठन विस्तार हुन सकेको थिएन । तर, अहिले    २,४,५,७,९ र १० नं. वडाहरुमा वडा समिति गठन भएको पार्टीका नगर […]

जनमुखी कामका पर्याय: काेशि प्रदेशका मन्त्री भुपेन्द्र राईकाे नेतृत्वमा तीव्र पूर्वाधार र स्वास्थ्य सुधार

विराटनगर । काेशि प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई हाल प्रदेशका सबैभन्दा सक्रिय र लोकप्रिय नेताका रूपमा चिनिँदै गएका छन्। नेपाली कांग्रेसबाट राजनीतिमा स्थापित राईले आफ्नाे कार्यकुशलता र जनमुखी कामकाे कारण जनताको मन जित्न सफल भएका छन्। भुपेन्द्र राईको राजनीतिक यात्रा सङ्गठित कांग्रेस राजनीतिबाट सुरू भएको हो। विद्यार्थी राजनीतिदेखि पार्टीको विभिन्न तहमा […]

“अब उत्पीडित जनताको सत्ता स्थापना नहुँदासम्म आन्दोलन रोकिँदैन” – नेताहरूको एक स्वर

रौतहट।  रौतहट जिल्लाको गडुरा नगरपालिकामा संघीय गणतान्त्रिक गठबन्धनको आयोजनामा आज आयोजित जनजागरण अभियान अन्तर्गतको रैली तथा अन्तरक्रिया कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रममा रौतहट जिल्लाका विभिन्न समुदायहरू विशेष गरी उत्पीडित, दलित, मुस्लिम, निषाद, आदिवासी जनताको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता बहुजन एकता पार्टीका रौतहट जिल्ला इन्चार्ज सत्यनारायण राम गर्नुभएको थियो। पाँच दलका शीर्ष नेताहरूको […]

अडियाे प्रकरणका मन्त्री आराेप प्रमाणित भए कार्वाही गर्छाैँ : सञ्चार मन्त्री गुरुङ

काठमाडौं । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने मनस्थितिमा सरकार नरहेको जिकिर गरेका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीलाई निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रश्नको जवाफ दिने क्रममा गुरुङले मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिइसकेका र नयाँ मन्त्री पनि आइसकेको बताए । सरकारका प्रवक्ता समेत […]