लाप्राक बासिलाई नेता नेपालले भने : ‘खानेपानी र ढलको पनि यहाँ व्यवस्थापन गर्नुपर्ने रहेछ, म सरकारलाई पनि भन्छु

गोरखा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बुढापाकालाई भत्ताको सुरूवात आफूले गरेको बताएका छन् । शुक्रबार गोरखाको उत्तरी गाउँ लाप्राक पुगेका अध्यक्ष नेपालले वृत्तभत्ता आफूहरूले सुरू गरेको कुरा लाप्राकीले बिर्सेजस्तो लागेको समेत बताए । उनले भने, ‘सारा देशले सम्झिरहेको छ, मनमोहन अधिकारी प्रधानमन्त्री, म माधव नेपाल उपप्रधानमन्त्री पार्टीका तर्फबाट मुल नेता । यो […]

निर्वाचन नहुने हल्लाको पछि नलाग्न गठबन्धनका नेताहरुलाई प्रधानमन्त्री देउवाको आग्रह

  काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि निर्वाचन हुने बताउँदै हल्लाको पछि नलाग्न गठबन्धनका नेताहरुलाई आग्रह गरेका छन् । बिहीबार बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलमा प्रधानमन्त्री देउवाले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा आश्वस्त पारेका हुन् । उनले निर्वाचन […]

गठबन्धनमा भर न पराैँ ,आफ्नै बलमा चुनाव जित्ने प्रयत्न गराैँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा भर नपरेर आफ्नै बलमा चुनाव जित्ने प्रयत्न गर्नुपर्ने बताएका छन् । बुधबार माओवादीको उपत्यका विशेष प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले अहिलेको चुनावमा गठबन्धनबाट जितौंला र खाउँला भन्ने सोच दिमागबाट हटाउन प्रचण्डले आग्रह गरे । त्यस्तै चुनावलाई जीवन मरणको अवस्थाको रुपमा लिन आग्रह गरे । […]

नेकपा एमाले स्थानीय चुनावकेन्द्रित अभियानमा

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय चुनावकेन्द्रित अभियानमा जुटेको छ । केन्द्रीय सचिवालय बैठकले स्थानीय चुनाव केन्द्रित विभिन्न निर्णय गरेलगत्तै स्थानीय चुनावको घोषणापत्र तयारीबारे कार्यशाला आयोजना गरेको हो । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको नीति अनुसन्धान प्रतिष्ठानले बुधबार स्थानीय तहका छाता संगठनका नेताहरूसहित घोषणापत्रको प्रारम्भिक मस्यौदाको अवधारणा बनाउन लागेको हो । बुद्धिजिवी परिषद्को प्रस्तावमा […]

काँग्रेसको एक महिने ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियान सुरु

काठमाडौं । नेपाली काँग्रेसको एक महिने ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियान सुरु भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको चुनावको तयारीका काँग्रेसले उक्त घरदैलो अभियान सुरु गरेको हो। आइतबारदेखि सुरु भएको अभियान चैत २९ गतेसम्म हुने भएको छ। काँग्रेसका केन्द्रीय सदस्यहरू सबै जिल्लामा गएर ‘चुनाव आयो’ भन्दै काँग्रेस जगाउन जनताका घरदैलोमा पुगेका छन्। यद्यपि, […]

एमालेले स्थानीय तहकाे निर्वाचनकालागि रणनिति बनाउँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीतिको तयारी थालेको छ। फागुनभर सातवटै प्रदेशमा प्रशिक्षण चलाएको एमालेले त्यसबाट प्राप्त पृष्ठपोषणलाई लिएर चुनावी रणनीतिको तयारी थालेको हो।एमालेको मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकले त्यसबारे छलफल गर्ने भएको छ। यसअघिको स्थानीय तह निर्वाचनमा बहुमत प्राप्त गरेको एमालेले यसपल्ट पनि परिणाम दोहोर्‍याउने लक्ष्य राखेको […]

 जनता समाजवादी पार्टीले ३ सदस्यीय पार्टी मुख्यालय समिति गठन गरेको छ

काठमाडौं । जनता समाजवादी पार्टीले ३ सदस्यीय पार्टी मुख्यालय समिति गठन गरेको छ । काठमाडौंमा जारी उक्त पार्टीको केन्द्रीय समितिको बैठकले संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहेको पार्टी मुख्यालय गठन गरेको एक नेताले जानकारी दिए । उनका अनुसार मुख्यालय समितिले गरेको निर्णयलाई केन्द्रीय कार्यकारिणी […]

‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानमा खोटाङको कांग्रेस, अभियान खोटाङका ७९ वटै वडामा सञ्चालन हुने

    खोटाङ। नेपाली कांग्रेस खोटाङले आइतबारदेखि चुनावी अभियान सुरु गरेको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गरिएको हो। कांग्रेसले जिल्लाका लागि ‘जनताको घर घरमा नेपाली काँग्रेस, काँग्रेसको पक्षमा अबको जनादेश’ भन्ने नारापनि सँगै लिएर अभियान सुरु गरेको हो। चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई […]

पहुँचका आधारमा टिकट नदिन नेतृत्वलाई सुझाव सहित जसपा केन्द्रीय समितिको बैठक आज सकिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक हिजोबाट सुरु भएको छ । जसपाको जारी बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ माथि नेताहरूले आ–आफ्नो धारणा राखेको जसपाले जनाएको छ । सो क्रममा जसपाका केन्द्रीय सदस्यहरूले पार्टीका कार्यकर्तालाई मात्र चुनावको टिकट दिन नेतृत्वलाई सुझाव दिएका छन् । निर्वाचनमा टिकटका लागि दौडधुप चलेको र पैसाको […]

देउवाको पहलमा लोसपालाई सरकारमा ल्याउने तयारी : तीन मन्त्रालयमा कुरा चल्यो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने पहल थालेका छन् । उनले लोसपालाई पनि सरकारमा ल्याएर चुनावी गठबन्धन बलियो बनाउने रणनीति बढाउन खोजेको बुझिएको छ । देउवाले लोसपालाई सरकारमा ल्याउन पहलका लागि आफ्ना केही विश्वासपात्रहरुलाई खटाएका छन् । उनीहरुले मन्त्रालयको संख्या र मन्त्रालयलगायतका विषयमा छलफल बढाएको बुझिएको छ । लोसपाले सरकारमा जान […]