आजदेखि एक महिने चुनावी अभियानमा कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि चुनावी अभियान सुरु गर्दैछ । वैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षित गरेर कांग्रेसले एक महिने अभियान सुरु गर्न लागेको हो । कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार कांग्रेसले अभियानको लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरेको छ । अभियानको आज पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्दैछ । चैत […]

निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्छ : नेता खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा पार्टीको इलाम–काठमाडौं सम्पर्क मञ्चको भेलालाइ सम्बोधन गर्दै खनालले आगामी चूनावमा कांग्रेस र एमालेले पैसा बोकेर जाने तयारी गरेको भन्दै निर्वाचनमा पैसाको बोरा बोक्नेलाई जनताले लखेट्नुपर्ने बताएका हुन् । उनले कांग्रेसका एक समूह र एमालेले […]

माओवादि केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नै खर्चमा आगामि चुनाव लड्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै तागदमा निर्वाचन लड्ने बताएका छन् । आज (शनिबार) नुवाकोट पुगेको बेलामा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिले हाम्रो पार्टी पनि निर्वाचनमा होमिएको छ । निर्वाचन केन्द्रित दुई महिने अभियान लिएर जाँदैछौं । एमसीसीलाई लिएर […]

भारतले महाकालीमा निर्माण गरिरहेको कार्यलाई तत्काल रोक : नेकपा एस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेकोे राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । यही फागुन २५ र २६ गते काठमाडौँमा बसेको बैठकमा सहभागी सदस्यले प्रतिवेदनमाथि छलफल गरी दिएको सुझावका आधारमा उक्त प्रतिवेदन परिमार्जन गरेको हो । बैठकले अमेरिकी सहयोग परियोजना (एमसिसी) को व्याख्यात्मक घोषणालाई सम्झौताको […]

एकीकृत समाजवादीले सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा केन्द्रीत गर्ने

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले सम्पूर्ण शक्ति आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा केन्द्रीत गर्ने भएको छ । बिहीबार काठमाडौंमा सम्पन्न एकीकृत समाजवादीको तेस्रो पूर्णबैठकले आफ्नो सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा केन्द्रीत गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले केन्द्रीय कमिटीको बैठकमा आगामी निर्वाचन विस्तृत छलफल गर्दै पार्टीको गतिविधि […]

अनेरास्ववियु क्रान्तीकारीले खोटाङमा शिक्षकलाई मोसो दलेर जुत्ताको माला लगाइदिए

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तीकारीले खोटाङमा शिक्षकलाई मोसो दलेर जुत्ताको माला लगाइदिएका छन्। लामो समयदेखि नियमित विद्यालयमा उपस्थित नहुने, मादक पदार्थ सेवन गरेर विद्यालय जाने, पढाउन जाँदा कक्षामै सुत्ने गरेको आरोप लगाउँदै अनेरास्ववियु क्रान्तीकारीले बुधबार खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी नरहास्थित पञ्चकन्या प्राविका शिक्षक ताकमान राईलाई सार्वजनिकस्थलमा मोसो दल्दै जुत्ताको माला […]

गाउँपालिकाकी उपाध्यक्षनै पार्टीको कारबाहीमा परेपछी

बैतडी । नेकपा (एमाले) बैतडीले जिल्लाको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई कारबाही गरेको छ । एमालेले चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हितविपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो । मङ्गलवार जारी गरिएको प्रेस विज्ञप्तिमा राष्ट्रियसभाको […]

एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक आजदेखि सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको तेस्रो दुईदिने पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि तय भएको बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटिएको अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि गहन छलफल हुनेछ । पार्टीले आगामी स्थानीय तह निर्वाचनका सन्दर्भमा लिइने रणनीति र […]

आगामी चुनावका लागि ७७ जिल्लामा तोकिए कांग्रेसका कमाण्डर

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचन तयारीका लागि भन्दै नेपाली कांग्रेसले नेताहरुलाई जिम्मेवारी फाँडफाँट गरेको छ ।सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार बसेको बैठकले चुनावी अभियान सञ्चालन गर्न नेताहरुलाई जिम्मेवारी सुम्पिएको हो । आगामी वैशाखमा हुन लागेको उक्त चुनावमा पार्टीलाई विजयी गराउन ७७ वटै जिल्लाको नेतृत्व गर्नेगरी कमाण्डर तोकिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । सो […]

विद्वानले बाटो बिरायो भने समाज नै बिगार्छ : एमालेका अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्वानहरूले बाटो बिराए समाज नै बिग्रने टिप्पणी गरेका छन् । आज वसन्तपुरमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विद्वानहरूबाट बाटो बिराउने काम हुन नहुने बताएका हुन् । ‘विद्वानले बाटो बिरायो भने समाज नै बिगार्छ । विद्वानहरूले बाटो बिराउने काम नगरुन्,’ ओलीले भने,‘केहीविद्वानहरूले मनुस्मृतिमा ४ सय श्लोक […]