निर्माण व्यवसायीकाे माग सम्वाेधन हुन्छ : मन्त्रि झाँक्रि

काठमाडौं । एकीकतस समाजवादी नेतृ तथा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएकी छन् । निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै मन्त्री झाँक्रीले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल गरिने बताएकी छिन्। नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग हिजाे सोमबारको भेटमा मन्त्री झाँक्रीले अन्य मन्त्रालयसँग समन्वयको लागि पहल गर्ने बताएकि हुन्। […]

भाेट माग्ने नयाँ सैलि

काठमाडौँ । भोट माग्नका लागि यहाँका एक उम्मेदवारले मतदाताहरुको पाउमा दाम चढाइरहेको भेटिएको छ । मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका अमृत खनालले यसरी मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको खुलेको हो । खनाल नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार हुन् । उनी अहिले चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा छन् । सोही क्रममा […]

साकेलामा (MNO) बाट अध्यक्षमा उठेका कबि राईद्वारा उम्मेद्वारी फिर्ता

खोटाङ। साकेला गाउँपालिकामा मंगोल नेशनल अर्गनाइजेसन ( MNO )बाट अध्यक्षमा उठेका कबि राईले उम्मेद्वारी फिर्ता लिएका छन् । सो गाउँपालिकामा नेकपा माओवादी केन्द्रकोतर्फबाट अध्यक्षमा अर्जुनकुमार खड्का र उपाध्यक्षमा बिर्सिका राई, कांग्रेसकोतर्फबाट अध्यक्षमा रबिप्रकाश राई र उपाध्यक्षमा सरिता खड्का चुनाबी मैदानमा छन् । एमालेबाट अध्यक्षमा गोपीकृष्ण खड्का, उपाध्यक्षमा दिलकुमारी राई र जसपाबाट उपाध्यक्षमा जयकुमार राई चुनावी […]

खोटाङमा नेकपा एमालेको विजय शुरुवात

खोटाङ । खोटाङमा नेकपा एमालेले आफ्नो विजयी शुरुवात गरेको छ । खोटेहाङ गाउँपालिका–५ चिप्रिङको दलित महिला सदस्यमा नेकपा एमालेको उम्मेद्वार बच्चीमायाँ परियार निर्विरोध निर्वाचित भएकी हुन् । अन्य पार्टीले दलित महिला सदस्यमा उम्मेदवारी दिन नसकेकाले चिप्रिङकी ६५ वर्षीय बच्चीमायाँ निर्विरोध निर्वाचित भएकी निर्वाचन अधिकृतको कार्यालय खोटेहाङले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालय खोटेहाङ गाउँपालिकाले शुक्रबार […]

उम्मेदवारको अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा भएपछि आज निर्वाचन चिन्ह प्रदान

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई आज निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ । निर्वाचन कार्यतालिकाअनुसार यही वैशाख ११ र १२ गते भएको मनोनयनपत्र दर्तामाथि जाँचबुझ, फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा भएपछि आज निर्वाचन चिन्ह प्रदान गरिएको हो । राष्ट्रिय […]

निर्वाचन आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दै

काठमाडौं । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई निर्वाचन आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दैछ । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ । निर्वाचन आयोगले शुक्रबार उजरी उपर छानबिन गरेर उम्मेदवारको […]

लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालय अगाडि तनावग्रस्त

सर्लाही । सर्लाहीको लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालय अगाडि तनावग्रस्त भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लालबन्दी नगरपालिकामा कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार बासुदेव अधिकारीको उम्मेदवारी फिर्ता भएको पत्र पठाएपछि कांग्रेसका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । सभापति देउवाले शुक्रबार साँझ निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाएका थिए । उनीहरुले निर्वाचन अधिकृतको कार्यालयबाट […]

कांग्रेसमा आफ्नै नेताले मानेन केन्द्रको निर्णय

चितवन । भरतपुर महानगरपालिकामा मेयरमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले उम्मेदवारी कायमै राखेका छन् । आज साँझ ५ बजेसम्म नाम फिर्ता दिन समावधि निर्धारण गरिएको भएपनि पौडेलले सो अवधिमा उम्मेदवारी फिर्ता नगरेका हुन् । कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनालले पौडेलको उम्मेदवारी फिर्ताका लागि ३ दिनदेखि प्रयास गरेका थिए । तर आफ्नो प्रयासमा […]

पाँचदल बाहेकका दलहरु सँग चुनावि एकता नहुने

काठमाडौं ।  पाँचदलीय गठबन्धनले बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । आज शुक्रबार बसेको गठबन्धनको बैठकले पाँचदलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमतिअनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमतिविपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरू तत्काल फिर्ता लिने निर्णय भएको हो । पाँदलीय गठबन्धनबीच भएको सहमतिविपरीत विभिन्न दलका प्रतिनिधिहरूले […]

उमेदवारी फिर्ता लिने आज अन्तिम दिन,बागि उमेदवारी फिर्ता दिन उमेदवारहरुलाई शिर्षनेताहरुकाे अपिल

काठमाडौँ । आगामि बैशाष ३०मा हुने स्थानीय तह निर्वाचन अन्तर्गत आज उम्मेदवारहरूले नाम फिर्ता लिने अन्तिम दिन हो । नाम फिर्ता लिन चाहनेहरू बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा गएर फिर्ता लिन सकिने आयोगले जनाएको छ । त्यसपछि मात्र निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ बताएकाेछ ।  भने, राजनीतिक दलहरूले आफ्बाना पार्गीटीका  उम्मेदवारी दिने नेताहरूलाई  […]