खोटाङ। साकेला गाउँपालिकामा मंगोल नेशनल अर्गनाइजेसन ( MNO )बाट अध्यक्षमा उठेका कबि राईले उम्मेद्वारी फिर्ता लिएका छन् ।
सो गाउँपालिकामा नेकपा माओवादी केन्द्रकोतर्फबाट अध्यक्षमा अर्जुनकुमार खड्का र उपाध्यक्षमा बिर्सिका राई, कांग्रेसकोतर्फबाट अध्यक्षमा रबिप्रकाश राई र उपाध्यक्षमा सरिता खड्का चुनाबी मैदानमा छन् ।

एमालेबाट अध्यक्षमा गोपीकृष्ण खड्का, उपाध्यक्षमा दिलकुमारी राई र जसपाबाट उपाध्यक्षमा जयकुमार राई चुनावी मैदानमा उत्रिएका छन् । साकेलामा उपाध्यक्षमा गठबन्धनकै दुई जनाको उम्मेद्वारी परेको छ । nepalwaid.com










