Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

उम्मेदवारको अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा भएपछि आज निर्वाचन चिन्ह प्रदान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 30, 2022
3 shares

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई आज निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ ।

निर्वाचन कार्यतालिकाअनुसार यही वैशाख ११ र १२ गते भएको मनोनयनपत्र दर्तामाथि जाँचबुझ, फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा भएपछि आज निर्वाचन चिन्ह प्रदान गरिएको हो ।

राष्ट्रिय मान्यताप्राप्त छ वटा, जिल्लागतरूपमा मान्यताप्राप्त विभिन्न दल र स्वतन्त्रतर्फका उम्मेदवारलाई सम्बन्धित पालिकाका निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिन्ह प्रदान गरेको हो ।

आयोगको सूचना प्रणालीमा उम्मेदवारहरूको अन्तिम सूची र निर्वाचन चिह्न प्रदानको अवस्थाबारे विवरण प्रविष्टि भइरहेको छ । छवटा महानगर र भक्तपुरको मतपत्र छाप्न बाँकी रहेकाले तीभन्दा अन्य पालिकाका लागि छपाइ भएका मतपत्रको विवरण निर्वाचन आयोगको वेबसाइटमा समावेश गरिएको छ ।

राष्ट्रिय मान्यताप्राप्ततर्फ नेकपा (एमाले)लाई ‘सूर्य’, नेपाली कांग्रेसलाई ‘रुख’, नेकपा (माओवादी केन्द्र)लाई गोलाकारभित्रको ‘हसिया हथौडा’, जनता समाजवादी पार्टीको ‘छाता’, लोकतान्त्रिक समाजवादी पार्टीलाई ‘साइकल’, र नेकपा (एकीकृत समाजवादी)लाई ‘कलम’ चिन्ह दिइएको छ ।

निर्वाचन आयोगमा दर्ता एका ७९ वटा दलमध्ये ६६ वटा दलले उम्मेदवारी दिएका थिए । आयोगले स्थानीय तह निर्वाचनका लागि दल दर्ताका लागि गत फागुन ५ गते सूचना जारी गरेको थियो ।

आयोगको गत चैत १३ गतेको बैठकले देशभरका ७५३ स्थानीय तहको यही वैशाख ३० गते शुक्रबार हुने निर्वाचनमा चुनाव चिह्न निर्धारण गरी मतपत्रमा समावेश गरेको थियो ।

आयोगले विसं २०७४ को प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त मत सङ्ख्याका आधारमा छवटा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलको निर्वाचन चिन्ह निर्धारण गरिएको हो ।

विसं २०७४ को प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका र स्थानीय तहको निर्वाचनमा भाग लिन आयोगमा दर्ता भई राष्ट्रिय दलको मान्यताप्राप्त नगरेका तर जिल्लामा रही क्रियाशील रहेका सम्बन्धित दललाई आयोगबाट प्रदान गरिसकेका निर्वाचन चिन्ह नै प्रदान गरी स्थानीय तह निर्वाचनका लागि तत्तत् जिल्लाका मतपत्रमा समावेश गर्ने निर्णय आयोगबाट भएको थियो ।

प्रमाणित जिल्लागत विवरण समावेश नभएका तर स्थानीय तह निर्वाचनका लागि दर्ता भएका राजनीतिक दलको तर्फबाट खडा हुने उम्मेदवार एवं स्वतन्त्र उम्मेदवारलाई आयोगले निर्धारण गरेको स्वतन्त्र चिह्नको समूहबाट निर्वाचन चिह्न प्रदान गर्ने र स्वतन्त्र चिह्नको समूहमा समावेश गर्ने आयोगको निर्णय थियो ।

स्थानीय तह निर्वाचनमा कूल ७९ दल भाग लिन योग्य रहेकामध्ये छवटा राष्ट्रिय मान्यताप्राप्त दल, २३ वटा अघिल्लो निर्वाचनमा भाग लिएका राजनीतिक दल छन् । त्यस्तै ४० वटा राजनीतिक दलले यसपटकको निर्वाचनमा भाग लिन दर्ता भएका थिए ।

दर्ता भएकामध्ये वैज्ञानिक समाजवादी पार्टी, समाजवादी लोकतान्त्रिक पार्टी, विमूल नेपाल, माओवादी जनमुक्ति पार्टी नेपाल, मितेरी पार्टी नेपाल, राष्ट्रिय समाजवादी पार्टी, नेपाल नौलो जनवादी पार्टी, समावेशी लोकतान्त्रिक पार्टी, सङ्घीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल आमा पार्टी, लोकदल, नेपालवाद र राष्ट्रिय विकास पार्टीले कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

१३ देशका लागि राजदूत सिफारिसमा मुस्लिम र ख्रीष्टियन समुदायको प...

  • September 19, 2026

सुशासन नारा होइन, काम हो; संविधानलाई कामबाट पूरा गर्छौँ’ : प्...

  • September 19, 2026

संविधान राज्य सञ्चालनको मूल कानुन हो : डा. भक्त राई

  • September 19, 2026

संविधान कार्यान्वयन र संरक्षणमा संघीय संसदको भूमिका महत्वपूर्ण...

  • September 19, 2026

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका २४२ स्...

  • September 19, 2026

संविधान दिवस बहिष्कार गर्दै मंगोल नेशनल अर्गनाइजेशन क्रान्तिका...

  • September 19, 2026

रसुवा बाढीपीडितका लागि गोरखाका स्थानीय तहले जुटाए ३ करोडभन्दा बढी

  • September 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved