पर्सामा बशिष्ट कुमार गाउँपालिका अध्यक्षमा विजयी

काठमाडौं । पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय एक युवक गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । जनता समाजादी पार्टी ९जसपा० बाट निर्वाचन लडेका बशिष्ट कुमार आफ्ना निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका ४२ वर्षीय अजयकुमारलाई १०८ मत अन्तरले पराजित गरेका हुन् । बशिष्ट कुमारले ३ हजार ७१९ मत ल्याए भने अजयकुमारले ३ हजार ६०५ मत ल्याएका छन् ।

देशका सबै यातायातका साधानलाई विद्युतीकरण गरौँ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशका सबै यातायातका साधानहरुलाई विु्द्युतीकरण गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै नेता खनालले अबको नयाँ बजेटले देशका सबै यातायका साधानहरुलाई विजुलीकरण गरेर जानुपर्ने निति ल्याउनुपर्ने बताए । पेट्रोलियम पदार्थको मूल्यबृद्धिले देशको अर्थतन्त्रमा मार्का पुगेको भन्दै अव सरकारले यसको बैकल्पिक उपायहरु अपनाउनु पर्ने उनले बताए […]

भरतपुरमा १ हजार ८५२ मतसहित रेनुद्वारा अग्रता

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले १८५२ मतको फराकिलो अग्रता लिएका हुन् ।२८ हजार ६४३ गणना गर्दा रेनुले १० हजार ४४९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले ८ हजार ५९७ […]

महंगीले विपन्न वर्ग छटपटिनुको बिकल्प रहेन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अहिलेको सरकारसँगै काम गर्न सक्ने कुनै पनि क्षमता नभएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिको सभाको बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले मुलुकमा अहिले अर्थतन्त्रको अवस्था निकै खराब रहेको भन्दै सरकारले समाधानका लागि केहि पनि पहल नगरेको बताए । पेट्रोलियम पदार्थ, खाद्यान्न, लत्ताकपडा लगायतको खरिद विक्रिमा मुल्यबृद्धिले गरिब जनतालाई […]

पोखरामा एकीकृत समाजवादीको फाकिलो अग्रता

काठमाडौँ। कास्कीको पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीले फाकिलो अग्रता कायम गरेको छ । पाँच दलीय गठबन्धनबाट नेकाप एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले १९५९ मतको अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार आचार्यले १५ हजार २८८ मत पाएका छन् । आचार्यका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले हालसम्म १३३२९ मत प्राप्त गरेका छन् । पोखराको […]

सप्तरी हनुमाननगरमा सीके राउत नेतृत्वको पार्टी निर्वाचित

काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा सिके राउत नेतृत्वको पार्टी विजयी भएको छ । जनता समाजवादी पार्टीलाई पराजित गर्दै जनमत पार्टीका मेयर पदका उम्मेदवार विरेन्द्र माझी विजयी भएका हुन् । जनमत पार्टी माइक चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको थियो । उनले २३९ मतान्तरले मधेश प्रदेशका समाजिक विकासमन्त्री नवलकिशोर साहका छोरा शैलेश कुमार साहलाई पराजित गरेका […]

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ ६८ मतले पछाडि

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ ६८ मतले मात्रे पछाडी रहेका छन् । खानेपानीको मुद्दा लिएर सामाजिक अभियानमा लागेका साम्पाङले स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा छन् । हालसम्म २७ हजार ६८७ मत गणना हुँदा हर्कले ७ हजार ८२२ मत ल्याएका छन् । उनीभन्दा नेपाली कांग्रेसका मेयर उम्मेदवार किशोर राई ६८ […]

भरतपुर महानगरपालिकामा निरन्तर अग्रता लिँदै रेनु

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले १७१२ मतको फराकिलो अग्रता लिएका हुन् ।२७ हजार ४३८ गणना गर्दा रेनुले ९ हजार ९७० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले ८ हजार २५८ […]

लिङ्देनले गृहपालिका गुमाए, नेपाली कांग्रेस निर्वाचित

काठमाडौँ। स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै गृहपालिका गुमाएका छन् । झापाको कचनकवल गाउँपालिका लिङ्देनको गृहपालिका हो । जहाँ नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार कालेन्द्रप्रसादसिंह राजवंशी विजयी भएका छन् । राजवंशी ११ हजार ४५७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निटतम प्रतिस्पर्धी राप्रपाका अन्जार आलम ६ हजार ६६७ मत प्राप्त […]

रौतहट राजदेवी नगरपालिकामा एकीकृत समाजवादी निर्वाचित

काठमाडौं । रौतहटको राजदेवी नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ । राजदेवी नगरपालिकामा समाजवादीका तर्फबाट मेयर उम्मेदवार रहेका भिखारी यादव निर्वाचित भएका हुन् । उनले पूर्व मेयर तथा नेपाली कांग्रेसका उम्मेदवार धिरेन्द्र सिंहलाई ३ हजार ३४५ मत अन्तरका साथ पराजित गरेका छन् । मेयर पदमा निर्वाचित भएका यादवले ७ हजार ५२ मत प्राप्त […]