Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खोटाङमा बन्यो पूर्व तथा प्रतिकार्य योजना

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 11, 2022
87 shares

खोटाङ । खोटाङमा विपद पूर्व तथा प्रतिकार्य योजना बनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले मनसुन पुर्व तयारी तथा प्रतिकार्य योजना तय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले विपद्को समयमा विपद् प्रभावितको खोज, उद्धार तथा राहत वितरणका लागि सबै सरकारी तथा गैर–सरकारी क्षेत्रबाट तयारी गर्ने, राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।

विपद् व्यवस्थापन समितिका अनुसार खोटाङका १० वटै स्थानीय तहले विपदको समयमा प्रयोग हुने स्ट्रेचर, बाल्टी, डोरी, सेफ्टी हेलमेट, बन्चरो, आँसी हसियाँ, गैंती, कोदालो, बेल्चा, हातखुट्टाको काम्रो, हातेआरी, लिभर, घन, टर्चलाइट, हेडलाईट, सिठ्ठी, प्राथमिक उपचार सामग्रीलगायतका खोज तथा उद्धारका सामग्री व्यवस्थापन गर्ने, तार, जाली, त्रिपाल, खाद्य सामग्रीको मौज्दात राख्न अनुरोध गर्ने निर्णय गरिएको छ ।

बैठकले आपतकालीन अवस्थामा विपद् प्रभावितको आश्रय स्थल तथा पुर्वाधार आवश्यक भए तयार गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने, सबै सुरक्षा निकाय तत्काल परिचालन हुनसक्ने गरी तयारी अवस्थामा राख्ने, विपद्को समयमा स्थानीय स्तरमा उपलव्ध सरकारी, गैर–सरकारी, निजी यातायातका साधन, यन्त्र र सरसामान कानुन बमोजिम नियन्त्रणमा लिएर प्रयोग गर्ने निर्णय गरेको छ ।

यस्तै, विपदको समयमा खाद्यान्नको अभाव हुने भएकाले उद्योग वाणिज्य संघको अग्रसरतामा खाद्य पदार्थको मौज्दातको व्यवस्था मिलाउने, जल तथा मौसम विज्ञान विभागको वेवसाइट नियमित अवलोकन गरी सबै निकाय तयारी अवस्थामा रहने, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगताका कारण उच्च जोखिममा रहेका व्यक्तिको सुरक्षामा विशेष ध्यान दिने, विपदको समयमा खोज उद्धारको कार्य गर्दा महिला हिंसाजन्य घटना हुन नदिन सम्वद्ध सबै पक्ष तथा निकायबाट सजग रहने, विपदको कारण हुने महामारी तथा फैलन सक्ने सरुवा रोगविरुद्ध आवश्यक पर्ने औषधि तथा अन्य उपकरण सम्वन्धित स्थानीय तहले तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ ।

मनसुनको सुरुवातसँगै मध्यपहाडी लोकमार्ग अवरुद्ध हुनसक्ने भएकाले त्यस्तो अवस्थामा आ–आफ्नो निकायबाट आ–आफ्नो कार्यक्षेत्रभित्र लोकमार्ग अवरुद्ध हुन नदिन आवश्यक मेसिन, औजार तथा जनशक्ति व्यवस्थापन गरी तयारी अवस्थामा राख्ने र लोकमार्ग अवरुद्ध हुनासाथ तत्काल लोकमार्ग खुलाउन आवश्यक कार्य गर्ने निर्णय गरिएको विपद व्यवस्थापन समितिले जनाएको छ ।

विपद प्रभावित क्षेत्रमा रहेका असुरक्षित भौतिक संरचना सम्वन्धीत पक्षलाई भत्काउन लगाउने तथा त्यस्ता क्षेत्रमा रहेका प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तर सम्वन्धित भौतिक संरचनाको धनीले नभत्काए निजबाटै हर्जाना लिनेगरी सुरक्षा निकायमार्फत व्यवस्थापन गर्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालयले तयार पारेको मनसुन पुर्व तयारी तथा प्रतिकार्ययोजना २०७९ अनुमोदन गर्दै कार्यान्वयन गर्ने, दिक्तेल बजारमा बिहान ९ः३० बजेदेखि १० बजेसम्म र दिउँसो ३ः३० बजेदेखि ४ः३० बजेसम्म सवारी चापलाई नियन्त्रण गर्ने, बाँदर, दुम्सीलगायतका वन्यजन्तुको यथोचित समाधानका लागि विपद् व्यवस्थापन प्रधिकरणसमक्ष आग्रह गर्ने पनि बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्...

  • September 16, 2026

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved