काठमाडौं । चाँगुनारायण नगरपालिकाका नवनिर्वाचित उपप्रमुख रमेश बुढाथोकीले आफ्नो पुर्बघोषणा अनुसार आफुले पाउने गाडी चाँगुनारायण अस्पताललाइ हस्तान्तरण गरेका छन् ।
निर्वाचित हुनु अधि नगरपालिकाबाट आउने सेवा सुविधा लगायत तलब भत्ता नलिने घोषणा गरेका उनले शुक्रबार एक कार्यक्रमबीच उक्त गाडी चाँगुनारायण अस्पताल प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गरेका हुन् ।

उपप्रमुख बुढाथोकीका अनुसार अब उक्त गाडि नगरभित्र रहेका बृद्धबृद्धा, अपांग अशक्त, दिर्घ रोगी, घरदैलो र चिकित्सकिय प्रयोजनका लागि प्रयोग हुने छ ।










